हुम्लाको टोली ताक्लाकोटमा, अपराध नियन्त्रणदेखि व्यापार सहजीकरणसम्मको छलफल

सुर्खेत,३१ भदौ । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको ताक्लाकोट पुगेको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँको नेतृत्वमा सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिसहितको टोली स्थल मार्ग हुँदै चीनको पुराङ काउन्टीस्थित ताक्लाकोट पुगेको हो ।

पुराङ काउन्टीको स्थानीय प्रशासनको निमन्त्रणामा सीमा सुरक्षा सम्बन्धी अनौपचारिक छलफलमा सहभागी हुन नेपाली टोली ताक्लाकोट पुगेको प्रमुख जिल्ला अधिकारी गुरागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार चिनियाँ अधिकारीसँग छलफल भइरहेको छ । अन्य हिमाली जिल्लाका स्थानीय तहका प्रमुख समेत बैठकमा सहभागी भएका छन् ।

अपराध नियन्त्रणदेखि व्यापार सहजीकरणसम्म

छलफलमा नेपाल–चीन सीमा क्षेत्रमा हुनसक्ने अपराध तथा अवैध गतिविधि नियन्त्रण, सीमा क्षेत्रको शान्ति सुरक्षाको अवस्था, व्यापार सहजीकरण र सीमावर्ती हुम्लाका नागरिकको आवतजावतलगायत विषयमा छलफल भइरहेको छ ।

त्यसैगरी हुम्लाका सीमावर्ती नागरिकले गर्ने कैलाश मानसरोवर यात्रालाई सहज बनाउने विषयमा पनि चिनियाँ अधिकारीसँग छलफल हुने जनाइएको छ । सीमा क्षेत्रमा हुने आवतजावत तथा व्यापारिक गतिविधिलाई थप व्यवस्थित र सहज बनाउने विषयमा नेपाली पक्षले आफ्ना धारणा राख्नेछ। त्यस्तै सीमा क्षेत्रमा रहेका हिमतालका विशेष कुरा हुने भएको छ ।

नियमित समन्वय र सीमा बैठकमा जोड

छलफलका क्रममा नेपाल–चीन सीमा क्षेत्रमा आपसी समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत कुराकानी हुने बताइएको छ । सीमा सुरक्षासँग सम्बन्धित विषयमा दुवै पक्षबिच नियमित समन्वय तथा सीमा सुरक्षा बैठक आयोजना गर्नुपर्ने आवश्यकताबारे नेपाली पक्षले धारणा राख्नेछ ।

सीमावर्ती क्षेत्रका नागरिकको दैनिक आवतजावत, व्यापार तथा धार्मिक पर्यटनसँग जोडिएका विषयमा सहजीकरणका लागि स्थानीय तहमा दुई देशका अधिकारीबिच निरन्तर संवाद र समन्वय आवश्यक रहेको नेपाली पक्षको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक ६ मा वार्ड स्तरमै जेई विरुद्धको सचेतना, अब के गरिदैछ?

दमक,१ असोज ।दमक नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको ‘जापानीज इन्सेफलाइटिस विरुद्धको खोप अभियान २०८३’ लाई प्रभावकारी बनाउन वडा स्तरीय सरोकारवालाहरूका लागि दमक

फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

काठमाडौं ,१ असोज । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी

संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको कार्यक्रम र कार्यतालिका यस्तो

काठमाडौं,१ असोज । संयुक्त राष्ट्र संघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ । विहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र

उपचार खर्च अभावमा रोजिताको जीवन संकटमा, सरकारको एजेन्डा माथि प्रश्न

दमक , १ असोज ।‘खल्तीमा पैसा नभएको विपन्न नागरिकले स्वास्थ्य उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो।’ चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको यो

निजामती विधेयकको मस्यौदा तयार : अवकाश उमेर ६० वर्ष र ट्रेड युनियन खारेजीको प्रस्ताव

काठमाडौं , असोज १ ।  सरकारले संघीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई तीव्रता दिएको छ। विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श पर्खिरहेको छ।संघीय निजामती