सरकार आफैं नगर्ने, अरूलाई पनि गर्न नदिने अवस्था आयो’ : सांसद आरेन राई

काठमाडौं ,३१ भदौ। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले रसुवा लगायत भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको बताउनु भएको छ। उहाँले विपद्का बेला सरकार संवेदनशील र गम्भीर भएर तत्काल परिचालन हुनुपर्नेमा जोड दिनु भएको छ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले बाढीपछि आफू र आफ्नो पार्टीको टोली प्रभावित क्षेत्रमा पुगेर स्थलगत रूपमा उद्धार तथा राहतको अवस्था अवलोकन गरेको बताउनु भयो। उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा विभिन्न संघसंस्थाले गरेको प्रयासको उहाँले प्रशंसा गर्दै धन्यवादसमेत दिनु भयो ।

 

राईले विपद्को सुरुवाती अवस्थामा सरकारले उद्धार कार्यमा ढिलाइ गरेको आरोप लगाउनु भयो । उहाँका अनुसार प्रभावित क्षेत्रमा उद्धारका लागि सुरक्षा निकाय, युवा, पूर्वसुरक्षाकर्मी, विज्ञ टोली तथा सहयोग गर्न चाहने संघसंस्थालाई प्रभावकारी रूपमा परिचालन गर्न सकिएको छैन ।उहाँले बेत्रावती क्षेत्रमा विदेशी विज्ञ टोली उद्धारका लागि उपलब्ध भए पनि सम्बन्धित निकायबीचको समन्वय र अनुमति प्रक्रियाका कारण उनीहरूको उपकरण तत्काल प्रयोग गर्न कठिनाइ भएको बताउनु भयो ।‘सरकार आफैं नगर्ने र अरूलाई पनि गर्न नदिने अवस्था थियो,’ राईले भन्नु भयो, ‘सहयोग गर्छु भनेर आउनेलाई सरकारले सहयोग गर्न दिनुपर्छ ।’

 

उहाँले विपद्का बेला ‘वान–डोर प्रणाली’का नाममा उद्धार तथा राहतमा अनावश्यक अवरोध सिर्जना गर्न नहुने बताउनु भयो । संकटका बेला पार्टी, सत्ता र प्रतिपक्षभन्दा माथि उठेर सबै नागरिकले मिलेर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।राईले आफूहरू पुगेका कतिपय बाढी प्रभावित क्षेत्रमा सुरुवाती दिनमा राहत सामग्रीसमेत नपुगेको बताउनु भयो । बेत्रावतीबाट रसुवातर्फ पैदल जाँदा कतिपय स्थानमा मानिसहरू होल्डिङ सेन्टरमा बसे पनि पर्याप्त राहत उपलब्ध नभएको उहाँले दाबी गर्नु भयो।आफूहरूले प्रभावित क्षेत्रको अवस्था सार्वजनिक गरेपछि भोलिपल्टदेखि राहत सामग्री बोकेका गाडीहरू पुगेको उहाँले बताउनु भयो । पहुँच कठिन भएका क्षेत्रमा राहत पुर्याउन स्थानीय प्रशासनसँग समन्वय गरी आफूहरूले समेत पहल गरेको राईले जानकारी दिनु भयो ।उहाँले विपद्का बेला सरकार, राजनीतिक दल, सांसद तथा नागरिक सबैले साझा जिम्मेवारीका रूपमा काम गर्नुपर्ने बताउनु भयो । राईले बाढीबाट प्रभावित बालबालिका, महिला, अपाङ्गता भएका व्यक्ति तथा घाइतेहरूको तत्काल उपचार र व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नु भयो।

 

अभिभावक गुमाएका बालबालिकाको संरक्षण तथा पुर्नस्थापनाका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने उहाँले बताएउनु भयो। साथै प्रभावित नागरिकलाई चाँडोभन्दा चाँडो सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।‘हामी सरकारलाई सहयोग गर्न तयार छौँ,’ उहाँले भन्नु भयो, ‘घर बनाउनेदेखि बाटोघाटो निर्माणसम्म आवश्यक सहयोगका लागि सरकारले सबैलाई आह्वान गर्नुपर्छ । ’राईले बाढीबाट क्षतिग्रस्त सडक तथा बाटो तत्काल पुनर्निर्माण गर्नुपर्ने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक