दमक मेयरका अकाक्षीहरु

दमकको मेयर को बन्ला : नजीकबाट चिन्नुहोस (सबैको सर्ट प्रोफाईल सहित)

दमक/
झापाको दमक नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर हो । अहिलेको गठबन्धन सरकारको प्रमुख प्रतिक्ष दलको नेताको आफ्नै गृह नगर भएकाले यसलाई देशब्यापीबाट निकै महत्वका साथ हेर्ने गरिएको छ । गठबन्धनका दलहरुले पनि दमकमा मेयर मात्रै जीत्यो भने पनि निकै ठुलो उपलब्धी ठान्ने गरिको रणनिती बनाइरहेका छन् । पाँच दलिय मात्र होईन अन्य साना दलहरुले त्यो गठबन्धनमा सहभागी हने चर्चा अहिले चुलीन थालेको छ ।

स्थानीय तहको मिती निजिकीएसँग विभिन्न दलमा आवद्ध नेताहरुले दमकको मेयर बन्ने आकक्षा सार्वजनिक गर्न पनि थालेका छन् । सबै पार्टिले ह्पि जारी गरेर आफुखुसी मेयरको उम्मेद्वार घोषणा नगर्न भनेको भएपनि चुनावको मिती नजिकिदै गएपछि आकाक्षीहरु खुल्न थालेका छन् ।

यसै सन्दर्भमा उज्यालो खवर डटकले दमकमा अवको मेयर को बन्ला भन्नेबारेमा सम्भावीत अध्यन गरेको छ । मख्य गरि नेकपा एमाले र गठबन्ध भित्रका दलहरुका पनि आकक्षीहरुसँग सम्पर्क गरेर दमकका सम्भावित मेयरहरुको बारेमा चर्चा गरेका छ ।

एमालेबाट ३ जनाको नाम

दमक नगरपाकिलाको नेतृत्व अहिले नेकपा एमालेले गरेको छ । २ वटा वडा बाहेक बाँकी ८ वटा वडामा पनि एमालेकै नेतृत्व छ । कार्यपालिकाको बैठकमा एमालेको बहुमत छ । यो शाख जोगाइराख्न दमकमा एमालेले निकै बलिया उममेद्वार खडा गर्नु पर्ने हुन्छ । किनकी गठबन्धनबाट आउने उम्मेद्वार र अन्य सबै शक्ति यसका विरुद्धमा लागी पर्ने देखिएको छ । त्यसैले दमकका एमालेको तर्फबाट पार्टिमा सिफारिस गरिएका यी उम्मेद्वारलाई नजिकबाट चिन्नकालागी सर्ट प्रोफाईल बनाइएको छ ।

१) होम बहादुर थापा

होम बहादुर थापा २०३७ साल देखी पार्टिमा सकृय भएर लाग्नु भएको हो । उहाँले २०३७ सालमा पार्टिको एजि, पिएजीको इलाका कमिटी सदस्य हुँदै तत्कालीन नेकपा मालेको इलाका संगठन सदस्य भएर काम गरेको अनुभव छ । यसपछि उहाँले २०४३ सालमा साविक कोहोबार गाउँ पञ्चायतको जन पक्षीय उप-प्रधान पञ्च भएर पनि काम गर्नु भयो । २०४७ साल पुष ९ गते देखी उहाँले नेकपा एमाले पार्टिको संगीठित सदस्य बनेर पार्टिले तोकेका सबै जिम्मेवारी सहज तरिकाले पुरा गर्दै आउनु भएको छ । यसपछि उहाँ २०५४ सालमा साविक कोहोबार गाविसको गाविस अध्यक्षमा पनि निर्वाचीत भएर जनताको प्रत्यक्ष सेवा गर्नु भयो । त्यसपछि केपि शर्मा ओलीको निर्वाचन क्षेत्रको सांसद प्रतिनिधी भएर पनि उहाँ जनताको आवश्कता बुझ्न गाउँ गाउँमा हिडीनै रहनु भयो । सावीक क्षेत्र नं ७ हुँदा होस वा अहिले क्षेत्र नं ५ हुँदा नै किन नहोस उहाँ यहि क्षेत्रबाट निर्वाचित हुनुभएका केपि शर्मा ओलीको सांसद प्रतिनिधी बनिरहनु भएको छ । यहि बिचमा उहाँलाई पार्टिले अन्य जिम्मेवारी पनि दिदै आयो । एमाले सम्बध यूवा सघं नेपालको २ पटक सम्म केन्द्रिय कमिटीको सचिवालय सदस्य बनेर आफ्नो जिम्मेवारी पुरा गर्नु भयो । अहिले उहाँ पार्टिको क्षेत्र नं ५ को इन्चार्ज हुनुहुन्छ । भने पार्टिले उहाँलाई १ नं प्रदेशको सचिवालय सदस्यको समेत जिम्मेवारीमा हुनुहुन्छ । २०७५ सालमा यस क्षेत्रका सांसद केपि शर्मा ओली प्रधानमन्त्री हुँदा उहाँले प्रधानमन्त्रीको सचिवालय सदस्यमा रहेर पनि जिम्मेवारी पुरा गर्नु भयो । उहाँलाई त्यसबेला पूर्वाधार विकास हेर्ने र जनसम्पर्क हेर्ने जिम्मेवारी दिइइको थियो । पार्टिमा यत्तीका योगदान र काम गर्दै आएकोले यो पटक दमक नगरपाकिलाको मेयर पदमा आफ्नो उम्मेदवारी रहने आकक्षा उहाँले व्यक्त गर्नु भएको छ । उज्यालोे खवरसँगको कुराकानीमा उहाँले भन्नुभयो ‘पार्टिमा देखाएको सकृयता र इमान्दारिताको कदर पार्टि नेतृत्वले गर्ने छ भन्ने मलाई विस्वाुस छ ।’

२) गीता अधिकारी

गीता अधिकारी, दमक नगरपाकिलामा अहिले उप-प्रमुख पदमा रहेर काम गरिरहनु भएको छ । विषेशगरि प्राध्यापन पेषाबाट एकाएक राजनितीमा होमीनु भएकी अधिकारीलाई राजनैक खेल खेल्न र खिचडी पकाउन उत्ती तरिका नजाने पनि जनताको काम कसरी गर्ने भन्ने कुरा चाहि आफु उप -प्रमुख भएर काम गरेको अनुभवले सिकाएको बताउनु हुन्छ । यो अवधिमा आफु दमकका हरेक गाउँ र टोल पुगेको साथै जनताको अकक्षा के छ भन्ने कुरा आफुले आफैले अनुभुती गरेर त्यसको आवश्यकता बुझेको बताउहुन्छ । ती आवश्यकतालाई पुरा गर्न उप- प्रमुख मात्रै भएर कतिपय अवस्थामा सम्भव भएनन् र गर्न नसकेको अनुभव पनि उहाँले सुनाउनु भयो । जनताका ती अकक्षा पुरा गर्न र समृद्ध दमक नगर बनाउन म नै अव यहाँको मेयर बन्नु पर्ने रहेछ भन्ने कुराको अनुभुती मनबाटै जागेपछि उहाँले अहिले मेयरको आकक्षा राख्नु भएको छ । उहाँको पनि राजनैतिक यात्रा भने कमको छैन । २०३८ सालमा काठमाडौमा अध्ययनकालागी जाँदा सरस्वती बहुमुखी क्याम्पसमा अखिल नेपाल विद्यार्थी सघंको साधारण सदस्यता लिनु भयो । त्यसबेला देखी राजनैतिक यात्रा सुरु गर्नु भएकी अधिकारीले आफ्नो अध्ययनसँगसँगै राजनितीलाई पनि साथमै लिएर अघी बढ्नु भयो । मुख्यरुपमा पढाईमा ध्यान दिनु भएकी अधिकारी २०४६ सालको आन्दोलनपछि दमकको बहुमुखी क्याम्पसमा अध्ययापन गराउन थाल्नु भयो । विद्यार्थी हुँदै देखी राजनितीमा रुची राख्ने उहाँले यहाँ पनि प्रगतीशिल प्राध्यापक सघंमा बसेर काम गर्नु भयो । यता महिला सघंमा पनि २०४६ साल देखी अखिल नेपाल महिला सघंमा पनि सदस्यता लिएर आफ्नो राजनैतिक यात्रा अघी बढाइरहनु भयो । यससघै उहाँ नेपाल बुद्धिजीवी परिषदको झापा उपाध्यक्ष भएर पनि आफ्नो राजनैतिक जिम्मेवारी सम्हाल्दै आउनु भयो । यता पार्टिको दमक नगर कमिटीमा बसेर पनि उहाँले २ कार्यकाल पुरा गर्नु भयो । दुवै पटक नगरको कार्यसमितीमा बसेर काम गर्नु गरेको अनुभव छ । जहाँ जुन जुन संगठनमा बसेर उहाँले काम गर्नु भयो त्यहाँ त्यहाँ सबै ठाउँमा इमान्दार छवी बनाउनु भएकी अधिकारीले २०७४ सालको स्थानीय तहको चुनावमा नकेपा एमाले बाट उप प्रमुखको उम्मेद्वारी पाउनु भयो । निर्वाचनमा निकै सम्मानजनक मत ल्याएर बीजयी बन्नु भएकी उप प्रमुखको आफ्नो कार्यकाल पनि विवाद, समन्यकारी र सबैसँग सहकार्य गरेर नै बित्यो । उप प्रमुख भएर देखाएको इमान्दारितालाई अव उहाँ नगर प्रमुख भएर दमकको चकलाई अझै चम्काउनकालागी आफुले दमकको मेयर पार्टिमा आफुले दावी राखीसकेको बताउनु भयो ।

३) अम्बिका खनाल

अम्बिा खनाल पार्टिका एक सच्चा र इमान्दार कार्यकताका रुपमा चिनिनुहुन्छ । २०३५-३६ सालको विद्यार्थी आन्दोलनबाट उहाँ प्रभावित हुनु भएको हो । विषेश गरि त्यसबेला संकल्प गिती कार्यक्रममा गाइएका जनवादी गीतहरुले उहाँलाई निकै प्रभाववित बनायो । ती गीतले जनताको अवस्था बोल्थ्यो । परिवर्तन गर्न अहिलै लागी हाल्नुपर्ने रहेछ भन्ने शक्ति ती गीतबाट पाइन्थ्यो र तीनै गीतको प्रभावले उहाँ कम्यूनिष्ट राजनितीमा होमिएको उहाँले उज्यालोसँगको कुराकानीमा बताउनु भयो । त्यसबेला उहाँ विद्यालय स्तरको विद्यार्थी जीवन बिताइरहुन भएको थियो । हिमालय माद्यमिक विद्यालयमा एस एल सि दिनु भएका खनालले त्यसै बेला देखी विद्यार्थी आन्दोलनमा सहभागी हुनु भयो । विद्यालयको पढाई सकेर उहाँ धरान स्थित महेन्द्र मोरङ क्याम्पसमा मानविकी विषय बढ्न भर्ना हुनु भयो । त्यहाँ उहाँले आफुलाई राजनितीमा सकृय रुपमा लगानु भयो । विद्यार्थी आन्दोलनबाटै प्रभावित हुनु भएका खनालले त्यसबेला महेन्द्र मोरङको प्रारम्भिक कमिटीको सदस्य बनेर राजनैतिक यात्राको विधिवत थालनी गर्नु भयो । त्यसपछि लगत्तै पार्टिसँगको सम्पर्क बढाएर २०४१ साल देखी एजी, पिएजि हुँदै पार्टिको तत्कालीन दमक नगरपालिकाको वडा नं १९को वडा कमिटीमा बसेर काम गर्नु भयो । वडामा उहाँको नेतृत्व सफल हुँदै गएपछि नेतृत्व विकास भयो । विकासीत भएको नेतृत्व लगत्तै दमक नगर कमिटीको सचिवालय सदस्य , पार्टिको सचिव हुँदै अध्यक्ष सम्मको जिम्मेवारीमा उहाँ पुग्नु भयो । त्यसपछि पार्टिले उहाँको क्षमताको कदर गर्दै जिल्ला कमिटीमा पनि लग्यो । अहिले उहाँ पार्टिको जिल्ला कमिटी सदस्यका साथै १ नम्बर प्रदेशको कार्यसमिती सदस्य भएर काम गरिरहनु भएको छ । साथै क्षेत्र नं ५ (२)को इन्चार्ज समेत रहनु भएका खनालले पार्टिमा लामो समय देखी योगादन दिदै आउनु भएको छ । यस अघीको स्थानीय तहको चुनावमा समेत दमकको मेयरको बलिया आकाक्षी बन्नु भएका खनालले यो पटकको चुनावमा पनि आफुलाई अध्यक्ष पदको उम्मेद्वारमा दावी गर्नु भएको छ । पार्टिमा लागेको योगदान र गरेको कामलाई देखेर पार्टिले सहि निणर्य गर्नेमा उहाँको विस्वास रहेको छ ।

गठबन्धन दल (कुन दलबाट क -कस्को आकक्षा)

अहिले दमकमा गठबन्धन दलका नेताहरुको बैठक तथा छलफल निरनतर भइरहेका छन् । निकै बाक्लै गरि भइरहेको बैठकले मेयर पदको उम्मेद्वार भने टुङ्गो लगाइसकेको छैन । विषेश गरि राप्रपा , नेपाली काग्रेस , माओवादी केन्द्र र अन्य साना दलहरु यसमा लागी परिरहेका छन् ।
नेपाली काग्रेसबाट अहिले सम्म दमकको मेयरका लागि भनेर ३ जनाको आकक्षाले बजारमा चर्चा बटुलिरहेको छ ।

१) प्रकाश प्रसाई

प्रकाश प्रसाई व्यवसायीक नेतृत्वबाट आएको नाम हो । उहाँको नेतृत्व सफल भएकै कारणले उहाँले दमकमा रहेको दमक उद्योग वाणिज्य सघंको तीन तीन पटक सम्म नेतृत्व पनि गर्नु भयो । २०६५-६७, ०६७-७० र ०७० -७३ ) सम्म उहाँले उद्योग वाणिज्य सघंको अध्यक्ष बनेर यहाँका व्यवसायीहरुको मन जीत्नु भएको छ । अहिले पनि उहाँ व्यवसायीहरुको संगठन नेपाल उद्योग वाणिज्य महासघंको केन्द्रिय सदस्य भएर काम गरिरहनु भएकोछ । यस अघि क्याम्पस बढ्दा उहाँ दमक बहुमुखी क्याम्सको २०५७-५९ मा स्वतन्त्र विद्यार्थी यूनियनको उप-सभापति पनि भएर काम गर्नु भयो । विभिन्न सामाजीक काममा सकृय भएर काम गरिरहनु भएका प्रसाईले नेपाली काग्रेसबाट २०६३ सालमा सकृय सदस्यता प्राप्त गर्नु भयो । त्यस यता नेपाली काग्रेसमा सकृय भएर लाग्नु भएका प्रसाईले पार्टिको १३ औ महाधिबेसनमा दमक नगर कमिटीको सचीव भएर काम गर्नु भयो भने अहिले उहाँ पार्टिको नगर सभापति हुनुहुन्छ । नेतृत्व गर्ने खुवी भएकै कारण उहाँ उठेको चुनावमा निकै कम मात्रै उहाँले पराजय भोग्नु भएको छ ।

२) घनेन्द्रराज योङया

घनेन्द्रराज योङयालाई दमकको समाजले घनेन्द्र सुब्बा भन्दा अलीक सजिलो तरिकाले चिन्ने गर्छ । उहाँ नेपाली काग्रेसमा आगन्तुक सदस्य हो । यस अघी उहाँ राप्रपामा निकै सकृय भएर काम गर्न भयो । २०३४ साल देखी नै सकृय राजनितीमा लाग्नु भएका योङया २०४७ साल देखी २०७२ साल सम्म राप्रपा पार्टिबाट वडा देखी केन्द्र सम्मको नेतृत्वमा पुग्नु भएको छ । २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा उहाँ राप्रपा बाट नै वडा नं १ को उम्मेद्वारी बनेर बिजयी हुनु भयो । त्यसपछि उहाँले २०५८ सालमा दमक उद्योग वाणिज्य सघंमा महासचिव हुँदै २०६२ सालमा अध्यक्षको नेतृत्व पनि बहन गरिसक्नु भएको छ । २०६३ साल देखी २०६६ साल सम्म राप्रपाको झापा जिल्ला सभापति बन्नु भएका योङया २०६४ सालको पहिलो संविधानसभाको चुनावमा संविधान सभा सदस्यको उम्मेद्वार पनि बन्नु भयो । २०६६ साल देखी २०७२ साल सम्म पार्टिको केन्द्रिय सदस्य समेत बन्नु भएका योङयाले एकाएक राप्रपा त्याग गरेर नेपाली काग्रेसमा प्रवेश गर्नु भएको हो । २०७२ सालमा नेपाली काग्रेसको सकृय सदस्यता लिएर अहिले उहाँ यसैमा आवद्ध हुनुहुन्छ र आफ्नो राजनैतिक यात्रा अघी बढाइहनु भएको छ । २०७२ साल देखी २०७८ साल सम्म उहाँ नेपाली काग्रेसको महाधिबेसन प्रतिनिधी भएर पनि आफ्नो जिम्मेवारी पुरा गरिसक्नु भएको छ । राप्रपा हँदै नेपाली काग्रेस सम्मको राजनैतिक यात्राका क्रममा दमकमा रहेका अन्य विभिन्न सामाजीक सघं सस्थाहरुमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नु भएका योङवा अहिले दमक खानेपानीको सदस्य पनि हुनुहुनछ । आफुले समाजमा लामोसमय देखी नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकोले यो पटक दमक नगरपालिकाको मेयर पदमा आफ्नो उम्मेदवारी रहेको उहाँले उज्यालो खवरसँगको कुराकानीका क्रममा बताउनु भयो ।

३) ढुण्डीराज भण्डारी

२०४६ सालको आन्दोलनमा निकै सकृय भएर सडकमा निस्कने यूवाको नाम हो ढुण्डीराज भण्डारी । उहाँको राजनैतिक यात्रा २०४५ सालबाट नेपाल विद्यार्थी सघंबाट भएको हो । दमक बहुमुखी क्याम्पसमा नेविसघंको इकाई कमिटीमा रहेर उहाँले राजनैतिक यात्रा सुभारम्भ गर्नु भयो । विद्यार्थी जीवनकालदेखीनै निकै सकृय भएर लाग्नु भएका भण्डारीलाई सघंठनले पनि विस्वास गर्दै गयो । र २०४९ सालमा नेविसंघको जिल्ला सदस्य बन्न सफल हुनुभयो । त्यस लगत्तै संघको दमक नगर सभापति बन्नु भयो । यो २०५० सालको कुरा हो । राजनितीको रापले रापीरहनु भएका भण्डारी २०५२ साल देखी पार्टिको सकृय सदस्य भएर काम गर्न थाल्नु भयो र उहाँलाई पार्टिले त्यहि वर्षनै साविक वडा नं १३ को वडा सदस्यको उम्मेदवार पनि बनायो । १३ मतले मात्रै पराजित बन्नु भएका भण्डारीलाई पार्टिले विस्वास गर्दै वडाको कार्यबाहक सभापतिको जिम्मेवारी प्रदान गयो र पछि नगर समितीको सभापति बनायो । पार्टिमा रहेर निकै महत्वपूणर् कामलाई कौसलता पूर्वक ढङ्गबाट सम्पन्न गरिसक्नु भएका भण्डारी पार्टिको १२ औ महाविधबेसनले उहाँलाई साविक क्षेत्र नं ७ को क्षेत्रीय सभापति बनायो । त्यसपछि अहिले उहाँ क्षेन ं ५को सभापति हुनु भएको छ । लामो समय देखी राजनैतिक तथा सामाजीक क्षेत्रमा सकृय भएर काम गर्दै आउनु भएका भण्डारी यो पटक पनि दमको मेयर पदको आकाक्षी बन्नु भएको छ । अघील्लो पटक एक्लै भिड्दा तेस्रो स्थान बन्नु भएका उहाँ अहिले गठबन्धनको साथ पाएमा चुनाव जीत्ने दाउमा हुनुहुन्छ ।

माओवादी केन्द्रबाट गगन पुरी

नेकपा माओावादी केन्द्रबाट आगामी स्थानीय तहको चुनावमा मेयर पदका आकाक्षी बन्नु भएका रेवत राज पुरी गगन अघिल्लो पटकको चुनावमा पनि यहाँको मेयरको उम्मेदवार बन्नु भएको हो । बिना पारिश्रमिक नगरबासीको सेवा गर्छु भनेर अघील्लो पटक उहाँले घोषणा गर्नु भएको थियो । तर उहाँ त्यसबेला तेस्रो स्थानमा सिमित बन्नु भयो । पुरीले २०५२ सालबाट नेकपा मसालको पार्टिबाट राजनितैक यात्राको प्रारम्भ गर्नु भएको हो । त्यसपछि उहाँले मसाल त्यागेर २०६४ सालमा माओवादी केन्द्रको सदस्य बनेर पार्टि प्रवेश गर्नुभयो । यही पार्टिबाट यस अघी मेयर पदको उम्मेद्वार बन्नु भएका उहाँ अहिले पनि यही पार्टि मार्फत गठबन्धको उम्मेदवार बन्ने प्रयासमा हुनुहुन्छ । उहाँले पार्टिमा सकृयता बढाउँदै २०७१ सालमा केन्द्रिय सदस्य बन्नु भयो । अहिले उहाँ यही पार्टिको प्रदेश कमिटीको कोषाध्यक्ष भएर जिम्मेवारी सम्हाली रहनु भएको छ ।

राप्रपाबाट राम थापा ।-

दमकका पूर्व नगर प्रमुख हुनुहुन्छ राम थापा । उहाँ राप्रपाका तर्फबाट सदबाहर दमका लागि मेयर उम्मेदवार हुनुहुन्छ । उहाँको दमकमा प्राय गरि दोस्रो स्थानमा मत आउने गर्दछ । केन्द्रमा पाँच दलिय गठबन्धनमा राप्रपा समावेश छैन । तर स्थानीय स्तरको आवश्कताको आधारमा गठबन्धनमा मिल्न सक्ने भएकोले यहाँ राप्रपा पनि सम्हिलीत छ । दमकको यो गठबन्धनबाट राम थापा मेयर पदमा उम्मेदवार बन्ने आकक्षा राख्नु भएको छ । अरुबेला एक्लै चुनावमा उठीरहनु भएका थापा यो पटक अन्य राजनैतिक दलको समेत समर्थन भयो भने मेयर जीत्ने पक्का विस्वासमा हुनुहुन्छ । २०४६ साल देखी उहाँ राप्रपामा लागेर सकृय राजनिती गर्दै आउनु भएको छ । त्यहि बेला उहाले दमक नगर समितीको सचिव रहेर आफ्नो भूमिका समेत निर्वाह गरिसक्नु भएको छ । त्यसपछि उहाँले आफ्नो राजनैतिक गतिविधिलाई सकृय बनाउँदै उहाँ पार्टिको जिल्ला सदस्य पनि बन्नु भयो । यससँगै झापाको क्षेत्र नं ७ को क्षेत्रीय सभापति भएर काम गर्दा गर्दै उहाँ तत्कालीन झापा जिल्ला विकास समितीको उप सभापतिमा १ मतले पराजीत भोग्नु पर्यो । पार्टि भित्रको सकृयतासँगै उहाँले पार्टिको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रीक यूवक संगठनको केन्द्रिय उपाध्यक्ष बनेर पनि आफ्नो भूमिका निर्वाह गर्दै आउनु भयो । पार्टिको केन्द्रिय सह-महामन्त्री बन्दै उहाँ अहिले प्रदेशको अध्यक्ष हुनुहुन्छ । यही विचमा उहाँ २०६१ सालको शाहि कालमा ८ महिना दमक नगरपाकिलाको नगर प्रमुख पनि बन्नु भयो । त्यसयता उहाँ मेयर पदमा सँधै दोस्रो मात्रै बन्दै आउनु भएको छ । यो पटक गठबन्धन दलको साथ पाएमा मेयर जीत्ने विस्वासमा उहाँमा छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा