हरेक तवरले महिलालाई सुरक्षित बन्ने वातावरण सिर्जना गर्न आवश्यक छ : सांसद खनाल

काठमाडौं,३० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नवलपुरमा महिलाको हत्या भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै महिलाका लागि सुरक्षित समाज निर्माण गर्न आवश्यक कदम चाल्न माग गर्नुभएको छ ्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले हरितालिका तीजको भोलिपल्ट नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ मा ४० वर्षीया उनीसरा विकको आफ्नै श्रीमानबाट हत्या भएको घटना सार्वजनिक भएको बताउनु भयो।

उहाँले प्रहरीबाट आरोपी पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी प्राप्त भएको भन्दै घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभयो े।

खनालले सोही पालिका र वडामा यसअघि पनि तीजकै सेरोफेरोमा श्रीमतीको हत्या भएको घटना दोहोरिएको भन्दै यस्ता घटनाको कारणबारे गम्भीर अध्ययन आवश्यक रहेको बताउनु भयो।

‘हत्याको शृङ्खला क्रमिक देखिएको छ भने मोडस अपरान्डी पनि उस्तै छ। यस्ता घटना किन बारम्बार दोहोरिरहेका छन् भनेर अध्ययन जरुरी छ,’ उहाँले भन्नुभयो।

उहाँले प्रश्न एक महिलाको हत्या र एक व्यक्तिमाथि कारबाही गर्ने विषयमा मात्र सीमित नभएको बतानु भयो। महिलाका लागि सुरक्षित समाज निर्माण गर्न राज्य र समाजले गरिरहेका प्रयासबारे गम्भीर समीक्षा आवश्यक रहेको उहाँको भनाइ छ।

खनालले बालबालिकालाई सानैदेखि समता र समानुभूतिको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो। उहाँले सामाजिक सञ्जाल तथा सार्वजनिक छलफलमा देखिने स्त्रीद्वेषी टिप्पणी र त्यसप्रतिको हलुका बुझाइले भविष्यमा गम्भीर समस्या निम्त्याउन सक्ने चेतावनी दिनुभयो।

‘एक बालकलाई ऊ हुर्किएर पुरुष हुँदै गर्दा समता र समानुभूतिको शिक्षामा जोड दिनु आवश्यक छ। आज सामाजिक सञ्जालहरूमा र सार्वजनिक छलफलहरूमा आउने स्त्रीद्वेषी टिप्पणीहरू र त्यसमाथिको हाम्रो हलुका बुझाइले आज डरलाग्दो भविष्यको सङ्केत गरिराखेको छ,’उहाँले भन्नुभयो।

 

उहाँले सभामुखमार्फत सरकार र समाजलाई महिलालाई सुरक्षित वातावरण निर्माण गर्न आवश्यक सबै कदम तत्काल चाल्न आग्रह गर्नुभयोे।

‘हरेक तवरले महिलालाई सुरक्षित बन्ने वातावरण सिर्जना गर्न आवश्यक हर कदम अविलम्ब चाल्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ खनालले भन्नुभयो े। उहाँले महिलाले सुरक्षित महसुस गर्ने वातावरण बने मात्र सही अर्थमा हरितालिका तीज मनाउन सकिने बताउनुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्। मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा

कृष्णभीरमा नयाँ ट्रयाक तयार : असोज १ देखि दुई तर्फी खुल्ने

काठमाडौँ,३० भदौ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संघीय संसदमा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ

सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न सांसद हमालको माग

काठमाडौं ,३१ भदौ। नेकपा एमालेकी सांसद टुकाभद्र हमालले पैसा तिर्न नसकेको भन्दै गर्भवती महिलालाई अस्पतालबाट निकाल्ने र अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनुपर्ने अवस्था अन्त्य गर्न

आईसीयूमा बिरामीको अन्तर्वार्ता लिएको प्रति संसद्‌मा प्रश्न

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिने तथा त्यसका लागि अनुमति दिने कार्यप्रति गम्भीर प्रश्न उठाउनु

बाढीपीडितको मानसिक स्वास्थ्य र उपचारमा ध्यान दिन सांसद रानाको माग

काठमाडौं ,३० भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद इन्दिरा राना मगरले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने