बिआरआई परियोजना छिटो कार्यान्वयन गर्न खनालको माग

काठमाडौं ,२७ भदौ। पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल विस्तार, सहमति भएका विकास परियोजनाको समयमै कार्यान्वयन र विज्ञान–प्रविधि तथा नवप्रवर्तनमा सहकार्य बढाउनुपर्नेमा जोड दिनु भएको छ ।काठमाडौंमा शनिबारदेखि सुरु भएको काष्ठमण्डप संवाद, शृङ्खला–३ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका क्षितिजहरूको विस्तार’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले बदलिँदो विश्व व्यवस्थाबीच नेपालले आफ्नो सार्वभौमिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीतिको रणनीतिक दिशा तय गर्नुपर्ने बताउनु भयो।

 

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औँ वर्षगाँठको स्मरण गर्दै उहाँले काष्ठमण्डप संवादलाई नेपाल–चीन सम्बन्धको समीक्षा, विदेश नीतिका प्राथमिकता माथि बहस र भावी सहकार्यका व्यावहारिक क्षेत्र पहिचान गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गर्नु भएको छ। हालैको आकस्मिक बाढीबाट प्रभावित व्यक्ति तथा समुदायप्रति दुःख व्यक्त गर्दै खनालले विपद्का समयमा प्राविधिक तथा मानवीय सहायता उपलब्ध गराएकोमा चीनप्रति आभार व्यक्त गर्नु भयो। उहाँले नेपाललाई समृद्धि र संकट दुवै अवस्थामा साथ दिने भरपर्दो मित्रका रूपमा चीनको भूमिका रहेको बताउनु भयो ।नेपालको सार्वभौमिकता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनले निरन्तर समर्थन जनाउँदै आएको उल्लेख गर्दै खनालले नेपाल एक–चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्नु भयो। नेपालको भूमि चीन तथा उसका वैध सुरक्षा हितविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने नेपालको नीति रहेको उहाँले बताउनु भयो ।

 

आपसी विश्वास, सार्वभौमिकताको सम्मान र एकअर्काका मूलभूत चासोप्रतिको संवेदनशीलतालाई नेपाल–चीन सम्बन्धका आधारभूत पक्षका रूपमा उल्लेख गर्दै उहाँले सम्बन्धलाई पारस्परिक हितका आधारमा थप विस्तार गर्नुपर्नेमा जोड दिनु भयो ।बदलिँदो अन्तर्राष्ट्रिय व्यवस्थाको चर्चा गर्दै खनालले चीनको बढ्दो प्रभाव, शाङ्घाई सहयोग सङ्गठनको महत्त्व, डलरमाथिको निर्भरता घटाउने विश्वव्यापी प्रवृत्ति तथा विश्वशक्तिको प्रभाव क्रमशः ग्लोबल साउथतर्फ सर्दै गएको अवस्थालाई नेपालले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने बताउनु भयो।उहाँले उदीयमान विश्व व्यवस्थामा नेपालको रणनीतिक स्थान सुनिश्चित गर्दा राष्ट्रिय स्वार्थ र सार्वभौमिकताको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नु भयो।

 

अन्तर्राष्ट्रिय विकास पहलको प्रसङ्गमा खनालले मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतका कार्यक्रम अघि बढिरहँदा बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गतका परियोजना कार्यान्वयनमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गर्नु भएको छ । विशेषगरी पार–हिमालय बहुआयामिक सम्पर्क सञ्जालसँग सम्बन्धित सहमति भएका परियोजना गम्भीरतापूर्वक र समयमै कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक