मोरङ सीमाबाट ७ हजार ब्रोइलर चल्ला बरामद

मोरङ, ३१ भदौ ।भारतबाट चोरबाटो हुँदै नेपालतर्फ ल्याइँदै गरेको सात हजार ब्रोइलर चल्ला मोरङमा बरामद भएको छ सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिक्टी मोरङबाट खटिएको टोलीले बुधबार बिहान करिब २ः५० बजे सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित सीमा क्षेत्रबाट चल्ला बरामद गरेको हो । रातको अँध्यारोमा धानखेतको आली समातेर १४ वटा भार बनाएर भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा प्रहरीले चल्ला बरामद गरेको जनाएको छ । प्रहरी टोलीलाई देखेपछि चल्ला ल्याउने व्यक्तिहरू भारततर्फ फरार भएका थिए ।

सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा १४० कार्टुन चल्ला बरामद गरेको थियो । ती कार्टुनमा सात हजारवटा ब्रोइलरका चल्ला रहेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीले बताउनु भयो ।उहाँका अनुसार बरामद चल्लाको अनुमानित मूल्य करिब सात लाख रुपैयाँ रहेको छ । बरामद चल्ला क्वारेन्टाइन, कुखुरा व्यवसायी तथा जनप्रतिनिधिलगायतको उपस्थितिमा नष्ट गरिने उहाँले बताउनु भयो ।भारतबाट चोरबाटो हुँदै कुखुरा तथा चल्ला भित्रिने समस्या मोरङमा नयाँ भने होइन । केही वर्षयता यस क्षेत्रमा भारतीय कुखुरा, चल्ला तथा कुखुराजन्य वस्तु अवैध रूपमा भित्रिने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।

 

सुनसरीको इटहरीका पोल्ट्री व्यवसायी रमेश थापाका अनुसार भारतबाट अवैध रूपमा तयारी कुखुरा र चल्ला भित्रिँदा नेपाली किसान तथा व्यवसायी प्रत्यक्ष प्रभावित हुँदै आएका छन् । भारतबाट सस्तोमा कुखुरा तथा चल्ला ल्याएर बजारमा बिक्री गर्दा नेपालमा उत्पादन गर्ने किसानले लागतअनुसारको मूल्य पाउनसमेत कठिन हुने उहाँले बताउनु भयो ।‘भारतसँग कुनै पनि किसिमले प्रतिस्पर्धा गर्न सकिँदैन । खुला सीमाको फाइदा उठाउँदै तस्करीमा संलग्नहरूले सस्तोमा कुखुरा र चल्ला भित्र्याएर बजारसम्म पुर्‍याउँदा नेपाली किसान र व्यवसायी संकटमा परेका छन्,’ थापाले भन्नु भयो ।उहाँका अनुसार अवैध आयातले किसान, ह्याचरी, दाना उद्योग, कुखुरा व्यापारी र मासु व्यवसायसम्म असर पारिरहेको छ । सीमा क्षेत्रमा निगरानी प्रभावकारी बनाउन र अवैध आयात नियन्त्रण गर्न व्यवसायीले सरकारसँग पटकपटक माग गर्दै आएका छन ।

 

भारतबाट अनौपचारिक बाटो हुँदै चल्ला भित्र्याउँदा आर्थिक प्रतिस्पर्धासँगै पशु स्वास्थ्यको जोखिमसमेत हुने बताइएको छ । पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ र नियमावली, २०५६ अनुसार आयात गरिने पशु, पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्रीको क्वारेन्टाइन जाँच गर्नुपर्ने व्यवस्था छ ।विराटनगरस्थित पशु क्वारेन्टाइन कार्यालयले जोगबनी, भण्टाबारी र माडर नाकाबाट नेपाल भित्रिने पशु तथा पशुजन्य सामग्रीको स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइन प्रमाणपत्र दिने गर्छ । तर खेतका आली, सहायक बाटो तथा अन्य अनौपचारिक बाटोबाट चल्ला भित्र्याउँदा स्वास्थ्य परीक्षण र क्वारेन्टाइन प्रक्रिया पूरा नहुने भएकाले पशुपन्छीजन्य संक्रामक रोगको जोखिम बढ्न सक्ने व्यवसायीको भनाइ छ ।

मोरङमा एकैपटक सात हजार चल्ला बरामद हुनु सीमा क्षेत्रमा भइरहेको अवैध कारोबारको एउटा उदाहरण मात्र हुन सक्ने थापाले बताउनु भयो । उहाँले सीमा क्षेत्रमा नियमित निगरानी, क्वारेन्टाइन प्रक्रियाको प्रभावकारी कार्यान्वयन तथा अवैध आयातको स्रोतसम्म पुग्ने अनुसन्धानलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोरङ–३ को वर्षौँदेखिको जग्गा विवाद तीन चरणमा समाधान गरिने : सांसद गणेश कार्की

काठमाडौँ , भदौ ३१ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद गणेश कार्कीले आफ्नो क्षेत्रमा वर्षौँदेखि बल्झिँदै आएको जग्गाको किचलोलाई तीन चरणमा समाधान गर्ने

मलेसियाको म्यानपावर सिन्डिकेट विवाद : कूटनीतिक तहबाट समाधान खोज्दै सरकार

काठमाडौं , भदौ ३१। मलेसियाले श्रमिक भर्नाका लागि सीमित म्यानपावर कम्पनी मात्र छनोट गरेपछि देखिएको असमझदारी सुल्झाउन सरकारले कूटनीतिक पहल तीव्र पारेको छ।दुई देशबीचको औपचारिक

महोत्तरीमा युवकको हत्या गरी सेफ्टी ट्याङ्कीभित्र टुक्राटुक्रा पारिएको शव फेला

काठमाडौँ , भदौ ३१ । महोत्तरीको बलवा नगरपालिका–७ बनौटामा शौचालयको सेफ्टी ट्यांकीभित्र एक युवकको शव फेला परेको छ ।मृतक भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय

विपद् व्यवस्थापनका लागि प्रधानमन्त्रीले दल र विज्ञहरूसँग छलफल गर्नुपर्छ : माधवकुमार नेपाल

काठमाडौं , भदौ ३१ । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले प्रधानमन्त्रीले विभिन्न राजनीतिक दल र विज्ञहरूसँग छलफल गरी विपद् व्यवस्थापनका लागि आवश्यक निर्णय

पावरहाउसभित्र चार जनाको शव फेला ,पहिचान खुल्न

रसुवा,३१ भदौ । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेको छ। आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी तथा उद्धार गर्ने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारले युद्धस्तरमा काम गरिरहेको छ : रवि लामिछाने

काठमाडौं , भदौ ३१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको काम