एआईको दुरुपयोगले चीनको राष्ट्रिय सुरक्षामै खतरा

चीनको राज्य सुरक्षा मन्त्रालयले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक, सामाजिक तथा साइबर सुरक्षामा गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ।

मन्त्रालयका अनुसार डीपफेक अडियो–भिडियो, एआईबाट तयार गरिएका झुटा सामग्री र ‘इन्टेलिजेन्ट ट्रोल आर्मी’मार्फत राजनीतिक अफवाह फैलाउने, गलत सूचना प्रसार गर्ने तथा सामाजिक विभाजन बढाउने काम कम खर्चमै ठूलो स्तरमा गर्न सकिन्छ।

राज्य सुरक्षा मन्त्री चेन यीशिनले यस्तो गतिविधिले चीनविरुद्ध ‘कग्निटिभ वारफेयर’ अर्थात् जनताको धारणा र सोच प्रभावित गर्ने युद्ध सञ्चालन हुन सक्ने बताएका छन्। यसले राजनीतिक, संस्थागत र वैचारिक सुरक्षामा प्रत्यक्ष असर पार्न सक्ने उनको भनाइ छ।

चीनले एआईलाई केवल प्रविधिको विषय नभई राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील विषयका रूपमा हेर्न थालेको पछिल्लो वक्तव्यले देखाएको छ।
विदेशी एआई उपकरण प्रयोग गर्दा संवेदनशील सरकारी तथा संस्थागत सूचना बाहिरिन सक्ने जोखिमप्रति पनि चीनले चिन्ता व्यक्त गरेको छ। विशेषगरी साइबर सुरक्षा, वित्तीय, स्वास्थ्य तथा संवेदनशील सरकारी क्षेत्रमा विदेशी एआई प्रविधिको प्रयोगमा थप कडाइ हुन सक्ने संकेत देखिएको छ।

यसैबीच, अमेरिकी प्रविधि क्षेत्रका केही नेतृत्वकर्ताले पनि एआईको तीव्र विकासले भविष्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने चेतावनी दिँदै आएका छन्। चीन भने एआई विकासको गति रोक्नेभन्दा सुरक्षा, नियमन र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्ने पक्षमा देखिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक