काठमाडौं , असोज १ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २३८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८७, सिसिटिभिमार्फत ७१, रातोबत्तीमा १०३ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १५२, हर्न निषेधमा ४६, लेन क्रसमा ७४, अवस्था ठिक नभएको ४०, एकतर्फीमा ११ र अन्यमा ६५१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि
विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।









