कर्णालीका अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभाव : सांसद विष्णुबहादुर खड्का

काठमाडौँ , १ असोज।  नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको हो । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खड्काले कर्णाली जस्तो दुर्गम र पिछडिएको प्रदेशमा स्वास्थ्य सेवाको अवस्था नाजुक रहेको बताउनुभयो । उहाले प्रादेशिक अस्पतालमा मुटुरोग (कार्डियोलोजिस्ट), पिसाब रोग (युरोलोजिस्ट) र न्युरोलोजिस्ट जस्ता विशेषज्ञ चिकित्सकहरू नहुँदा स्थानीयवासीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको गुनासो गर्नुभयो । ‘क्याथल्याबको मेसिन जडान भएको दुई वर्ष भइसक्यो, तर त्यहाँ कार्डियोलोजिस्ट डाक्टर हुनुहुन्न । न युरोलोजिस्ट छन्, न त न्युरोलोजिस्ट नै,’ सांसद खड्काले सदनमा भन्नुभयो , ‘कर्णाली प्रदेश विकट छ, गरिबी र अशिक्षाले ग्रस्त छ। त्यसमाथि यातायात र स्वास्थ्य सेवाको असुविधाले गर्दा बिरामीहरूले सहज उपचार पाउन सकेका छैनन्।

’सांसद खड्काले कर्णालीका अधिकांश बिरामीहरूलाई विशेषज्ञ सेवाका लागि काठमाडौँ वा लुम्बिनी प्रदेशसम्म रिफर गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।‘९९ प्रतिशत न्यूरोका बिरामीहरूलाई हेर्नुपर्ने डाक्टरको अभावमा उनीहरूले समयमै उपचार पाउन सकेका छैनन् । गरिब जनता उपचारका लागि महँगो खर्च बोकेर बाहिर जान सक्ने अवस्थामा छैनन्,’ उहाले बताउनुभयो । त्यसैगरी, प्रादेशिक अस्पतालमा रहेका डायलासिस मेसिनहरू समेत समय समयमा बिग्रिने गरेकाले बिरामीहरू थप मारमा परेको उहाले उल्लेख गर्नुभयो । कर्णाली प्रदेशको भौगोलिक विकटता र गरिबीका कारण त्यहाँका जनताले सामान्य स्वास्थ्य सुविधा पाउन पनि सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको भन्दै सांसद खड्काले राज्यले दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मापदण्ड पूरा भइसकेपछि समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

काठमाडौं,१असोज । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

मेलम्ची बाढीपीडित र भेन्डर आन्दोलनमा उत्रिएपछि संसद्मा उठ्यो आवाज

काठमाडौं , असोज १। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको

‘कति दिन राम्रो, नराम्रो भन्दै जाने हो सरकार ? सांसद बराल

काठमाडौं,१ असोज । नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले बजारमा ग्यासको अभाव र महँगी बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा

विपद् सम्बन्धी संसदीय विशेष समितिको टीओआरमा दलहरूबीच सहमति जुटेन

काठमाडौं, असोज १। रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समितिको टीओआर बनाउन दलहरूबिच भएको छलफल निश्कर्षविहन भएको छ । बिहीबार सत्तारुढ दल रास्वपा

एमाले कार्यदलको प्रतिवेदनमा विवाद : सहमति जुटाउन गुन्डुमा अध्यक्ष ओलीको छलफल

 काठमाडौं, असोज १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’का सदस्यहरूसँग छलफल गर्नुभएको छ ।एमाले अध्यक्ष ओलीको गुन्डुस्थित निवासमा

कर्णालीका अस्पतालमा विशेषज्ञ चिकित्सकको चरम अभाव : सांसद विष्णुबहादुर खड्का

काठमाडौँ , १ असोज।  नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभएको हो । प्रतिनिधिसभाको आजको