दमकमा मासु पसल सञ्चालनमा कडाइ, असोज १५ देखि कारबाही

दमक ,१ असोज । तपाईंले दैनिक खाने मासु कत्तिको स्वच्छ र सुरक्षित छ? अब दमकमा यसको जवाफ मासु व्यवसायीले अनिवार्य रूपमा दिनुपर्ने भएको छ। दमक नगरपालिकाले तोकेका मापदण्ड पूरा नगरी व्यवसाय सञ्चालन गर्ने मासु पसलमाथि आगामी असोज १५ गतेदेखि कारबाही गर्ने चेतावनी दिएको छ। विशेषगरी दमकको मुख्य बजार क्षेत्र पर्ने वडा नम्बर ६ मा मासु पसलको अनुगमन व्यापक बनाइने वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो। मासु व्यवसायलाई व्यवस्थित, मर्यादित, सफा र स्वच्छ बनाउने उद्देश्यले मापदण्ड कार्यान्वयनमा कडाइ गर्न लागिएको उहाँले स्पष्ट पार्नुभयो।

 

मापदण्डअनुसार मासु पसल स्थानीय तहमा दर्ता भएको र आवश्यक खाद्य तथा पशु स्वास्थ्यसम्बन्धी अनुमति लिएको हुनुपर्नेछ। स्वस्थ पशु मात्र वध गर्नुपर्ने, रोगी, मरेको वा शंकास्पद पशुको मासु बिक्री गर्न नहुने तथा वधपूर्व र वधपश्चात् स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्नेछ। पसल, भुइँ, भित्ता, टेबुल र उपकरण सफा राख्नुपर्ने, रगत तथा पशुजन्य फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने र झिँगा तथा अन्य कीरा नियन्त्रण गर्नुपर्नेछ। त्यस्तै, मासु भुइँमा राख्न नहुने, धुलो तथा प्रदूषणबाट सुरक्षित राख्नुपर्ने र आवश्यकताअनुसार चिस्यान वा कोल्ड स्टोरेजको व्यवस्था गर्नुपर्ने मापदण्ड छ।

 

मासु काट्ने व्यक्तिले सफा कपडा, एप्रोन र टोपी वा हेयरनेट लगाउनुपर्नेछ। बासी, कुहिएको वा दुर्गन्धित मासु बिक्री गर्न तथा तौलमा ठगी गर्न पाइने छैन। ग्राहकलाई मासु दिँदा सफा र खाद्य–उपयुक्त प्याकेजिङ प्रयोग गर्नुपर्नेछ। यी मापदण्ड पालना नगरे असोज १५ गतेदेखि कारबाही गरिने वार्ड ६ को कार्यालयले यहाँ रहेका मासु व्यवसायीलाई भेला पारेर नै यसबारेमा कडा सचेत गराइसकेको वार्ड सदस्य कमल श्रेष्ठले जानकारी दिनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट

काठमाडौं ,२ असोज। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए। मनिकरले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा

‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ , प्रचण्ड

काठमाडौं,२ असोज । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नयाँ भनिएको सरकारका क्रियाकलापबाट जनतामा रहेको भ्रम बिस्तारै चिर्दै गएको दाबी गर्नु भएको

प्रधानमन्त्रीले जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ : शर्मा

काठमाडौं,२ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानवीय तथा भौतिक क्षतिको विषय संयुक्त राष्ट्र संघ (यूएन) को मञ्चमा तथ्यसहित उठाउनुपर्ने

कहिले बन्छ केचना–कञ्चनजंघा सडक?

झापा,२ असोज। मेची राजमार्ग पटक–पटक अवरुद्ध भइरहेका बेला वैकल्पिक मार्गका रूपमा हेरिएको केचना–कञ्चनजंघा (मेची करिडोर) सडक निर्माणमा चरम ढिलाइ भएको छ। इलाम, पाँचथर र ताप्लेजुङका

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

रसुवा,२ असोज । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको

चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ , निर्देशक डा.सिंह

जनकपुर ,२ असोज। प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.जामुन प्रसाद सिंहले कुनै पनि चिकित्सकमाथि हुने आक्रमणको घटनाको मुख्य दोषी शिक्षा मन्त्रालय रहेको बताउनु भएको छ ।