कांग्रेस महाधिवेशन विवाद चर्कियो

संस्थापनको महाधिवेशन बहिष्कार गर्न शशांक समूहको अपिल

काठमाडौं,२९ भदौ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप चर्किएको छ । संस्थापनइतर समूहका नेता शशांक कोइराला नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले असोज ३ गतेदेखि सुरु हुने भनिएको संस्थापनको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता–कार्यकर्तालाई अपिल गरेको छ । समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीभित्रको वर्तमान विवाद कुनै व्यक्ति वा समूहको विषय मात्र नभई कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न भएको उल्लेख गर्नु भएको छ। महाधिवेशनका नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न र संगठनात्मक एकतालाई क्षति नपुऱ्याउन आग्रह गर्दै समितिले सर्वोच्च अदालतमा पार्टीको आधिकारिकतासम्बन्धी विषय विचाराधीन रहेकाले एकतर्फी रूपमा अधिवेशन र महाधिवेशनको कार्यतालिका अघि बढाउनु उचित नहुने जनाएको छ ।

 

समितिले असोज ३ गतेबाट विधि र प्रक्रिया मिचेर सुरु गर्ने भनिएको ‘तथाकथित अधिवेशनरमहाधिवेशन’मा सहभागी नहुन पनि आग्रह गरेको छ । बरु १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गतेदेखि हुने वडा अधिवेशनमा सहभागी भई मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय महाधिवेशन सफल बनाउन आह्वान गरेको छ ।समितिका संयोजक कोइरालाले पार्टीभित्रको विवाद कुनै व्यक्ति वा नेतासँग जोडिएको विषय नभएको बताउनु भएको छ । आफूहरूले सुरुदेखि नै सहमति, सहकार्य र एकताका आधारमा महाधिवेशन सम्पन्न गर्न प्रयास गरे पनि त्यसलाई सकारात्मक रूपमा ग्रहण नगरिएको उहाँले बताउनु भयो।यता संस्थापनइतर समूहकै नेता प्रकाशशरण महतले गगन थापालगायत नेताहरूले सहमतिको प्रयास नगरेको आरोप लगाउनु भएको छ। उहाँले शेरबहादुर देउवा र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वसँग संवादको प्रयास नगरी सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत प्रचारमा बढी जोड दिइएको दाबी गर्नु भएको छ।

 

‘हामीले धेरै अघि नै समायोजन गरेर महाधिवेशनमा जाऊँ भनेका हौँ । कांग्रेस व्यक्तिगत निगाहले चल्दैन । अहिले पार्टीको घाउमा नुन छर्किने काम भएको छ,’ महतले भन्नु भयो ।महतले कांग्रेसमा इतर समूहलाई तलदेखि माथिसम्म नेतृत्वमा आएको देख्न नचाहने प्रवृत्ति रहेको आरोपसमेत लगाउनु भयो । अदालतको निर्णय पर्खिनुको सट्टा राजनीतिक सहमति गरेर अघि बढ्न सकिने अवस्था भए पनि त्यसतर्फ प्रयास नभएको उहाँको भनाइ छ ।‘अदालतको प्रक्रियालाई नपर्खियौँ, राजनीतिक सहमति गरेर जाऊँ भन्न सकिन्थ्यो । तर उहाँहरूले सहमतिको बाटो बन्द गरेपछि असोज १५ देखि सुरु भएर मंसिर २१, २२ र २३ गते हुने महाधिवेशनमा सहभागी होऔँ भनेका छौँ,’ महतले भन्नु भयो ।

 

उहाँले अहिले अर्को पार्टी बनाउन खोजिएको नभई १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वमै नयाँ महाधिवेशन गर्न लागिएको दाबी गर्नु भयो। हामीले अहिले अर्को पार्टी बनाउन लागेका होइनौँ । १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वमा नयाँ महाधिवेशन गर्दैछौँ । यो महाधिवेशन निष्पक्ष हुन्छ र पार्टीका सबै साथीहरूको भावनालाई समेट्छ,’ उहाँले भन्नु भयो। महतले गगन थापाहरू ‘अपमानजनक बाटो’बाट अघि बढेकाले अब सहमतिको सम्भावना कठिन बनेको दाबी गर्नु भयो । उहाँका अनुसार महाधिवेशनको कार्यक्रम स्थगित गरेर एकताको महाधिवेशन गर्ने सहमति भए राजनीतिक विवादसमेत समाधान हुन सक्नेछ । ‘महाधिवेशन कार्यक्रम स्थगित गरेर एकताको महाधिवेशन गरौँ भनेदेखि कुरा मिल्छ । त्यो कुरा नगरी सहमति हुन सक्दैन,’ महतले भन्नु ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीले क्षति पुर्‍याएका त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुल मर्मत तीव्र

काठमाडौँ,३० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्यलाई सरकारले जारी राखेको छ।क्षतिग्रस्त भएका मध्ये १२ वटा झोलुङ्गे पुलहरूको

दमकमा आन्दोलनका बेला लुटिएका ३१ राउन्ड गोली फेला

दमक, २९भदौ । गत भदौ १५ गते जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली फेला पर्‍यो ।लागूऔषध नियन्त्रणका लागि इलाका प्रहरी

परराष्ट्र नीति राष्ट्रिय हित केन्द्रित छ : परराष्ट्रमन्त्री

काठमाडौं,३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध

‘नागरिकले दया होइन, सुरक्षित जीवन मागेका हुन्’ : सांसद खडक बुढा

काठमाडौं ,३० भदौ। नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ। मंगलबार

पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्। मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा