विपद् व्यवस्थापनमा सरकारको भूमिका माथि सांसद राईको प्रश्न

काठमाडौं,३१ भदौ । नेपाली कांग्रेसका सांसद निष्कल राईले प्राकृतिक विपद्को व्यवस्थापन, सरकारको कार्यशैली, सुशासन, कानुनी शासन तथा मुलुकको आर्थिक भविष्यबारे सरकारसँग प्रश्न गर्नु भएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि राज्यको उपस्थिति पीडित नागरिकले कहिले महसुस गर्ने भन्ने प्रश्न उठाउनु भयो। उहाँले विपद्को समयमा राज्य कहाँ हुन्छ र राज्य उपस्थित भएको अनुभूति पीडित नागरिकले कहिले गर्ने भन्ने विषय गम्भीर रहेको बताउनु भयो ।

 

राईले विपद्को प्रारम्भिक अवस्थामा प्रधानमन्त्रीको नेतृत्व र सरकारको प्रभावकारी हस्तक्षेप पर्याप्त नदेखिएको दाबी गर्नु भएको छ। उद्धार, राहत र वितरणमा देखिएको अस्तव्यस्ततालाई व्यवस्थित गर्न सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो । उहाँले विपद् व्यवस्थापनलाई उद्धार र राहतमा मात्र सीमित गर्न नहुने बताउनु भयो । विपद् आउनुअघि पूर्वसूचना प्रणाली, जोखिम पहिचान, स्थानीय तहसँगको पूर्वतयारी, नदी प्रणालीको निगरानी तथा उच्च जोखिममा रहेका बस्तीको व्यवस्थापनबारे समेत सरकारले जवाफ दिनुपर्ने उहाँले बताउनु भयो ।‘विपद् आएपछि के गर्ने भन्ने मात्र होइन, विपद् आउनुअघि के गरियो भन्ने प्रश्नको उत्तर पनि सरकारले दिनुपर्छ,’ राईले भन्नु भयो।

 

बाढीबाट घर, जग्गा, सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था तथा विद्युत् आयोजनामा क्षति पुगेको उल्लेख गर्दै उहाँले प्रभावित नागरिकको दीर्घकालीन पुनस्र्थापनाका लागि स्पष्ट योजना आवश्यक रहेको बताउनु भयो।सुरक्षित स्थानमा आवास, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा अन्य पूर्वाधार पुनर्निर्माणसँगै मनोसामाजिक सहयोगको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो ।राईले बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि उपलब्ध स्रोतसाधन तथा प्रविधिको प्रयोगमा सरकारको भूमिकाबारे पनि प्रश्न उठाउनु भयो । प्रभावित क्षेत्रमा प्रस्तावित सहायता अस्वीकार गरिएको भन्ने विषयमा समेत उहाँले सरकारसँग स्पष्टीकरण माग्नु भयो ।

 

नेपाली कांग्रेसले विपद्को सुरुवाती दिनदेखि सरकारलाई ‘अनकन्डिसनल सपोर्ट’ गरेको उल्लेख गर्दै राईले नागरिकको दुःखमा सत्तापक्ष र प्रतिपक्षको विभाजन नहुने बताउनु भयो । यद्यपि, सरकारलाई साथ दिँदैमा नागरिकप्रतिको आफ्नो जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने उहाँको भनाइ थियो ।उहाँले प्रभावित नागरिकको स्वास्थ्य अवस्थाप्रति समेत सरकार गम्भीर हुनुपर्ने बताउनु भयो । स्वच्छ खानेपानी र सरसफाइको अभाव, सङ्क्रामक रोग, खाद्य सङ्कट तथा मानसिक स्वास्थ्यका समस्यालाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालय, स्थानीय तह र सम्बन्धित निकायबीच एकीकृत योजना आवश्यक रहेको उहाँले बताउनु भयो ।राईले बाढीपछि महँगी र आपूर्ति व्यवस्थामा देखिएको समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । ग्यास तथा दैनिक उपभोग्य वस्तुको सहज उपलब्धता, मूल्यवृद्धि नियन्त्रण र कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणका लागि सरकारले तत्काल योजना ल्याउनुपर्ने उहाँको माग थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसको वडा अधिवेशन नसर्ने, असोज ३ मै हुने

काठमाडौं,३१ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट पारेको छ । सामाजिक

उद्धार र पुनर्निर्माणका कामबारे सर्वदलीय समीक्षा, उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं,३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता जगदीश खरेलले भोटेकोशी बाढीपछि भइरहेको खोजी तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका कामबारे गहन समीक्षा भएको बताउनु

‘ग्यास नपाइने, कालोबजारी मौलाउने स्थिति राज्यको लाचारी हो’ : सांसद केसीको माग

काठमाडौं ,३१ भदौ। नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र बजारमा बढ्दो महँगीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको छ।बुधबार

मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक

काठमाडौं,३१ भदौ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकका निर्णय सार्वजनिक

बाल सुधार गृहको सुधार र पोषण भत्ता वृद्धिको माग

काठमाडौं ,३१ भदौ। कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा की सांसद समीक्षा बास्कोटाले बाल सुधार गृहमा रहेका बालबालिकाको पोषण

सरकार आफैं नगर्ने, अरूलाई पनि गर्न नदिने अवस्था आयो’ : सांसद आरेन राई

काठमाडौं ,३१ भदौ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले रसुवा लगायत भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको बताउनु भएको छ।