‘नागरिकले दया होइन, सुरक्षित जीवन मागेका हुन्’ : सांसद खडक बुढा

काठमाडौं ,३० भदौ। नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुढाले विशेषगरी नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने ताक्सुगाड अहिले नागरिकका लागि जोखिमको पर्याय बनेको बताउनु भयो।उहाँका अनुसार भदौ २९ गते ताक्सुगाडले बगाएर बारेकोट–४ का २६ वर्षीय रमेश सुनार बेपत्ता हुनु भएको छ। त्यसको तीन दिनअघि मात्रै नलगाड–११ का रतनबहादुर दमाईलाई पनि सोही खोलाले बगाएर बेपत्ता बनाएको उहाँले बताउनु भयो। यस्तै, नलगाड–१ र २ को सीमामा रहेको बाउला खोलाले घर तथा पसलमा ठूलो भौतिक क्षति पुर्‍याएको उहाँले जानकारी दिनु भयो।

 

बुढाले साउन ३० गते आएको बाढीले ताक्सुगाडमा चारवटा घर, झोलुङ्गे पुल र अस्थायी कजवे बगाउनुका साथै भेरी करिडोरमा समेत क्षति पुर्‍याएको बताउनु भयो। रोलीजिउलाको सिँचाइ नहर क्षतिग्रस्त हुँदा किसानको धानबालीसमेत प्रभावित भएको उहाँको भनाइ छ।उहाँले समस्या भौतिक क्षतिमा मात्रै सीमित नभई नागरिकको जीवन सुरक्षासँग जोडिएको बताउनु भयो। पुल बगेपछि नागरिक जोखिम मोलेर खोलाबाटै आवतजावत गर्न बाध्य भएको उल्लेख गर्दै उहाँले पक्की पुल निर्माणको ठेक्का भएको वर्षौँ बित्दा पनि काम सम्पन्न नहुनु गम्भीर विषय भएको बताउनु भयो।‘पक्की पुल निर्माणको ठेक्का भएको वर्षौँ बित्दा पनि काम सम्पन्न नहुनु अब सामान्य ढिलाइ होइन, नागरिकको जीवनसँग जोडिएको गम्भीर विषय हो,’ उहाँले भन्नु भयो।

 

बुढाले सरकारले तत्काल सुरक्षित वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्ने, पक्की पुल निर्माण अविलम्ब सम्पन्न गर्नुपर्ने तथा क्षतिको यथार्थ मूल्याङ्कन गरी पीडितलाई राहत र पुनर्निर्माणको व्यवस्था गर्नुपर्ने माग गर्नु भएको छ। बेपत्ता नागरिकहरूको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिनसमेत उहाँले सरकारको ध्यानाकर्षण गराउनु भएको छ। ‘नागरिकले सरकारसँग दया होइन, सुरक्षित जीवनको अधिकार मागेका हुन्। बाढी आएपछि उद्धार गर्ने होइन, बाढी आउनुअघि नै नागरिकलाई सुरक्षित बनाउने राज्यको राज्य चाहिएको छ’ उहाँले भन्नु भयो।यसैबीच, वैदेशिक रोजगारीका क्रममा ओमान पुगेकी जाजरकोटकी जेनिसा जैसीलाई त्यहाँ बन्धक बनाइएको भन्ने परिवारको भनाइ रहेको भन्दै बुढाले उनलाई तत्काल नेपाल फर्काउन आवश्यक पहल गर्न सरकारसँग माग गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीले क्षति पुर्‍याएका त्रिशूली–मुग्लिन करिडोरका झोलुङ्गे पुल मर्मत तीव्र

काठमाडौँ,३० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्यलाई सरकारले जारी राखेको छ।क्षतिग्रस्त भएका मध्ये १२ वटा झोलुङ्गे पुलहरूको

दमकमा आन्दोलनका बेला लुटिएका ३१ राउन्ड गोली फेला

दमक, २९भदौ । गत भदौ १५ गते जेनजी आन्दोलनका बेला इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ३१ राउन्ड गोली फेला पर्‍यो ।लागूऔषध नियन्त्रणका लागि इलाका प्रहरी

परराष्ट्र नीति राष्ट्रिय हित केन्द्रित छ : परराष्ट्रमन्त्री

काठमाडौं,३० भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध

‘नागरिकले दया होइन, सुरक्षित जीवन मागेका हुन्’ : सांसद खडक बुढा

काठमाडौं ,३० भदौ। नेपाली कांग्रेसका सांसद खडक बहादुर बुढाले जाजरकोटमा लगातार दोहोरिरहेको बाढीपहिरो र त्यसबाट नागरिकले भोगिरहेको मानवीय संकटप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको छ। मंगलबार

पूर्ण पहिचान खुलेका शव तत्काल परिवारलाई बुझाउन सांसद ओलीको माग

काठमाडौं,३० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गर्नु भएको छ्। मंगलबार

प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गर्नुभएको छ : ऐन महर

काठमाडौं,३० भदौ । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा