विपद् सम्बन्धी संसदीय विशेष समितिको टीओआरमा दलहरूबीच सहमति जुटेन

काठमाडौं, असोज १। रसुवा–भोटेकोशी–त्रिशूली विपद् तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समितिको टीओआर बनाउन दलहरूबिच भएको छलफल निश्कर्षविहन भएको छ । बिहीबार सत्तारुढ दल रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अग्रसरतामा बसेको दलका नेताहरूको छलफलमा विविध विषयमा छलफल भए पनि सहमति हुन नसकेको हो । ‘ संसदीय विशेष समिति कस्तो निर्माण गर्ने, कति समयका लागि हुने र केके काम गर्ने भन्नेमा छलफल भयो तर आज सहमति भएन’, छलफलमा सहभागी एमाले सांसद पद्मा अर्यालले भनिन्, ‘अर्को बैठकमा सहमति जुटाउनेबारे कुराकानी भएको छ ।’

कांग्रेस सांसद निष्कल राईले संसदीय विशेष समिति सानो आकारको बनाउन आफूहरूले प्रस्ताव गरे पनि सत्तारुढ दल रास्वपाको संसद्को उपस्थितिका आधारमा बनाउनुपर्ने बताएको जानकारी दिनुभयो । ‘हामीले ३ महिनाको समिति बनाऔँ, आवश्यक पर्‍यो भने पछि समय थपौला’, राईले भन्नुभयो , ‘यसमा पक्ष–प्रतिपक्ष भन्दा पनि विपदमा सवै एक हुनुपर्छ ।’ उहाले रास्वपाका तर्फबाट सङ्ख्यात्मक आधारमा समितिको प्रतिनिधित्व हुनुपर्छ भनेकाले निष्कर्षमा पुग्न नसकिएको बताउनुभयो । ‘फाइभ इज टु वानका आधारमा समिति गठन गरौँ भनेर प्रस्ताव गरेका थियौँ । संयोजक पनि ग्राभिटी भएको नेता बसौँ भन्दा उहाँहरूले सङ्ख्यात्मक आधारमा हुनुपर्छ भनेकाले निष्कर्षमा पुगेनौ’, राईको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निजामती विधेयकको मस्यौदा तयार : अवकाश उमेर ६० वर्ष र ट्रेड युनियन खारेजीको प्रस्ताव

काठमाडौं , असोज १ ।  सरकारले संघीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई तीव्रता दिएको छ। विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श पर्खिरहेको छ।संघीय निजामती

एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

काठमाडौं,१ असोज । अखिल नेपाल फुटबल संघ (एन्फाले) राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त रूपमा

दमकमा मासु पसल सञ्चालनमा कडाइ, असोज १५ देखि कारबाही

दमक ,१ असोज । तपाईंले दैनिक खाने मासु कत्तिको स्वच्छ र सुरक्षित छ? अब दमकमा यसको जवाफ मासु व्यवसायीले अनिवार्य रूपमा दिनुपर्ने भएको छ। दमक

मापदण्ड पूरा भइसकेपछि समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

काठमाडौं,१असोज । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल भएको छ ।

मेलम्ची बाढीपीडित र भेन्डर आन्दोलनमा उत्रिएपछि संसद्मा उठ्यो आवाज

काठमाडौं , असोज १। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको