झापामा जेईको जोखिम बढ्दै

 दमकमा ५६ हजार नागरिकलाई खोपः तर कति छ तयारी?

दमक, ३१ भदौ । झापामा जापानिज इन्सेफ्लाइटिस अर्थात् मस्तिष्क ज्वरोको संक्रमण र यसबाट हुने मृत्युका घटना बढिरहेका छन्। जोखिम न्यूनीकरणका लागि सरकारले असोज ५ गतेदेखि झापाका १५ वटै स्थानीय तहमा विशेष खोप अभियान सञ्चालन गर्दैछ। तर प्रश्न छ, संक्रमणको उच्च जोखिममा रहेको झापाको दमक नगरपालिका अभियानका लागि कति तयार छ?

स्वास्थ्य कार्यालय झापाका अनुसार पछिल्लो विवरणमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसका १३ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा चार महिला र दुई पुरुष छन्। यसअघि भदौ २१ गतेसम्म गरिएको परीक्षणमा पन्चनवे जनामा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोमका लक्षण देखिँदा १२ जनामा जेई पुष्टि भएको थियो।

 

संक्रमण र मृत्युदर बढेपछि झापालाई कोशी प्रदेशका उच्च जोखिमयुक्त क्षेत्रमध्ये राख्दै सरकारले पहिलो चरणमा विशेष खोप अभियान सञ्चालन गर्न लागेको हो।असोज ५ देखि १९ गतेसम्म चल्ने अभियानमा झापाका १५ वटै स्थानीय तहका ३० वर्षमाथिका करिब ४ लाख तिरनवे हजार ३ सय १९ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।

 

यही अभियानअन्तर्गत दमक नगरपालिकामा मात्रै ३० वर्षमाथिका छपन्न हजार ७ सय २८ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ।अभियानलाई प्रभावकारी बनाउन दमकमा पालिका खोप समन्वय समिति तथा सरोकारवालाका लागि अभिमुखीकरण समेत गरिएको छ।

 

दमकका लागि चुनौती केवल छपन्न हजारभन्दा बढी नागरिकलाई खोप लगाउनु मात्रै होइन। लक्षित सबै नागरिकसम्म सूचना पु¥याउने, खोप केन्द्रमा नागरिकको पहुँच सहज बनाउने र अभियानका क्रममा कुनै लक्षित व्यक्ति छुट्न नदिने विषय पनि उत्तिकै महत्वपूर्ण छन्।झापाका अन्य स्थानीय तहमा प्रत्येक वडामा खोप केन्द्र स्थापना गर्ने तथा महिला स्वास्थ्य स्वयंसेविका र खोपकर्मी परिचालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ। एक स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन गर्ने तयारी छ।

 

अब दमकको तयारी कस्तो छ भन्ने प्रश्नमा नगरपालिकाले आवश्यक समन्वय र सहकार्यसहित अभियान सफल बनाउने जनाएको छ।जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट सर्न सक्ने गम्भीर रोग हो। संक्रमण भएपछि मस्तिष्कमा असर पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि खोपसँगै लामखुट्टेको टोकाइबाट बच्ने उपाय पनि महत्वपूर्ण मानिन्छ।स्वास्थ्य अधिकारीहरूले घरवरपर पानी जम्न नदिने, झुल प्रयोग गर्ने तथा विशेषगरी साँझ र बिहान लामखुट्टेको टोकाइबाट जोगिन आग्रह गरेका छन्।

झापामा संक्रमण र मृत्युका घटना बढिरहेका बेला असोज ५ गतेदेखि सुरु हुने अभियानले दमकका छपन्न हजार ७ सय २८ नागरिकलाई समेट्ने लक्ष्य राखेको छ। अब अभियानको सफलता भनेको लक्ष्य घोषणा गर्नुमा होइन, लक्षित नागरिकमध्ये कति जनाले वास्तवमै खोप पाए भन्नेमा निर्भर हुनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसको वडा अधिवेशन नसर्ने, असोज ३ मै हुने

काठमाडौं,३१ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट पारेको छ । सामाजिक

उद्धार र पुनर्निर्माणका कामबारे सर्वदलीय समीक्षा, उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं,३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता जगदीश खरेलले भोटेकोशी बाढीपछि भइरहेको खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामबारे गहन समीक्षा भएको बताउनु

‘ग्यास नपाइने, कालोबजारी मौलाउने स्थिति राज्यको लाचारी हो’ : सांसद केसीको माग

काठमाडौं ,३१ भदौ। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र बजारमा बढ्दो महँगीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ।बुधबार

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक

काठमाडौं,३१ भदौ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकका निर्णय सार्वजनिक

बाल सुधार गृहको सुधार र पोषण भत्ता वृद्धिको माग

काठमाडौं ,३१ भदौ। कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद समीक्षा बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाको पोषण

सरकार आफैं नगर्ने, अरूलाई पनि गर्न नदिने अवस्था आयो’ : सांसद आरेन राई

काठमाडौं ,३१ भदौ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले रसुवा लगायत भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको बताउनु भएको छ।