१८ दिनपछि खुल्यो पृथ्वी राजमार्गको कृष्णभीर खण्ड, दुईतर्फी यातायात सञ्चालन

विराटनगर , असोज १। अविरल वर्षा र बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गको कृष्णभीर खण्ड १८ दिनपछि बिहीबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । गत भदौ १४ गते त्रिशूली नदीको कटानले सडकको ठूलो हिस्सा बगाएपछि यो मार्ग पूर्ण रूपमा अवरुद्ध बनेको थियो ।सडक पूरै भासिएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक खोल्ने काम सुरु गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का प्राविधिक तथा कामदारहरूले निरन्तरको प्रयासपछि बुधबार साँझ ट्र्याक निर्माण सम्पन्न गरेका हुन् । आज बिहानदेखि दुईतर्फी रूपमै सवारी साधनहरू गुड्न थालेका छन् ।

करिब १०० मिटर सडक क्षतिग्रस्त हुँदा दैनिक १४ हजारभन्दा बढी सवारी साधनको आवागमन प्रभावित भएको थियो । लामो समय सडक ठप्प हुँदा सङ्घीय राजधानी काठमाडौँमा एलपी ग्यासलगायतका अत्यावश्यक सामग्रीको अभावसमेत देखिन थालेको थियो । सडक खुलेसँगै अब आपूर्ति व्यवस्था सहज हुने अपेक्षा गरिएको छ ।कृष्णभीरमा यातायात सुचारु भएपछि नारायणगढ–मुग्लिन खण्डको तुइन खोलामा पहिरो रोकथामका लागि गरिँदै आएको कामलाई समेत अहिलेका लागि स्थगित गरिएको छ । सवारी साधनको चापलाई मध्यनजर गर्दै तत्कालका लागि आवागमनलाई प्राथमिकता दिइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । भदौ १० गते भोटेकोशीमा आएको बाढीले त्रिशूलीको सतह बढाउँदा पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुगेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मापदण्ड पूरा भइसकेपछि समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

काठमाडौं,१असोज । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

मेलम्ची बाढीपीडित र भेन्डर आन्दोलनमा उत्रिएपछि संसद्मा उठ्यो आवाज

काठमाडौं , असोज १। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको

‘कति दिन राम्रो, नराम्रो भन्दै जाने हो सरकार ? सांसद बराल

काठमाडौं,१ असोज । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा

विपद् सम्बन्धी संसदीय विशेष समितिको टीओआरमा दलहरूबीच सहमति जुटेन

काठमाडौं, असोज १। रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समितिको टीओआर बनाउन दलहरूबिच भएको छलफल निश्कर्षविहन भएको छ । बिहीबार सत्तारुढ दल रास्वपा

एमाले कार्यदलको प्रतिवेदनमा विवाद : सहमति जुटाउन गुन्डुमा अध्यक्ष ओलीको छलफल

 काठमाडौं, असोज १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्यहरूसँग छलफल गर्नुभएको छ ।एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा

कर्णालीका अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभाव : सांसद विष्णुबहादुर खड्का

काठमाडौँ , १ असोज।  नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको हो । प्रतिनिधिसभाको आजको