कृष्णभीरमा नयाँ ट्रयाक तयार : असोज १ देखि दुई तर्फी खुल्ने

काठमाडौँ,३० भदौ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संघीय संसदमा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । प्रधानमन्त्रीज्यूले रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा यही भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताउनुभएको थियो ।

 

प्रधानमन्त्रीज्यूको सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ । यसका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल निरन्तर खटिरहनुभएको छ ।यही भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पुर्‍याएको थियो भने भदौ १४ गते आएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्लिकल सोसाइटीका प्राविधिकहरुको सहयोगमा ४ दिनसम्म द्रुत अध्ययन गरेको थियो । विज्ञहरुले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रुपमा सुझाव दिनुभएको थियो । विज्ञहरुबाट प्राप्त सुझावका अनुसार यही भदौ १९ गतेदेखि रुख कटान सुरु गरिएको थियो । त्यसपछि ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर ट्रयाक निर्माण गरिएको हो ।

 

यस काममा प्राविधिक सहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहनुभएको छ । फलस्वरुप काम सुरु भएको १०औँ दिन अर्थात भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारी साधन सञ्चालन भइसकेको छ । त्यसयता बिहान र बेलुका अत्यावश्यक यातायात आवतजावत भइरहेको छ ।हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । भोलिसम्म ग्राभेलको काम पूरा हुनेछ भने असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीले क्षति पुर्‍याएका त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुल मर्मत तीव्र

काठमाडौँ,३० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्यलाई सरकारले जारी राखेको छ।क्षतिग्रस्त भएका मध्ये १२ वटा झोलुङ्गे पुलहरूको

दमकमा आन्दोलनका बेला लुटिएका ३१ राउन्ड गोली फेला

दमक, २९भदौ । गत भदौ १५ गते जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली फेला पर्‍यो ।लागूऔषध नियन्त्रणका लागि इलाका प्रहरी

परराष्ट्र नीति राष्ट्रिय हित केन्द्रित छ : परराष्ट्रमन्त्री

काठमाडौं,३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध

‘नागरिकले दया होइन, सुरक्षित जीवन मागेका हुन्’ : सांसद खडक बुढा

काठमाडौं ,३० भदौ। नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ। मंगलबार

पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्। मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा