तीजको व्रत कसरी बस्ने ? सक्नेले निराहार, नसक्नेले फलाहार गर्न सक्ने

तीजको मूल उद्देश्य परिवारको सुख, शान्ति, कल्याण र मनोकामना पूर्तिका लागि

दमक ।२९ भदौ ।  भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज शिव–पार्वतीको पूजा आराधना र व्रत बसेर मनाइँदैछ। तीजको व्रत बस्दा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ।

तर तीजमा सबैले अनिवार्य रुपमा निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनु भएको छ। उहाँका अनुसार व्रत मुख्यतः निराहार, जलाहार र फलाहार गरी तीन प्रकारका हुन्छन्।

सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि गर्न नसक्नेले फलफूल खाएर फलाहार व्रत बस्न सक्ने उहाँले बताउनु भयो। स्वास्थ्य अवस्था कमजोर भएका वा निराहार बस्न नसक्नेले गहुँ वा मकैको रोटी, स्याउ, सुन्तला, केराजस्ता खानेकुरा लिएर पनि व्रत गर्न सकिने उहाँको भनाइ छ।

गौतमका अनुसार व्रत बस्दा ‘सर्वतः आत्मानं गोपायेत्‌’ अर्थात् आफ्नो शरीर र आत्माको रक्षा गरेर मात्र व्रत बस्नुपर्ने धर्मशास्त्रीय मान्यता छ। त्यसैले स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी व्रत बस्नु उचित मानिँदैन।

धर्मशास्त्रीय रुपमा तीजको व्रत महिला र पुरुष दुवैले गर्न सक्ने उल्लेख छ। महिलाले अटल सौभाग्य तथा पुरुषले विधुर हुनु नपरोस् भन्ने कामनाका लागि व्रत गर्ने धार्मिक विश्वास छ। अविवाहित महिला र पुरुषले गुण सम्पन्न जीवनसाथी प्राप्तिका लागि पनि व्रत बस्ने शास्त्रीय मान्यता छ।

तीजको व्रतका लागि अघिल्लो दिन दर खाने चलन छ। शास्त्रीय विधानअनुसार भाद्र शुक्ल द्वितीयाको रात दुई भाग हुनुअघि दर खाइसक्नुपर्ने मान्यता छ। तृतीयाका दिन व्रत बसेर शिव–पार्वतीको पूजा गरिन्छ भने चौँथीमा गणेश पूजा र पञ्चमीमा अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व समापन हुन्छ।

धर्मशास्त्रविद्हरुले तीजको मूल उद्देश्य परिवारको सुख, शान्ति, कल्याण र मनोकामना पूर्तिका लागि रहेको बताएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

परम्परागत चिकित्सामा सहकार्य बढाउने निर्णय

काठमाडौं , २९ भदौ। भारतको नयाँदिल्लीमा सम्पन्न १८औँ ब्रिक्स शिखर सम्मेलनले परम्परागत, पूरक तथा एकीकृत चिकित्सालाई सदस्य राष्ट्रबीचको स्वास्थ्य सहकार्यको महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउने

मेचीनगरबाट साढे ६ लाख बढीको अवैध सामान बरामद

झापा, भदौ २९। झापाको मेचीनगरबाट सशस्त्र प्रहरी बल, नेपालले ६ लाख ६० हजार ९ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। मेचीनगर नगरपालिका–६ स्थित

विपद् प्रभावित बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना सुरु

काठमाडौं,२९ भदौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकार

हेटौँडाको पशुपति मन्दिरमा तीजको रौनक

हेटौँडा ,२९ भदौ। हरितालिका तीजको अवसरमा आज सोमबार हेटौँडा उपमहानगरपालिका–४ स्थित भुवनेश्वर पशुपति मन्दिरमा पूजा आराधना तथा दर्शनका लागि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ ।

‘अहिलेको सरकार छापा मार सरकार जस्तो देखिन्छ’ : ओली

काठमाडौं ,२८ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गर्नु भएको छ।आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम