मेलम्ची बाढीपीडित र भेन्डर आन्दोलनमा उत्रिएपछि संसद्मा उठ्यो आवाज

काठमाडौं , असोज १। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित स्थानीय भेन्डर तथा बाढीपीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित भेन्डरहरूको संघर्ष समितिले आयोजना स्थलमा गाडी तथा कर्मचारी प्रवेशमा रोक लगाउने गरी आन्दोलन घोषणा गरेको बताउनुभयो । यस्तो अवस्थाले मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित हुन सक्ने उहाको भनाइ थियो ।दुलालका अनुसार मेलम्ची बाढी तथा खानेपानी आयोजनाबाट प्रभावित बाढीपीडित र स्थानीय भेन्डरका छुट्टाछुट्टै संघर्ष समितिले यसअघि पनि आयोजनाको मुहानमा पुगेर पानी पथान्तरण रोक्दै सरकारसँग विभिन्न चरणमा सहमति गर्दै आएका छन् ।बाढीपीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुनर्निर्माण, सडक निर्माण तथा नदीबाट क्षति पुगेका क्षेत्रको संरक्षणलाई प्रमुख माग बनाएको उहाले बताउनुभयो । यस्तै, स्थानीय भेन्डरहरूले सरकारबाट आफूले पाउनुपर्ने रकम भुक्तानीको माग गर्दै आएको दुलालले उल्लेख गर्नुभएको छ ।

समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिँदै दुलालले मेलम्चीदेखि हेलम्बु हुँदै मेलम्ची हेडवक्र्ससम्मको सडक निर्माणका लागि बहुवर्षीय ठेक्का अविलम्ब अघि बढाउन माग गर्नुभयो। उहाले मेलम्चीदेखि पाँचपोखरी–भोताङसम्मको सडकका लागि पनि बहुवर्षीय ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।त्यसैगरी, मेलम्ची र इन्द्रावती दुवै नदीको तटीय क्षेत्र संरक्षणका लागि कार्यक्रम अघि बढाउन तथा स्थानीय भेन्डरहरूसँग सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न उहाले माग गर्नुभयो ।प्रभावितका माग सम्बोधन नगर्दा उनीहरू निरन्तर पीडित भइरहने र माग सम्बोधनका क्रममा आयोजनाको पानी पथान्तरणमा अवरोध हुने अवस्था सिर्जना भएको दुलालको भनाइ थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

काठमाडौं ,१ असोज । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी

संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको कार्यक्रम र कार्यतालिका यस्तो

काठमाडौं,१ असोज । संयुक्त राष्ट्र संघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ । विहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र

उपचार खर्च अभावमा रोजिताको जीवन संकटमा, सरकारको एजेन्डा माथि प्रश्न

दमक , १ असोज ।‘खल्तीमा पैसा नभएको विपन्न नागरिकले स्वास्थ्य उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो।’ चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको यो

निजामती विधेयकको मस्यौदा तयार : अवकाश उमेर ६० वर्ष र ट्रेड युनियन खारेजीको प्रस्ताव

काठमाडौं , असोज १ ।  सरकारले संघीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई तीव्रता दिएको छ। विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श पर्खिरहेको छ।संघीय निजामती

एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

काठमाडौं,१ असोज । अखिल नेपाल फुटबल संघ (एन्फाले) राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनका कारण नेपालको आन्तरिक फुटबल गतिविधिसमेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त रूपमा