प्रधानमन्त्री र अमेरिकी कार्यवाहक राजदूत बीच भेटवार्ता

काठमाडौं ,३१ भदौ । प्रधानमन्त्री बलेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा आज शिष्टाचार भेटवार्ता गर्नु भएको छ । सो अवसरमा प्रधानमन्त्रीले विपद्‍को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता तथा सहयोगका लागि हार्दिक आभार व्यक्त गर्नु भएको छ।

 

भेटवार्ताका क्रममा प्रधानमन्त्रीले विपद्का कारण नेपालीसँगै विदेशी नागरिकसमेत प्रभावित भएको बताउनु भयो। उहाँले जलवायु परिवर्तनको असरस्वरुप यस घटनाको सामना गर्नुपरेको समेत बताउनु भयो । साथै, उहाँले जलवायुजन्य विपद् जोखिम न्यूनीकरण तथा यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिनु भयो ।यसैगरी, नेपालको विशिष्ट पर्यटन सम्भावना तथा पर्यटन क्षेत्रको विकासमार्फत पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूबारे चर्चा गर्दै प्रधानमन्त्रीले अमेरिकी लगानीको नेपालले सधैँ स्वागत गर्ने बताउनु भयो ।

 

भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गर्नु भयो । उहाँले यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको उल्लेख गर्दै राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारी गराउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक ६ मा वार्ड स्तरमै जेई विरुद्धको सचेतना, अब के गरिदैछ?

दमक,१ असोज ।दमक नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको ‘जापानीज इन्सेफलाइटिस विरुद्धको खोप अभियान २०८३’ लाई प्रभावकारी बनाउन वडा स्तरीय सरोकारवालाहरूका लागि दमक

फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

काठमाडौं ,१ असोज । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी

संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको कार्यक्रम र कार्यतालिका यस्तो

काठमाडौं,१ असोज । संयुक्त राष्ट्र संघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ । विहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र

उपचार खर्च अभावमा रोजिताको जीवन संकटमा, सरकारको एजेन्डा माथि प्रश्न

दमक , १ असोज ।‘खल्तीमा पैसा नभएको विपन्न नागरिकले स्वास्थ्य उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो।’ चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको यो

निजामती विधेयकको मस्यौदा तयार : अवकाश उमेर ६० वर्ष र ट्रेड युनियन खारेजीको प्रस्ताव

काठमाडौं , असोज १ ।  सरकारले संघीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई तीव्रता दिएको छ। विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श पर्खिरहेको छ।संघीय निजामती