अनुसन्धान जारी

इलामको देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

इलाम असोज १ । इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा वुधवार राति बुलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३७०६ नम्बरको बुलेरो बिहान भित्री सडकखण्डमा पल्टिएको थियो। दुर्घटनामा बुलेरो चालक देउमाई–१ चमैता बस्ने करिब ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

बुलेरो सडकमा पल्टिएपछि चालक बस्नेतलाई सोही गाडीले थिचेको थियो। घटनास्थलमै उहाँको मृत्यु भएको जानकारी आज बिहान करिब ६ बजे प्रहरी चौकी रक्सेमा पुगेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। ट्राफिक प्रहरीसहित चार जनाको टोली बिहान ७ः५० बजे घटनास्थलमा पुगेर घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान गरेको थियो। प्रहरीका अनुसार दुर्घटनाका बेला बुलेरोमा चालक बस्नेत मात्रै सवार हुनुन्थ्यो। घटनास्थल प्रहरी चौकी रक्से, इलामबाट करिब २५ किलोमिटर पश्चिम–दक्षिणतर्फ पर्छ। बुलेरो सडकमा पल्टिनुको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मापदण्ड पूरा भइसकेपछि समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

काठमाडौं,१असोज । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

मेलम्ची बाढीपीडित र भेन्डर आन्दोलनमा उत्रिएपछि संसद्मा उठ्यो आवाज

काठमाडौं , असोज १। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको

‘कति दिन राम्रो, नराम्रो भन्दै जाने हो सरकार ? सांसद बराल

काठमाडौं,१ असोज । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा

विपद् सम्बन्धी संसदीय विशेष समितिको टीओआरमा दलहरूबीच सहमति जुटेन

काठमाडौं, असोज १। रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समितिको टीओआर बनाउन दलहरूबिच भएको छलफल निश्कर्षविहन भएको छ । बिहीबार सत्तारुढ दल रास्वपा

एमाले कार्यदलको प्रतिवेदनमा विवाद : सहमति जुटाउन गुन्डुमा अध्यक्ष ओलीको छलफल

 काठमाडौं, असोज १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्यहरूसँग छलफल गर्नुभएको छ ।एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा

कर्णालीका अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभाव : सांसद विष्णुबहादुर खड्का

काठमाडौँ , १ असोज।  नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको हो । प्रतिनिधिसभाको आजको