सडक मर्मतको गुनासो सुन्न ’सडक सुझाव एप’ सञ्चालनमा

काठमाडौं ,१ असोज। काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ । सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।अब उपत्यकाका नागरिकले संघीय सडक अन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव एपमार्फत दर्ता गर्न सक्नेछन् । एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था नागरिकले प्रत्यक्ष हेर्न सक्ने व्यवस्था गरिएको छ । गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एपमार्फत प्राप्त हुने सडक डिभिजन काठमाडौंले जनाएको छ ।

 

हाल एपमार्फत काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गतका करिब ४७२ किलोमिटर सडक सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ । संघीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारी समेत एपबाट उपलब्ध गराइनेछ ।सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउँदै एपलाई देशभर विस्तार गर्ने तयारी गरिएको छ । आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई समेटेर सेवा विस्तार गर्ने र त्यसपछि क्रमशः देशभर सञ्चालनमा ल्याउने सडक डिभिजन काठमाडौंको लक्ष्य छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मापदण्ड पूरा भइसकेपछि समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

काठमाडौं,१असोज । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

मेलम्ची बाढीपीडित र भेन्डर आन्दोलनमा उत्रिएपछि संसद्मा उठ्यो आवाज

काठमाडौं , असोज १। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको

‘कति दिन राम्रो, नराम्रो भन्दै जाने हो सरकार ? सांसद बराल

काठमाडौं,१ असोज । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा

विपद् सम्बन्धी संसदीय विशेष समितिको टीओआरमा दलहरूबीच सहमति जुटेन

काठमाडौं, असोज १। रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समितिको टीओआर बनाउन दलहरूबिच भएको छलफल निश्कर्षविहन भएको छ । बिहीबार सत्तारुढ दल रास्वपा

एमाले कार्यदलको प्रतिवेदनमा विवाद : सहमति जुटाउन गुन्डुमा अध्यक्ष ओलीको छलफल

 काठमाडौं, असोज १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्यहरूसँग छलफल गर्नुभएको छ ।एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा

कर्णालीका अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभाव : सांसद विष्णुबहादुर खड्का

काठमाडौँ , १ असोज।  नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको हो । प्रतिनिधिसभाको आजको