काठमाडौं , भदौ २७। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८१, सिसिटिभिमार्फत ५९, रातोबत्तीमा ६९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १०६, हर्न निषेधमा १९, लेन क्रसमा २८, अवस्था ठिक नभएको २०, एकतर्फीमा ९ र अन्यमा ५०३ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

इलाममा अटो दुर्घटना हुँदा आमा–छोरीको मृत्यु
इलाम,२७ भदौ । इलाममा भएको अटो दुर्घटनामा आमा छोरीको मृत्यु भएको छ । हिजो शुक्रबार साँझ ५ बजे इलाम फाकफोकथुम गाउँपालिका ६ हाङ्मासुलीस्थित पोखरी–कमेरे भित्री








