विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन

काठमाडौं ,३१ भदौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा मन्त्रालयले राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशालाको पुनस्र्थापना तथा पूर्वचेतावनी प्रणाली विकाससम्मका काम गरिरहेको बताउनु भयो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री पुनले विदेशबाट प्राप्त राहत सामग्री बुझ्ने र सम्बन्धित क्षेत्रमा पुर्याउने काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार राहत सामग्री बोकेका जहाजबाट दैनिक दुई–तीन ट्रिपसम्म सामग्री आइरहेको छ ।

मन्त्री पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मन्त्रालयका राष्ट्रसेवक कर्मचारीले तलबबाट योगदान गरिरहेको पनि बताउनु भयो । उहाँका अनुसार श्रेणीविहीन कर्मचारीबाट दुई दिन, राजपत्र अनंकित वा सोसरहका कर्मचारीबाट पाँच दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट सात दिन तथा राजपत्रांकित प्रथम र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको छ ।

विपद्पछि बेपत्ता तथा मृतकको पहिचानका लागि डीएनए परीक्षणको काम राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट भइरहेको उहाँले बताउनु भयो । नास्टमा दैनिक करिब ४० देखि ५० वटा नमुनाको परीक्षण भइरहेको र यसमा नेपाली तथा चिनियाँ प्राविधिक टोली संलग्न रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हालसम्म मृतकका १ हजार ५६२ वटा डीएनए परीक्षणका नमुना प्राप्त भएको मन्त्री पुनले जानकारी दिए । त्यस्तै, बुटवलमा बेपत्ता व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन तथा परीक्षणका लागि ९८ जनाको प्रक्रिया अघि बढाइएको उहाँले बताउनु भयो ।

डीएनए परीक्षणमा सहयोग गर्न भारतबाट नौ जना विशेषज्ञ आएको र चीनबाट १५ जनाको टोली खटिएको पनि मन्त्री पुनले जानकारी दिनु भयो । चिनियाँ टोलीले नास्ट तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नेपाली प्राविधिकसँग मिलेर काम गरिरहेको उहाँले बताउनु भयो ।

त्यस्तै, नास्टबाट साना सौर्य बत्ती एसेम्बल गरी विभिन्न स्थानमा पठाउने काम पनि भइरहेको मन्त्री पुनले बताउनु भयो ।

आगामी दिनमा वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मतसम्भार, पुनस्र्थापना र आवश्यक सहयोगलाई प्राथमिकता दिने योजना रहेको उहाँले बताउनु भयो । विपद् आएपछि केही समय मात्रै सक्रिय हुने र पछि पूर्वाधार तथा तयारी बिर्सने प्रवृत्ति अन्त्य गर्दै प्रयोगशाला तथा मापन केन्द्रलाई नियमित रूपमा सञ्चालनयोग्य अवस्थामा राख्ने योजना रहेको उहाँको भनाइ छ ।

मन्त्री पुनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) तथा भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तयारीसमेत भइरहेको छ । विपद्को अवस्थाबारे वास्तविक समयमै पूर्वानुमान तथा निगरानी गर्न सकिने ‘सिचुएसन रुम’ स्थापना गर्ने विषयमा पनि छलफल भइरहेको उहाँले बताउनु भयो ।

विपद् व्यवस्थापनमा ड्रोन तथा रोबोटिक्सको उपयोगिता देखिएको भन्दै मन्त्री पुनले भविष्यमा नेपालमै ड्रोन उत्पादन गर्ने सम्भावनाबारे पनि काम अघि बढाइने बताउनु भयो । हाल चीन र संयुक्त अरब इमिरेट्स (यूएई)बाट ८० देखि १०० किलोग्रामसम्म भार बोक्न सक्ने ड्रोन सहयोगका रूपमा प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्ता ड्रोन खरिद गर्दा महँगो पर्ने भएकाले दीर्घकालीन रूपमा नेपालमै उत्पादन गर्न सकिने सम्भावनाबारे मन्त्रालयले काम गर्ने उहाँको भनाइ छ ।

मन्त्री पुनले हिमताल विस्फोट, पहिरो तथा भूकम्प मापनलगायतका विषयमा अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै त्यसको व्यावहारिक प्रयोगका लागि तयारी अवस्थामा लैजाने काम पनि भइरहेको बतानु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक ६ मा वार्ड स्तरमै जेई विरुद्धको सचेतना, अब के गरिदैछ?

दमक,१ असोज ।दमक नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको ‘जापानीज इन्सेफलाइटिस विरुद्धको खोप अभियान २०८३’ लाई प्रभावकारी बनाउन वडा स्तरीय सरोकारवालाहरूका लागि दमक

फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

काठमाडौं ,१ असोज । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी

संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको कार्यक्रम र कार्यतालिका यस्तो

काठमाडौं,१ असोज । संयुक्त राष्ट्र संघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ । विहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र

उपचार खर्च अभावमा रोजिताको जीवन संकटमा, सरकारको एजेन्डा माथि प्रश्न

दमक , १ असोज ।‘खल्तीमा पैसा नभएको विपन्न नागरिकले स्वास्थ्य उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो।’ चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको यो

निजामती विधेयकको मस्यौदा तयार : अवकाश उमेर ६० वर्ष र ट्रेड युनियन खारेजीको प्रस्ताव

काठमाडौं , असोज १ ।  सरकारले संघीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई तीव्रता दिएको छ। विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श पर्खिरहेको छ।संघीय निजामती