पीडित किसानका लागि छुट्टै कोष माग्दै सांसद तर सरकार भन्छ– नीति छैन

काठमाडौँ,२९ भदौ । राष्ट्रिय सभाका सांसदहरूले संक्रामक रोगबाट पशुधन गुमाएका किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न छुट्टै कोष स्थापना गर्नुपर्ने माग राखेका छन्। सोमबार विधायन व्यवस्थापन समितिमा ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथिको दफावार छलफलमा सांसदहरूले कोष स्थापनाको माग गरेका हुन् । छलफलमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले कृषि क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै किसानको संरक्षणका लागि राज्यले क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने बताउनु भयो। किसानलाई बलियो नबनाई राष्ट्रको अर्थतन्त्र सुदृढ हुन नसक्ने भन्दै उहाँले महामारीका कारण पशु गुमाउने किसानलाई राज्यको दायित्वभित्र ल्याउन र क्षतिपूर्ति दिन छुट्टै कोषको स्थापना गर्नैपर्ने र कोषमा सरकारी बजेटका साथै कृषि क्षेत्रबाट प्राप्त हुने अन्य स्रोतहरू पनि जम्मा गर्नुपर्ने सुझाव दिनु भयो।

एमाले सांसद रामकुमारी झाँक्रीले क्षतिपूर्ति वितरणका लागि शक्तिशाली र स्वतन्त्र प्रकृतिको कोष बनाएर कोषमा सरकारले वार्षिक रूपमा निश्चित रकम विनियोजन गर्नुपर्ने बताउनु भयो । उहाँले क्वारेन्टाइन दस्तुर, कृषि क्षेत्रको योगदान तथा बैंकहरूको सहुलियतपूर्ण कर्जाबाट कोषमा रकम सङ्कलन गर्न सकिने बताउनु भयो। साथै, कोषको दुरुपयोग रोक्न क्षतिपूर्तिबाहेक अन्य कार्यमा रकम खर्च गर्न नपाइने गरी कानुनी सीमा तोक्नुपर्ने झाक्रीको भनाइ छ।तर सरकारले भने नयाँ कोष थप्ने नीति नभएको बताएको छ । सांसदहरूको प्रस्तावमाथि जवाफ दिँदै कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले सरकारले नयाँ कोषहरू थप्ने नीति नलिएको बताउनु भएको छ । उहाँले विद्यमान कोषहरूलाई मर्ज गर्दै सीमित गर्ने सरकारको नीति रहेको जानकारी दिँदै छुट्टै कोष खडा गर्नुभन्दा बजेटमा लाइन सिर्जना गरेर क्षतिपूर्तिको प्रबन्ध गर्नु बढी व्यावहारिक र उपयुक्त हुने बताउनु भयो ।

छलफलमा नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी साहले विधेयकमा महामारी शब्दको परिभाषालाई थप स्पष्ट बनाउनुपर्ने प्रस्ताव राख्नु भयो । कुनै एक स्थानमा एउटा पशुमा देखिने सङ्क्रमणलाई मात्र महामारी भन्न नमिल्ने भन्दै, पशु र मानव स्वास्थ्यमा गम्भीर असर पार्ने तथा राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा खतरा उत्पन्न गर्ने व्यापक फैलावटलाई मात्र महामारी मानिनुपर्ने उहाँको भनाइ छ ।समितिको बैठकमा विधेयक माथिको दफावार छलफल सकिएको छ। समितिले सचिवालय तथा सम्बन्धित मन्त्रालयहरूलाई छलफलमा उठेका विषयवस्तु समावेश गरी प्रतिवेदन तयार पार्न निर्देशन दिएको छ। समिति सभापति कृष्णबहादुर रोकायले मङ्गलबार विधेयक माथिको प्रतिवेदनमा छलफल गरी पारित गरिने जानकारी दिनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीले क्षति पुर्‍याएका त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुल मर्मत तीव्र

काठमाडौँ,३० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्यलाई सरकारले जारी राखेको छ।क्षतिग्रस्त भएका मध्ये १२ वटा झोलुङ्गे पुलहरूको

दमकमा आन्दोलनका बेला लुटिएका ३१ राउन्ड गोली फेला

दमक, २९भदौ । गत भदौ १५ गते जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली फेला पर्‍यो ।लागूऔषध नियन्त्रणका लागि इलाका प्रहरी

परराष्ट्र नीति राष्ट्रिय हित केन्द्रित छ : परराष्ट्रमन्त्री

काठमाडौं,३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध

‘नागरिकले दया होइन, सुरक्षित जीवन मागेका हुन्’ : सांसद खडक बुढा

काठमाडौं ,३० भदौ। नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ। मंगलबार

पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्। मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा