आज देशभर विश्वकर्मा पूजा मनाइँदै

काठमाडौं,१ असोज । सवारीसाधन, कलकारखाना, उद्योग तथा विभिन्न मेसिनरी उपकरणको पूजाआजा गर्दै आज विश्वकर्मा पूजा मनाइँदै छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यो पर्व श्रम, सीप, प्रविधि र निर्माण कार्यप्रतिको सम्मानसँग जोडिएको पर्वका रूपमा लिइन्छ ।यस अवसरमा उद्योग, कलकारखाना र निर्माणस्थलमा विश्वकर्मा भगवानको मूर्ति वा तस्वीर स्थापना गरी धूप, दीप, चन्दन, अक्षता, फूल र नैवेद्य अर्पण गरेर पूजा गर्ने तथा प्रसाद वितरण गर्ने परम्परा रहेको छ ।

 

संस्कृतिविद् डा. माधव भट्टराईका अनुसार हिन्दू परम्परामा विश्वकर्मालाई भगवानको एक स्वरूप तथा निर्माणकलाका आदिपुरुषका रूपमा मानिन्छ । प्राचीन कालमा नगर, भवन तथा ठूला निर्माण कार्यसँग विश्वकर्माको नाम जोडिने भएकाले उहाँलाई तत्कालीन समयका महान् इन्जिनियरका रूपमा पनि स्मरण गर्ने गरिएको उहाँले बताउनु भयो।उहाँले विश्वकर्मा पूजा विशेषगरी उद्योग, कलकारखाना, फ्याक्ट्री र निर्माण क्षेत्रका लागि महत्वपूर्ण रहेको बताउनु भयो । ‘विश्वकर्मा भनेको भगवानकै एउटा स्वरूप हो । ठूलठूला निर्माण, नगर र भवन निर्माण गर्ने उहाँलाई उतिखेरको सबैभन्दा ठूलो इन्जिनियरका रूपमा पनि लिइन्छ । उहाँको सम्झनामा आश्विन १ गते उद्योग, कलकारखाना र फ्याक्ट्रीमा पूजा गरिन्छ,‘ उहाँले भन्नु भयो।

 

उहाँका अनुसार यो पूजा धर्मकर्ममा मात्र सीमित छैन । श्रम, सीप, ज्ञान र सिर्जनशील कार्यप्रतिको सम्मान व्यक्त गर्दै आफूले गर्ने काम सफल होस, उद्योग–व्यवसाय प्रगति गरून् र कार्यस्थल सुरक्षित रहोस् भन्ने कामनाका साथ पूजा गर्ने चलन रहेको छ । ‘उहाँबाट प्रेरणा लिने, उहाँको कला, सीप र ज्ञान हामीमा प्राप्त होस, हाम्रा कर्म सफल होऊन् र हाम्रा उद्योगधन्दा प्रगति गरून् भन्ने कामनाले विश्वकर्मा पूजा गरिन्छ,‘ उहाँले भन्नु भयो ।विश्वकर्मालाई कतिपयले जातिसँग जोडेर हेर्ने गरे पनि त्यसको आधार धार्मिकभन्दा व्यावहारिक रहेको डा.भट्टराईको भनाइ छ । निर्माण, हातहतियार तथा कलकारखानामा काम गर्ने समुदायसँग विश्वकर्माको नाम जोडिए पनि धार्मिक दृष्टिले उहाँ भगवानकै स्वरूपका रूपमा पूजिने उहाँले बताउनु भयो ।

 

उहाँका अनुसार विश्वकर्मा पूजाका लागि अन्य ठूला धार्मिक अनुष्ठानजस्तो विस्तृत शास्त्रीय विधि अनिवार्य छैन । सामान्य पूजा पद्धतिबाट पनि विश्वकर्माको आराधना गर्न सकिने उहाँले बताउनु भयो । नेपालका विभिन्न भूगोल र समुदायमा पूजा गर्ने शैलीमा केही भिन्नता पाइने भए पनि यसको मूल भावना भने एउटै रहेको उहाँले उल्लेख गर्नु भयो ।‘तराईमा अलि फरक ढङ्गले हुन्छ, पहाडमा अलि फरक हुन्छ । ठाउँ, समाज र परम्पराअनुसार शैली फरक भए पनि मूल कुरा एउटै हो,‘ उहाँले भन्नु भयो । विश्वकर्मा पूजाका अवसरमा आज देशभरका उद्योग, ग्यारेज, यातायात कम्पनी, निर्माणस्थल तथा कार्यशालामा आफ्ना औजार, उपकरण र कार्यस्थलको पूजा गर्दै काममा सफलता, सुरक्षा र समृद्धिको कामना गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मापदण्ड पूरा भइसकेपछि समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

काठमाडौं,१असोज । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

मेलम्ची बाढीपीडित र भेन्डर आन्दोलनमा उत्रिएपछि संसद्मा उठ्यो आवाज

काठमाडौं , असोज १। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको

‘कति दिन राम्रो, नराम्रो भन्दै जाने हो सरकार ? सांसद बराल

काठमाडौं,१ असोज । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा

विपद् सम्बन्धी संसदीय विशेष समितिको टीओआरमा दलहरूबीच सहमति जुटेन

काठमाडौं, असोज १। रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समितिको टीओआर बनाउन दलहरूबिच भएको छलफल निश्कर्षविहन भएको छ । बिहीबार सत्तारुढ दल रास्वपा

एमाले कार्यदलको प्रतिवेदनमा विवाद : सहमति जुटाउन गुन्डुमा अध्यक्ष ओलीको छलफल

 काठमाडौं, असोज १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्यहरूसँग छलफल गर्नुभएको छ ।एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा

कर्णालीका अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभाव : सांसद विष्णुबहादुर खड्का

काठमाडौँ , १ असोज।  नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको हो । प्रतिनिधिसभाको आजको