झापामा सार्वजनिक बिदामा पनि राहदानी र राष्ट्रिय परिचयपत्र सेवा

झापा ,२८ भदौ। जिल्ला प्रशासन कार्यालय झापाले राहदानी र राष्ट्रिय परिचयपत्रका लागि पालो पर्खिरहेका सेवाग्राहीको संख्या शून्यमा झार्ने अभियान थालेको छ। ‘शून्य बाँकी आवेदन अभियान’ अन्तर्गत सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गरिने भएको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार अनलाइन आवेदन गरी बायोमेट्रिकलगायत प्रक्रियाका लागि पालो पर्खिरहेका सेवाग्राहीलाई असोज १५ गतेसम्म सेवा दिइनेछ।

अभियान अवधिमा कार्यालयले दैनिक बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिनेछ। सार्वजनिक बिदाका दिन पनि सेवा निरन्तर रहने प्रशासनले जनाएको छ।

राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवामा सेवाग्राहीको चाप बढेपछि लामो समयदेखि पालो पर्खिरहेका आवेदकलाई छिटो सेवा दिने उद्देश्यले अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

प्रशासनले अनलाइन आवेदन गरी पालो पर्खिरहेका सबै सेवाग्राहीलाई अभियान अवधिमा कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। सेवा लिन आउँदा आवश्यक सक्कल कागजात अनिवार्य रूपमा ल्याउन समेत अनुरोध गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

काठमाडौं , २९ भदौ। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ पर्नु भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित

संस्थापनको महाधिवेशन बहिष्कार गर्न शशांक समूहको अपिल

काठमाडौं,२९ भदौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप चर्किएको छ । संस्थापनइतर समूहका नेता शशांक कोइराला नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले

ग्रीन आर्मीको वैधानिकतामाथि सर्वोच्चको प्रश्नस् सरकार र सेनासँग माग्यो लिखित जवाफ

काठमाडौं , २९ भदौ। नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले

पीडित किसानका लागि छुट्टै कोष माग्दै सांसद तर सरकार भन्छ– नीति छैन

काठमाडौँ,२९ भदौ । राष्ट्रिय सभाका सांसदहरूले संक्रामक रोगबाट पशुधन गुमाएका किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न छुट्टै कोष स्थापना गर्नुपर्ने माग राखेका छन्। सोमबार विधायन

अरुण भ्यालीले ५ प्रतिशत बोनस सेयर दिने, साधारणसभा असोज २७ गते

काठमाडौं , भदौ २९। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने

एकीकृत प्रतिवेदन बनाउन एमालेका तीन शीर्ष नेतालाई जिम्मेवारी

काठमाडौँ,२९ भदौ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले दुवै प्रतिवेदन एउटा बनाएर ल्याउन उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, उपाध्यक्ष विष्णु पौडेल र महासचिव