सनातन धर्म र धर्मगुरुमाथिको प्रहार रोक्न माग, कानुन व्यवसायीद्वारा कारबाहीको चेतावनी

काठमाडौँ , भदौ २८ । नेपालका धर्मगुरुहरूलाई योजनाबद्ध रूपमा ‘विवादित’ भन्दै दुष्प्रचार गरिनु सर्वथा अनुचित भएको उल्लेख गर्दै सरोकारवालाहरूले सनातन धर्म तथा धर्मगुरुमाथि अनावश्यक विवाद सिर्जना गर्ने कार्य तत्काल रोक्न आग्रह गरेका छन्।राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यक्रम प्रस्तोता सागर खड्काले बाह्य शक्तिको अनुचित प्रभावमा परेर नेपालका धर्मगुरुहरूको छवि धुमिल पार्ने दुष्प्रयास भइरहेको आरोप लगाउनुभयो। यस्तै, वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले हिन्दू धर्म संसारकै वैज्ञानिक जीवनपद्धति रहेको उल्लेख गर्दै तथ्यहीन रूपमा धर्मगुरुहरूमाथि ‘विवादित’ को बिल्ला भिराउनु कानुनी दृष्टिले समेत अपराध भएको दाबी गर्नुभयो। उहाँले धर्मगुरुविरुद्ध आधारहीन र अमर्यादित टिप्पणी गर्ने व्यक्तिहरू कानुनी कारबाहीको दायरामा आउन सक्ने चेतावनी दिनुभयो।

त्यसैगरी, अधिवक्ता स्वागत नेपालले कुनै पनि नागरिक मानव धर्मबाट विमुख रहन नसक्ने जनाउँदै नेपालको शास्त्र, दर्शन र मौलिक परम्परामा कसैलाई निषेध गर्ने व्यवस्था नरहेको स्पष्ट पार्नुभयो। उहाँले नेपालको समग्र भविष्य वैदिक सनातन धर्मसँग अभिन्न रूपमा जोडिएको धारणा व्यक्त गर्नुभयो।कार्यक्रममा आफ्नो धारणा राख्दै धर्मगुरु स्वामी श्रीनिवासले आफूले सम्मानित अदालतबाट सफाइ पाइसकेको विषयमा समेत बारम्बार अपमानित गरिँदै आएकोमा गम्भीर आपत्ति प्रकट गर्नुभयो। “कुन अपराधका कारण मलाई विवादित भनिएको हो?” भन्दै उहाँले प्रश्न गर्नुभयो, “यदि मलाई निरन्तर विवादित बनाउने षड्यन्त्र जारी रह्यो भने म केवल प्रवचन र भाषणमा सीमित नरहेर देशको शासनसत्तामा समेत उपस्थित हुन बाध्य हुनेछु।” उहाँले आफूले राजालाई राष्ट्रको सर्वोच्च अभिभावकका रूपमा स्वीकार्ने धारणा समेत दोहोर्‍याउनुभयो।जनताको सेवामा समर्पित रहेकै कारण आफूहरूले गृहमन्त्रीलाई समर्थन गरेको स्पष्ट पार्दै उहाँले जेनजी (Gen-Z) परिवारको विशेष अनुरोधमा सहिदहरूको आत्माको चिरशान्तिका लागि कार्यक्रममा उपस्थित भएको स्पष्टीकरण दिनुभयो। साथै, उहाँले राजनीतिक नेतृत्वलाई जनताप्रति पूर्ण रूपमा जवाफदेही बन्न सचेत गराउँदै समयमै आचरण नसच्चिए जनताले कुनै हालतमा उन्मुक्ति नदिने चेतावनी दिनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फक्ताङ्लुङ गाउँपालिकाद्वारा बाढीपीडितलाई २६ लाख बढी सहयोग

ताप्लेजुङ,३० भदौ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपीडितलाई २६ लाख रुपियाँ बढी सहयोग गरेको छ ।गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुबाट आफ्नो तलब

आयोजना सुरक्षामा ऊर्जा मन्त्रालयको ६ बुँदे नयाँ अवधारणा

काठमाडौं,३० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ । रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत्

१,३९७ को शव भेटियो, खोजी र पहिचान तीव्र

काठमाडौं,३० भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ८ बजेसम्म १ हजार ३९७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १८९

किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

काठमाडौं , २९ भदौ। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ पर्नु भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित

संस्थापनको महाधिवेशन बहिष्कार गर्न शशांक समूहको अपिल

काठमाडौं,२९ भदौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप चर्किएको छ । संस्थापनइतर समूहका नेता शशांक कोइराला नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले

ग्रीन आर्मीको वैधानिकतामाथि सर्वोच्चको प्रश्नस् सरकार र सेनासँग माग्यो लिखित जवाफ

काठमाडौं , २९ भदौ। नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक संरचना प्रयोग गरेको कारण विवादमा परेको ग्रीन आर्मी नेपालको वैधानिकतालाई लिएर सर्वोच्च अदालतले