हर्मुज जलमार्ग सुरक्षित बनाउन खाडी मुलुकको बैठक ओमानमा बस्दै

काठमाडौं ,भदौ २७। विश्वको प्रमुख ऊर्जा आपूर्ति मार्गमध्ये एक हर्मुज जलमार्ग मार्फत हुने तेल तथा अन्य वस्तुको ढुवानीलाई सुरक्षित बनाउने विषयमा इरानसहित खाडी क्षेत्रका देशहरूले छलफल अघि बढाउने भएका छन् ।यसका लागि इरान, इराकसहित खाडी क्षेत्रका देशका विदेशमन्त्रीहरू सोमबार ओमानमा भेला हुँदै छन् । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शुक्रबार बैठकमा क्षेत्रीय मुद्दाका साथै हर्मुज जलमार्ग मार्फत सुरक्षित ढुवानीका लागि सम्भावित उपायबारे छलफल हुने जानकारी दिएका हुन् ।उनका अनुसार इरान र ओमानबीच हर्मुजमा सुरक्षित जलमार्ग तोक्ने विषयमा यसअघि भएको छलफललाई समेत बैठकले अघि बढाउनेछ । हर्मुजमा जलयातायात सहज बनाउने प्रयासले विश्व ऊर्जा बजारमा देखिएको आपूर्ति जोखिम घटाउन सक्ने अपेक्षा गरिएको छ ।खाडी क्षेत्रबाट विश्व बजारमा हुने तेल तथा पेट्रोलियम पदार्थको आपूर्तिका लागि हर्मुज महत्वपूर्ण जलमार्ग भएकाले यहाँ हुने कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य, ढुवानी लागत र आपूर्ति शृंखलामा प्रत्यक्ष असर पार्न सक्छ ।

इरान र ओमानले अगस्टको अन्त्यमा जारी गरेको संयुक्त वक्तव्यमा हर्मुज जलडमरूमा अस्थायी संयुक्त जलमार्ग स्थापना गर्ने चरणबद्ध संरचनाबारे विचार आदानप्रदान भएको बताएका थिए । प्रस्तावित जलमार्ग कार्यान्वयनमा आएमा तनावका बीच पनि पानीजहाजलाई सुरक्षित रूपमा आवतजावत गराउन सहज हुने अपेक्षा गरिएको छ ।इरानका विदेश मन्त्रालयका प्रवक्ता बघाईले क्षेत्रीय देशबीच विश्वास र सहकार्य बढाउन बैठक महत्वपूर्ण हुने बताए । बाह्य शक्तिको ‘विभाजनकारी हस्तक्षेप’ बिना क्षेत्रीय सुरक्षा र सहकार्य अघि बढाउनुपर्ने उनको भनाइ छ ।तर, हर्मुजको सुरक्षाको विषय अझै अमेरिका र इरानबीचको तनावसँग जोडिएको छ । बघाईले अमेरिकाले इरानविरुद्ध गरिरहेको भनिएको ‘आक्रामक गतिविधि र गैरकानुनी हस्तक्षेप’ जारी रहेसम्म हर्मुजमा ढुवानी सुरक्षाको पूर्ण सुनिश्चितता गर्न नसकिने बताएका छन् ।यसअघि फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही गरेपछि तेहरानले हर्मुज जलडमरूबाट हुने पानीजहाजको आवागमनमा प्रतिबन्धात्मक कदम चालेको थियो । त्यसपछि अमेरिकी सेनाले इरानी बन्दरगाहबाट आउने तथा त्यतातर्फ जाने पानीजहाजलाई लक्षित गर्दै नौसैनिक नाकाबन्दी अघि बढाएको इरानको आरोप छ ।

तेल बजारमा चासो

हर्मुज जलमार्गमा तनाव बढ्दा यसको प्रत्यक्ष असर विश्व तेल बजारमा पर्न सक्छ । खाडी क्षेत्रबाट अन्तर्राष्ट्रिय बजारमा जाने कच्चा तेल तथा पेट्रोलियम पदार्थको ढुवानीमा अवरोध आएमा आपूर्ति घट्ने र त्यसको दबाब तेलको मूल्यमा पर्न सक्ने जोखिम रहन्छ ।तेलको मूल्य बढ्दा त्यसको प्रभाव पेट्रोलियम पदार्थमा मात्र सीमित रहँदैन । ढुवानी लागत बढ्ने भएकाले खाद्यान्न, औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुसम्मको मूल्य शृंखलामा असर पर्न सक्छ । आयातमा निर्भर अर्थतन्त्र भएका मुलुकमा यसले मुद्रास्फीति तथा विदेशी मुद्रा खर्चको दबाबसमेत बढाउन सक्छ । त्यसैले हर्मुजमा सुरक्षित जलमार्ग कायम गर्ने इरान तथा खाडी मुलुकको पहललाई क्षेत्रीय सुरक्षा मात्र नभई विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारसँग जोडेर हेरिएको छ । सोमबार ओमानमा हुने बैठकले हर्मुजमा नियमित तथा सुरक्षित जलयातायातका लागि कस्तो संयन्त्र अघि बढाउँछ भन्ने विषयलाई ऊर्जा बजारले समेत चासोका साथ हेरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक