महानगरलाई सुरक्षित र व्यवस्थित बनाउन सबैको साझा प्रयास आवश्यक छ : राठौर

काठमाडौं ,२८ भदौ। प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले काठमाडौंलाई सुरक्षित, भयमुक्त र व्यवस्थित बनाउन सकिन्छ भनेर एउटै उद्देश्यका साथ परिचालित भएको बताउनु भएको छ ।

महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा बोल्दै महानिरीक्षक राठौरले सर्वसाधारण र सुरक्षाकर्मी सबैको एउटै उद्देश्य काठमाडौंलाई सुरक्षित, भयमुक्त र व्यवस्थित बनाउनु रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सर्वसाधारण र सबै सुरक्षाकर्मीहरू काठमाडौँलाई कसरी सुरक्षित र भयरहित बनाउन सकिन्छ, कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने एउटै उद्देश्यका साथ परिचालित भएका छौँ ।’

महानगरपालिकालाई सुरक्षित र व्यवस्थित बनाउन महानगर प्रहरी बलले गरिरहेको प्रयासको प्रशंसा गर्दै उहाँले बलको कार्यसम्पादनप्रति आफू उच्च मूल्यांकन गर्ने बताउनु भयो ।

राठौरले सुरक्षाकर्मीले आफ्नो कर्तव्य, राज्यले प्रदान गरेको कानुनी अधिकार तथा जिम्मेवारीबारे स्पष्ट जानकारी राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले कानुनले दिएको अधिकारको प्रयोग गर्दा कर्तव्य र जिम्मेवारीलाई समेत महत्व दिनुपर्ने बताउनु भयो ।

उहाँले सुरक्षाकर्मीहरू आफ्नो पेसाप्रति अनुशासित, निष्ठावान् र नैतिक भएर अघि बढ्नुपर्ने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एआईको दुरुपयोगले चीनको राष्ट्रिय सुरक्षामै खतरा

चीनको राज्य सुरक्षा मन्त्रालयले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक, सामाजिक तथा साइबर सुरक्षामा गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी

विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौँ ,२९ भदौ । रसुवाको भोटेकोशी बाढीपछि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिहरूसँग प्रधानमन्त्रीले आज छलफल सुरु गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री

चिलिमे टनेलमा रातभर उद्धार कार्य

रसुवा,२९ भदौ । रसुवाको चिलिमे टनेल क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि रातभर काम जारी राखिएको छ ।   उद्धार टोलीले रातभरी पनि टनेल नजिक

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं ,२९ भदौ। राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ । आज ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल अधिकार दिवस मनाउँन लागेको हो

व्रतको आध्यात्मिक उद्देश्य पूरा गर्न नकरात्मक सोच र गतिविधि त्याग्नुपर्छ: मुकुन्द नेपाल

काठमाडौं,२९ भदौ । हिन्दू धर्मावलम्बी महिलाहरूले विशेष श्रद्धा र उत्साहका साथ मनाउने हरितालिका तीज धार्मिक आस्था, पारिवारिक सुख–शान्ति र सामाजिक संस्कृतिसँग जोडिएको पर्व हो ।

शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : शिक्षामन्त्री

काठमाडौं ,२९ भदौ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायबाट प्राप्त सुझाव र गुनासोलाई आधार बनाएर शिक्षा प्रणाली र पाठ्यक्रममा आवश्यक