जजरकोटका स्थानीयको प्रश्न ? कति जनाको ज्यान गएपछि बन्छ तासुगाडमा पुल ?

सुर्खेत,३१ भदौ । जाजरकोटको नलगाड नगरपालिका–१० र ११ को सीमामा पर्ने तासुगाड खोलामा कल्र्भट बगेको एक महिना पुगिसकेको छ । तर, खोलामा स्थायी पुल नहुँदा यात्रु र स्थानीय अझै जोखिम मोलेर वारपार गर्न बाध्य छन् ।

साउन २९ गते आएको बाढीले कल्र्भट र झोलुङ्गे पुल बगाएपछि भेरी करिडोरअन्तर्गतको यो खण्डमा आवतजावत थप जोखिमपूर्ण बनेको हो । सुरक्षित वारपारको विकल्प नहुँदा पैदल यात्रु, मोटरसाइकल तथा अन्य सवारीसाधन खोलाको अवस्था हेरेर जोखिम उठाउँदै वारपार गर्ने गरेका छन् ।

कजवे बगेको एक महिनाको अवधिमै तासुगाड खोलाले दुईजनालाई बगाएर बेपत्ता बनाइसकेको छ । सोमबार मोटरसाइकलमा सवार बारेकोट गाउँपालिका–४ का रमेश सुनारलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो । सुनारको खोजी भइरहेको छ ।

यसअघि नलगाड नगरपालिका–११ दम्काका ४६ वर्षीय रतनबहादुर दमाईलाई पनि सोही खोलाले बगाएर बेपत्ता बनाएको थियो । केही दिनअघि एक महिलालाई समेत खोलाले बगाउँदा स्थानीयले बीच खोलाबाट उद्धार गरेका थिए ।

तासुगाडमा स्थायी पुल नहुँदा वर्षायाममा सर्वसाधारणले जोखिम मोलेर खोला तर्नुपर्ने समस्या नयाँ होइन । यहाँ पुल निर्माणका लागि सम्बन्धित निकायले छ वर्षअघि नै ठेक्का सम्झौता गरेको थियो ।

भेरी करिडोर परियोजनाले २०७७ माघ २ गते तासुगाड सीमामा पर्ने माइदे खोला र तासुगाडतर्फका दुई पुल निर्माणका लागि रायमाझी–काराभान जेभीसँग करिब १३ करोड ५४ लाख ३८ हजार नौ सय रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार दुवै पुलको लम्बाइ एक सय–एक सय मिटर रहने र ३६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

तर, सम्झौताको म्याद सकिएको लामो समय बितिसक्दा पनि तासुगाडमा पुल निर्माण हुन सकेको छैन । स्थायी पुल बन्न नसक्दा स्थानीय र यात्रु वर्षायाममा अस्थायी संरचनाकै भरमा खोला वारपार गर्नुपर्ने बाध्यतामा छन् ।

कल्र्भट र झोलुङ्गे पुल बगेपछि झनै जोखिम

यसपटक बाढीले स्थायी पुलको विकल्पका रूपमा प्रयोग हुँदै आएको कल्र्भट र झोलुङ्गे पुलसमेत बगाएपछि समस्या झनै गम्भीर बनेको छ । कल्र्भट बगेपछि खोला तर्नुपर्ने यात्रुकालागि सुरक्षित वैकल्पीक संरचना छैन ।

भेरी करिडोर जाजरकोट, रुकुम पश्चिम हुँदै डोल्पासम्म जोडिने महत्वपूर्ण सडक हो । दैनिक यात्रु तथा सवारीसाधन आवतजावत गर्ने यो सडकखण्डमा एउटा पुल निर्माणमा भएको ढिलाइले वर्षायाममा आवतजावतलाई जोखिमपूर्ण बनाउँदै आएको छ ।

ठेक्का लागेको वर्षौं बितिसक्दा पनि पुल निर्माण अघि नबढ्नु र अस्थायी रूपमा प्रयोग हुँदै आएको संरचना पनि बाढीले बगाउनुका कारण अहिले यात्रुको ज्यान नै जोखिममा परेको छ । पछिल्ला घटनाले पुल निर्माणमा भएको ढिलाइको मानवीय मूल्यसमेत देखाएको छ ।

‘कति जना मानिसको मृत्यु भएपछि पुल बन्छ ?’

स्थायी पुल निर्माणमा भइरहेको ढिलाइप्रति स्थानीय आक्रोशित छन् । नलगाड नगरपालिका–११ का धनिराम ठकुरीले वर्षौंअघि ठेक्का लागेको पुल अहिलेसम्म नबन्नु दुःखद भएको बताए ।

‘ठेक्का लागेको यतिका वर्ष भइसक्यो, कजवे पनि बगिसक्यो। खोला तर्ने क्रममा मानिस बेपत्ता भइरहेका छन्’ उनले भने, ‘कति जना मानिसको मृत्यु भएपछि तासुगाडमा पुल बन्छ ?’

स्थानीयले अब अस्थायी संरचना निर्माण गरेर मात्र समस्या समाधान नहुने भन्दै ठेक्का लागेको स्थायी पुलको काम तत्काल अघि बढाउन माग गरेका छन् । उनीहरूले निर्माणमा भएको ढिलाइको कारण पहिचान गरी सम्बन्धित ठेकेदार तथा निकायलाई जिम्मेवार बनाउनसमेत माग गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक