सरकारी कार्यालयमा धाकधम्की दिने ‘नक्कली रास्वपा नेता’ सुजन पक्राउ

झापा,३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सदस्य हुँ भन्दै सरकारी कार्यालयमा पुगेर धाकधम्की दिने झापा, हल्दीबारीका सुजन विश्वकर्मा पक्राउ परेका छन्।प्रधानमन्त्री तथा गृह मन्त्रीसँग निकट सम्बन्ध रहेको भन्दै सरकारी तथा राजनीतिक पदको दुरुपयोग गरी विभिन्न कार्यालय र संघसंस्थामा धाकधम्की दिएको आरोपमा विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको हो । २६ वर्षीय विश्वकर्माले आफू रास्वपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य रहेको भन्दै धाकधम्की दिने गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

उनी केही समयदेखि विभिन्न सरकारी कार्यालय, बैठक तथा शैक्षिक संस्थामा सोही परिचयका आधारमा प्रवेश गर्दै आएका थिए । बैठकमा सोही नक्कली परिचयका आधारमा दबाब तथा धाकधम्की दिँदै आएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।उनले दाबी गरेको पद तथा जिम्मेवारी वास्तविक नभएको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । विश्वकर्मालाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले विश्वकर्माले झूटो परिचय दिई कुनै प्रकारको लाभ लिएको वा कसैलाई हानीनोक्सानी पुर्याएको भए जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क राख्न अनुरोध गरेको छ ।

 

सुजनले गृहमन्त्री सुधन गुरुङ, कानून मन्त्री शोविता गौतम, सांसद खगेन्द्र सुनुवार लगायतका रास्वपाका नेतासँग खिचिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको प्रति संसद्‌मा प्रश्न

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाउनु

बाढीपीडितको मानसिक स्वास्थ्य र उपचारमा ध्यान दिन सांसद रानाको माग

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने

हरेक तवरले महिलालाई सुरक्षित बन्ने वातावरण सिर्जना गर्न आवश्यक छ : सांसद खनाल

काठमाडौं,३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नवलपुरमा महिलाको हत्या भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै महिलाका लागि सुरक्षित समाज निर्माण गर्न आवश्यक कदम

रसुवा बाढीपछि राहत र पुनस्र्थापनाको प्याकेज कहिले आउँछ ?

काठमाडौं,३० भदौ । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा भएका श्रृङ्खलाबद्ध दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ। उहाँले रसुवा बाढीपछि पीडित परिवारले भोगिरहेका

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, आरोपी महिला पक्राउ

धनुषा,३० भदौ। धनुषामा अपहरणमा परेका १५ महिनाका बालक सिद्वान्त महतोलाई प्रहरीले सकुशल उद्धार गरेको छ। बालक अपहरणमा संलग्न रहेको आरोपमा एक महिलालाई समेत प्रहरीले पक्राउ

अब एटीएमबाटै १०० को नोट : राष्ट्र बैंकको निर्देशन

काठमाडौं ,३० भदौ। नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको