वाणिज्य बैंकहरूले घटाए असोजको मुद्दति ब्याजदर

काठमाडौं ,३१ भदौ। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । केही बैंकले ब्याजदर स्थिर राखे पनि व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर भदौको तुलनामा घटेको छ ।असोजका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशतमा झरेको छन् । भदौमा यस्तो औसत दर ४.१३६ प्रतिशत थियो । यस्तै संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर पनि भदौको ३.०८१ प्रतिशतबाट घटेर असोजमा ३.०६६५ प्रतिशतमा सीमित भएको छ ।

 

बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा व्यक्तिगत मुद्दति निक्षेपतर्फ सबैभन्दा बढी ब्याज प्रभु बैंकले ४.५५ प्रतिशत दिने भएको छ । सानिमा, माछापुच्छ्रे र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ४.५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।नेपाल बैंक र कृषि विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ४.१५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.१० प्रतिशत तथा एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले ४ प्रतिशत ब्याजदर तोकेका छन् ।

 

नबिल बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.२५ प्रतिशतमा झारेको छ । भदौमा बैंकले ४.५५ प्रतिशत ब्याज दिएको थियो । एभरेस्ट बैंकले पनि व्यक्तिगत निक्षेपको दर घटाएर ३.५० प्रतिशतमा झारेको छ । भदौमा उक्त दर ४.०५ प्रतिशत थियो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ३.७५ प्रतिशतमा झारेको छ । भदौमा ३.८ प्रतिशत थियो । कुमारी बैंकले पनि यस्तो ब्याजदर ३.७६ प्रतिशतबाट घटाएर ३.७३ प्रतिशतमा ल्याएको छ ।संस्थागत मुद्दति निक्षेपतर्फ सानिमा बैंकले सबैभन्दा बढी ३।५१ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल बैंक, सानिमा, एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतले २.७५ देखि ३.५१ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् ।

 

बैंकहरूले असोजमा व्यक्तिगत निक्षेपको ब्याजदरमा गरेको कटौतीले बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जाको माग कमजोर रहेको संकेत गर्छ । कर्जाको माग अपेक्षित रूपमा बढ्न नसक्दा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ । यस्तो अवस्थामा निक्षेप तान्न ब्याजदर बढाउने प्रतिस्पर्धा कमजोर भएको देखिन्छ ।असोजमा धेरै बैंकले ब्याजदर स्थिर राखेका छन् भने केहीले व्यक्तिगत मुद्दति निक्षेपको दर घटाएका छन् । संस्थागत निक्षेपको दरमा भने तुलनात्मक रूपमा कम परिवर्तन भएको छ ।बैंकहरूले हरेक महिनाको सुरुवातअघि मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गर्दै आएका छन् । असोजका लागि सार्वजनिक दरअनुसार व्यक्तिगत निक्षेपमा बैंकअनुसार ब्याजदरमा अन्तर देखिए पनि समग्र औसत दर भने घटेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक ६ मा वार्ड स्तरमै जेई विरुद्धको सचेतना, अब के गरिदैछ?

दमक,१ असोज ।दमक नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको ‘जापानीज इन्सेफलाइटिस विरुद्धको खोप अभियान २०८३’ लाई प्रभावकारी बनाउन वडा स्तरीय सरोकारवालाहरूका लागि दमक

फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

काठमाडौं ,१ असोज । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी

संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको कार्यक्रम र कार्यतालिका यस्तो

काठमाडौं,१ असोज । संयुक्त राष्ट्र संघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ । विहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र

उपचार खर्च अभावमा रोजिताको जीवन संकटमा, सरकारको एजेन्डा माथि प्रश्न

दमक , १ असोज ।‘खल्तीमा पैसा नभएको विपन्न नागरिकले स्वास्थ्य उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो।’ चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको यो

निजामती विधेयकको मस्यौदा तयार : अवकाश उमेर ६० वर्ष र ट्रेड युनियन खारेजीको प्रस्ताव

काठमाडौं , असोज १ ।  सरकारले संघीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई तीव्रता दिएको छ। विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श पर्खिरहेको छ।संघीय निजामती