तीजको पहिलो दिन

आज दर खाएर व्रतको पूर्वतयारी गरिँदै

काठमाडौं ,२८ भदौ। हिन्दु नारीहरूको चाड हरितालिका तीजको रमझम सुरु भएको छ । नेपाली नारीहरूले आज आइतबार दर खाने तयारी गरेका छन् । व्रतका लागि शक्ति प्राप्त गर्न दर खाएसँगै आजदेखि चार दिने तीज पर्व सुरु हुन्छ ।तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । तीजको व्रत निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् ।

आइतबार बेलुकी दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा जेई संक्रमणबाट बालकको मृत्यु, मृतक संख्या ७ पुग्यो

झापा , २७ भदौ । झापामा जापानिज इन्सेफ्लाइटिस जेई अर्थात् मस्तिष्क ज्वरोको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।भद्रपुर नगरपालिका–८ बस्ने ८ वर्षीय अविनाश टुडुको

झापामा सार्वजनिक बिदामा पनि राहदानी र राष्ट्रिय परिचयपत्र सेवा

झापा ,२८ भदौ। जिल्ला प्रशासन कार्यालय झापाले राहदानी र राष्ट्रिय परिचयपत्रका लागि पालो पर्खिरहेका सेवाग्राहीको संख्या शून्यमा झार्ने अभियान थालेको छ। ‘शून्य बाँकी आवेदन अभियान’

महानगर प्रहरी नागरिकले भरोसा गरेको संयन्त्र हो : कार्यवाहक प्रमुख सुनिता डंगोल

काठमाडौं , भदौ २८। काठमाडौं महानगरपालिका कार्यवाहक प्रमुख सुनिता डंगोलले महानगर प्रहरी बललाई काठमाडौंको सुव्यवस्थापनका लागि अहोरात्र खटिने संयन्त्रका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।आइतबार

इटहरीमा डिभाइडरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी,२८ भदौ । सुनसरीको इटहरीमा आज बिहानको राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी ७ र १७

काठमाडौं महानगर प्रहरीको भूमिका प्रशंसनीय छ : आईजीपी कार्की

काठमाडौं,२८ भदौ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौं महानगर प्रहरी बलले शान्ति सुरक्षा, सडक अनुशासन, अतिक्रमण नियन्त्रण तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह

महानगरलाई सुरक्षित र व्यवस्थित बनाउन सबैको साझा प्रयास आवश्यक छ : राठौर

काठमाडौं ,२८ भदौ। प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले काठमाडौंलाई सुरक्षित, भयमुक्त र व्यवस्थित बनाउन सकिन्छ भनेर एउटै उद्देश्यका साथ परिचालित भएको बताउनु भएको छ