१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, आरोपी महिला पक्राउ

धनुषा,३० भदौ। धनुषामा अपहरणमा परेका १५ महिनाका बालक सिद्वान्त महतोलाई प्रहरीले सकुशल उद्धार गरेको छ। बालक अपहरणमा संलग्न रहेको आरोपमा एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको छ।

विदेह नगरपालिका–६, तीनकोरियास्थित घरको आँगनमा खेलिरहेका बालक सिद्वान्त गत भदौ १८ गते दिउँसो करिब ४ः४० बजे हराएका थिए। बालक हराएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक रुपेश खड्काको कमाण्डमा ६० जनाको टोली तथा तालिमप्राप्त कुकुर परिचालन गरी खोजी सुरु गरेको थियो।

अनुसन्धानका क्रममा प्रादेशिक सूचना विश्लेषण तथा अनुसन्धान समूह-PIIT समेत परिचालन गरिएको थियो। अनुसन्धानबाट कमला नगरपालिका–९, हथलेट्वाकी ४१ वर्षीया पुनिता देवी पासवानले बालकलाई अपहरण गरी नेपाल तथा भारतका विभिन्न स्थानमा लैजाँदै लुकाएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले घेराबन्दी गरेपछि भदौ २९ गते बेलुकी ३ः३५ बजे बालकलाई घरदेखि करिब ३०० मिटर दक्षिण सडकछेउमा छाडेर आरोपी भागेकी थिइन्। प्रहरीले तत्काल बालकलाई सकुशल उद्धार गरेको हो। स्वास्थ्य परीक्षणपछि बालकको अवस्था सामान्य रहेको र अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

बालकलाई छाडेर भागेकी पासवानलाई पनि सोही दिन बेलुकी ३ः४५ बजे विदेह नगरपालिका–१, महिनाथपुरस्थित दशगजा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकी पासवानमाथि अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्। मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा

कृष्णभीरमा नयाँ ट्रयाक तयार : असोज १ देखि दुई तर्फी खुल्ने

काठमाडौँ,३० भदौ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संघीय संसदमा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ

सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न सांसद हमालको माग

काठमाडौं ,३१ भदौ। नेकपा एमालेकी सांसद टुकाभद्र हमालले पैसा तिर्न नसकेको भन्दै गर्भवती महिलालाई अस्पतालबाट निकाल्ने र अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न

आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको प्रति संसद्‌मा प्रश्न

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाउनु

बाढीपीडितको मानसिक स्वास्थ्य र उपचारमा ध्यान दिन सांसद रानाको माग

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने