प्रधान सेनापति सिग्देल चीन प्रस्थान

काठमाडौं ,२८ भदौ। प्रधान सेनापति महारथी अशोक राज सिग्देल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि आइतबार बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ ।

चिनियाँ पक्षको निमन्त्रणामा प्रधान सेनापति सिग्देलले भदौ २८ गतेदेखि असोज ३ गतेसम्म चीनको भ्रमण गर्न लाग्नु भएको हो । भ्रमणका क्रममा उहाँले बेइजिङमा आयोजना हुने १३ औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

चीन प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधान सेनापति सिग्देललाई बलाधिकृत रथी प्रदीप जङ्ग केसीले बिदाइ गर्नुभएको थियो ।

भ्रमणले नेपाल र चीनबीचको आपसी सैनिक सम्बन्ध थप सुदृढ तथा विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।

यसअघि भ्रमणपूर्व जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले प्रधान सेनापति सिग्देललाई सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापति सिग्देल चीन भ्रमणमा रहेका बेला बलाधिकृत रथी प्रदीप जङ्ग केसीले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फक्ताङ्लुङ गाउँपालिकाद्वारा बाढीपीडितलाई २६ लाख बढी सहयोग

ताप्लेजुङ,३० भदौ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपियाँ बढी सहयोग गरेको छ ।गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुबाट आफ्नो तलब

आयोजना सुरक्षामा ऊर्जा मन्त्रालयको ६ बुँदे नयाँ अवधारणा

काठमाडौं,३० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत्

१,३९७ को शव भेटियो, खोजी र पहिचान तीव्र

काठमाडौं,३० भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजेसम्म १ हजार ३९७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १८९

किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

काठमाडौं , २९ भदौ। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ पर्नु भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित

संस्थापनको महाधिवेशन बहिष्कार गर्न शशांक समूहको अपिल

काठमाडौं,२९ भदौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप चर्किएको छ । संस्थापनइतर समूहका नेता शशांक कोइराला नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले

ग्रीन आर्मीको वैधानिकतामाथि सर्वोच्चको प्रश्नस् सरकार र सेनासँग माग्यो लिखित जवाफ

काठमाडौं , २९ भदौ। नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले