रसुवा बाढीपछि राहत र पुनस्र्थापनाको प्याकेज कहिले आउँछ ?

काठमाडौं,३० भदौ । नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा भएका श्रृङ्खलाबद्ध दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

उहाँले रसुवा बाढीपछि पीडित परिवारले भोगिरहेका समस्या समाधान गर्न तथा खोज, उद्धार, राहत र पुनस्र्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारसँग मागसमेत गर्नु भएको छ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद मल्लले गत शनिबार त्रिवेणी–५ सिम्कमा भएको जिप दुर्घटनामा आठ वर्षीया रेशम बुढाथोकी, १८ वर्षीया विपना बुढाथोकी र ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको बताउनु भयो। सोही दिन त्रिवेणी–३ पातरकोटमा तीज मनाउन दाङबाट सल्यान माइती आउँदै गरेकी सीता केसीको मोटरसाइकलको चेनमा सल बेरिएर मृत्यु भएको उहाँले बताउनु भयो।

उहाँले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै घाइतेको उपचार, दुर्घटनाको छानबिन, यात्रु बिमा, परिवारलाई राहत तथा श्रमिकको सामाजिक सुरक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो।

मल्लले चाडपर्वअघि राजमार्गदेखि स्थानीय सडकसम्म जोखिम पहिचान गरी तत्काल मर्मत तथा स्तरोन्नति गर्नुपर्ने बताउनु भयो । सडक पूर्वाधार सुधार, चालकको नियमित स्वास्थ्य परीक्षण, सवारी साधनको अनिवार्य प्राविधिक जाँच र सडक सुरक्षासम्बन्धी जनचेतना बढाउनुपर्ने उहाँको भनाइ छ।

उहाँले रसुवा बाढीपछि पीडित परिवारका विभिन्न संवेदनशील प्रश्नको जवाफ दिन पनि सरकारसँग माग गर्नुभयोे। जलविद्युत आयोजनाका सुरुङमध्ये कतिवटामा खोज तथा उद्धार सम्पन्न भयो र कतिवटामा काम जारी छ भन्नेबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने उहाँले बताउनुभयो।

त्रिशूली, माथिल्लो त्रिशूली–१, २ र १६ लगायतका आयोजनामा खोजी कार्यको पछिल्लो अवस्था सार्वजनिक गर्न माग गर्दै उहाँले बेपत्ता आफन्तको डीएनए परीक्षण कहिलेसम्म सकिन्छ र परिवारले आधिकारिक पहिचानको जानकारी कहिले पाउँछन् भन्ने विषयमा सरकारसँग जवाफ माग्नु भयो।

मृतक तथा बेपत्ता नागरिकका परिवारका लागि राहत तथा पुनस्र्थापनाको प्याकेज तत्काल घोषणा गर्नुपर्ने उहाँले बताउनु भयो। साथै होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठनपाठन सुरु गर्न, बालबालिका केन्द्रित मनोपरामर्श तथा किशोरी सुरक्षाका कार्यक्रम सञ्चालन गर्न र प्रभावित क्षेत्रमा एसईई दिने विद्यार्थीका लागि विशेष प्याकेजसहित कक्षा सञ्चालन गर्न माग गर्नुभयो।

अभिभावकविहीन बालबालिकाको संरक्षण तथा शिक्षाको जिम्मेवारी सरकारले लिने एकमुष्ट नीति घोषणा गरी तत्काल कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ छ।

बाढीले बगाएका सडक तथा झोलुङ्गे पुलको स्थानमा बेली ब्रिज र सुरक्षित झोलुङ्गे पुल निर्माणलाई समयसीमासहित अघि बढाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्य संस्था पुनर्निर्माण र घरबारविहीन परिवारको आवास तथा दीर्घकालीन पुनस्र्थापनाको योजना तत्काल ल्याउनुपर्ने उहाँले बताउनुभयो।

यसैगरी रोजगारीको खोजीमा फिजी पुगेका सल्यान छत्रेश्वरी–५ का दुर्गालाल पुनको निधन भएको भन्दै मल्लले उहाँको शव नेपाल ल्याउन, घटनामा दोषीमाथि कारबाही गर्न र परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्। मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा

कृष्णभीरमा नयाँ ट्रयाक तयार : असोज १ देखि दुई तर्फी खुल्ने

काठमाडौँ,३० भदौ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संघीय संसदमा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ

सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न सांसद हमालको माग

काठमाडौं ,३१ भदौ। नेकपा एमालेकी सांसद टुकाभद्र हमालले पैसा तिर्न नसकेको भन्दै गर्भवती महिलालाई अस्पतालबाट निकाल्ने र अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न

आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको प्रति संसद्‌मा प्रश्न

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाउनु

बाढीपीडितको मानसिक स्वास्थ्य र उपचारमा ध्यान दिन सांसद रानाको माग

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने