गोरखा , असोज १ । भदौ १० को भोटेकोशी बाढीपछि उर्लिएको त्रिशूली नदी गाउँतर्फ सोझिएपछि सहिद लखन गाउँपालिका–४ ताक्लुङस्थित राइनस गाउँ उच्च जोखिममा परेको छ । त्रिशूलीको भेल गाउँतिर सोझिएर राइनस बजार नजिकै पहिरो खसेको हो । बस्ती नजिकैबाट करिब ३ सय मिटरमाथिबाट खसेको पहिरो दुई घरको आँगनमै पुगेको छ । स्थानीय मनमाया राना र सोममाया रानाको घर जोखिममा परेको हो । उनीहरु अहिले छिमेकीको घरमा सरेर बसेका छन् । अहिले राइनसका ३० घर उच्च जोखिममा परेको स्थानीय कृष्ण चेपाङले बताउनुभयो । ‘भदौ १० को त्रिशूली बाढीपछि निरन्तर पहिरो खस्यो, बस्ती सँगैको डाँडामाथिबाट खसेको पहिरो तीन सय मिटर जति छ,’ उहाले भन्नुभयो , ‘त्रिशूली बढेका बेला पहिरो निरन्तर थियो, एक–दुई दिन भयो अहिले थामिएको जस्तो भएको छ, तर मन डराएर हामी राति सुत्न सकेका छैनौँ ।’ठूलो पानी परे नजिकैको स्कुलमा गएर स्थानीयहरूले रात कटाउने गरेको उहाले सुनाउनुभयो । ‘घरमाथिबाट पहिरो छ, तल त्रिशूली छ, पानी परे मन आत्तिहाल्छ, नजिकैको स्कुलमा गएर सुत्ने गरेका छौँ,’ उहाले बताउनुभयो ।

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि
विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।









