झापा, भदौ ३१ । आफ्नै घरमा लागूऔषध बेच्दै गर्दा कन्काईमा एक कारोबारी पक्राउ परेका छन् । गएराति १० बजे कन्काई वडा नं. ३ सुरुङ्गा बस्ने ३५ वर्षीय बादशाह भन्ने फियाज मोमिन आफ्नै घरमा लागूऔषध बेच्दै गर्दा पक्राउ परेका हुन् ।गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक रबि राईको कमाण्डमा खटिएको टोलीले उनको साथबाट प्लास्टिकसहित २५ ग्राम १० मिलिग्राम १३९ पोका ब्राउन सुगर फेला पारेको छ ।त्यस्तै नाइट्रोजन ६ पत्ता ६० पिस, नगद १२ हजार , एक थान डिजिटल तराजु र दुई थान मोबाइल पनि बरामद भएको छ । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सुरुङगामा ल्याइएको प्रहरीले जनाएको छछ ।

मलेसियाको म्यानपावर सिन्डिकेट विवाद : कूटनीतिक तहबाट समाधान खोज्दै सरकार
काठमाडौं , भदौ ३१। मलेसियाले श्रमिक भर्नाका लागि सीमित म्यानपावर कम्पनी मात्र छनोट गरेपछि देखिएको असमझदारी सुल्झाउन सरकारले कूटनीतिक पहल तीव्र पारेको छ।दुई देशबीचको औपचारिक








