किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

काठमाडौं , २९ भदौ। नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ पर्नु भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री वालेन्द्र शाह सोमबार सिंहदरबारमा आयोजना गरेको बैठकमा सहभागी भएलगत्तै प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दानबहादुर थापाले तामाङलाई सिंहदरबारभित्रबाटै पक्राउ गरिएको जानकारी दिनु भयो।उहाँविरुद्ध बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो । उहाँलाई काठमाडौंको दरबारमार्ग प्रहरी वृत्तले पक्राउ अनुमति मागेको थियो।अरुण अर्यालको जाहेरीमा अघि बढेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा तामाङलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति मागिएको थियो ।
प्रहरीले जाहेरी दरखास्त तथा बैंक विवरणबाट घटनामा संलग्न रहेको खुलेको भन्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा २० बमोजिम पक्राउ अनुमति मागेर समातेको हो ।

 

काठमाडौं जिल्ला अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा ३० बमोजिम तामाङका नाममा पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको थियो ।उहाँ नुवाकोटको किस्पाङ गाउँपालिका–३ घर निवासी त्यही पालिकाका अध्यक्ष हुनुन्छ। उहाँले काठमाडौं महानगरपालिका–१६ नयाँबजारमा ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालिका चलाइरहनु भएको थियो। उहाँ र उहाँका बुवा लालसिंह तामाङसितले उक्त कम्पनी चलाइरहनु भएको थियो । त्यही कम्पनीका सञ्चालक तामाङविरुद्ध बैंकिङ कसुर जाहेरी परेको थियो । प्रहरीले उहाँविरुद्ध पक्राउ अनुमति मागसम्बन्धी पत्र २०८३ वैशाख २८ गते दरबारमार्ग प्रहरी वृत्तको अपराध अनुसन्धान तथा कारबाही शाखाले काठमाडौं जिल्ला अदालतमा पठाएको थियो । अहिले तामाङलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीले क्षति पुर्‍याएका त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुल मर्मत तीव्र

काठमाडौँ,३० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्यलाई सरकारले जारी राखेको छ।क्षतिग्रस्त भएका मध्ये १२ वटा झोलुङ्गे पुलहरूको

दमकमा आन्दोलनका बेला लुटिएका ३१ राउन्ड गोली फेला

दमक, २९भदौ । गत भदौ १५ गते जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली फेला पर्‍यो ।लागूऔषध नियन्त्रणका लागि इलाका प्रहरी

परराष्ट्र नीति राष्ट्रिय हित केन्द्रित छ : परराष्ट्रमन्त्री

काठमाडौं,३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध

‘नागरिकले दया होइन, सुरक्षित जीवन मागेका हुन्’ : सांसद खडक बुढा

काठमाडौं ,३० भदौ। नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ। मंगलबार

पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्। मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा