२५ सदस्यीय समिति गठन

रसुवा ३१ भदौ। भोटेकोशी बाढीबाट रसुवामा भएको मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन गर्न २५ सदस्यीय तथ्याङ्क मूल्याङ्कन समिति गठन गरिएको छ। समितिलाई एक महिनाभित्र प्रारम्भिक क्षतिको विवरण सङ्कलन गर्ने जिम्मेवारी दिइएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेको अध्यक्षतामा मंगलबार बसेको बैठकले जिल्ला समन्वय अधिकारी राजेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरेको हो। समितिको सदस्यसचिवमा सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी छन्।

समितिमा सडक सुधार आयोजना, सहरी विकास तथा भवन निर्माण आयोजना, रसुवा भन्सार कार्यालय, सुरक्षा निकाय, नापी, भूमि प्रशासन, जलविद्युत् आयोजना, नेपाल इन्टरमोडललगायत २५ सरकारी तथा गैरसरकारी निकायका प्रमुख वा प्रतिनिधि सदस्य छन्।
सङ्कलित तथ्याङ्कका आधारमा राहत, पुनःस्थापना तथा पुनर्निर्माणका थप प्रक्रिया अघि बढाइने जनाइएको छ।

स्थानीय तहका भवन पुनःस्थापनाको तयारी

बाढीले स्याफ्रुबेँसीस्थित गोसाइँकुण्ड गाउँपालिकाको भवन बगाएपछि नियमित सेवा सञ्चालनका लागि रसुवा भूसंरक्षण कार्यालयको खाली भवन प्रयोग गर्ने निर्णय गरिएको छ।
त्यस्तै, बेत्रावतीको खाल्टेमा बाढीले उत्तरगया गाउँपालिकाको भवन बगाएपछि नयाँ भवन निर्माणका लागि बेत्रावतीमाथिको सामुदायिक वन क्षेत्रमा आवश्यक प्रक्रिया अघि बढाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा विपद्सम्बन्धी कामका लागि निजी कम्पनीका हेलिकप्टर आवश्यक परे सम्बन्धित संघसंस्था वा व्यक्तिको लिखित अनुरोधका आधारमा रसुवा उडानको अनुमति लिन सहजीकरण गरिने प्रशासनले जनाएको छ।

बेलीब्रिज जडान गर्न नागरिक समाजको माग

यसैबीच, रसुवा नागरिक समाजले बाढीले क्षति पुर्‍याएका रसुवा–नुवाकोट सीमास्थित बेत्रावतीको फलाखुखोला, स्याफ्रुबेँसीको भोटेकोशी तथा रोङ्गा खोलामा यथाशीघ्र बेलीब्रिज जडान गर्न माग गरेको छ।
सडक तथा पैदलमार्गको सञ्जाल पुनः जोड्न ती स्थानमा बेलीब्रिज निर्माणको काम तीव्र बनाउन नागरिक समाजले आग्रह गरेको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाल सुधार गृहको सुधार र पोषण भत्ता वृद्धिको माग

काठमाडौं ,३१ भदौ। कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद समीक्षा बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाको पोषण

सरकार आफैं नगर्ने, अरूलाई पनि गर्न नदिने अवस्था आयो’ : सांसद आरेन राई

काठमाडौं ,३१ भदौ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले रसुवा लगायत भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको बताउनु भएको छ।

विपद् व्यवस्थापनमा सरकारको भूमिका माथि सांसद राईको प्रश्न

काठमाडौं,३१ भदौ । नेपाली कांग्रेसका सांसद निष्कल राईले प्राकृतिक विपद्को व्यवस्थापन, सरकारको कार्यशैली, सुशासन, कानुनी शासन तथा मुलुकको आर्थिक भविष्यबारे सरकारसँग प्रश्न गर्नु भएको छ।

दमकमा पहिलो प्रदेशस्तरीय भेट्रान च्यालेन्ज कप हुँदै

दमक,३१ भदौ ।दमकमा कोशी प्रदेश जिल्ला स्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप–२०८३ आयोजना हुने भएको छ।दमक भेट्रान क्लबको आयोजनामा असोज १५ गतेदेखि ६ दिनसम्म प्रतियोगिता

 दमकमा ५६ हजार नागरिकलाई खोपः तर कति छ तयारी?

दमक, ३१ भदौ । झापामा जापानिज इन्सेफ्लाइटिस अर्थात् मस्तिष्क ज्वरोको संक्रमण र यसबाट हुने मृत्युका घटना बढिरहेका छन्। जोखिम न्यूनीकरणका लागि सरकारले असोज ५ गतेदेखि

अध्यागमन सेवा प्रविधिमैत्री बन्दै : मोबाइल एपमै उपलब्ध हुनेछ डिजिटल राहदानी र नेपाली भिसा

काठमाडौं , भदौ ३१ । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने तयारी गरेको