१९ वर्षमै दुवै मिर्गौला फेल

उपचार खर्च अभावमा रोजिताको जीवन संकटमा, सरकारको एजेन्डा माथि प्रश्न

दमक , १ असोज ।‘खल्तीमा पैसा नभएको विपन्न नागरिकले स्वास्थ्य उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो।’ चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको यो प्रतिबद्धता अहिले दमककी १९ वर्षीया रोजिता विश्वकर्माको जीवनसँग जोडिएर प्रश्न बनिरहेको छ। विपन्न नागरिकले पैसा अभावकै कारण उपचारबाट वञ्चित हुन नपर्ने भनिएको यही एजेन्डा कार्यान्वयनमा कति प्रभावकारी छ भन्ने प्रश्न रोजिताको उपचार अवस्थाले उठाएको छ।

दमकस्थित लाइफलाइन अस्पतालको डायलाइसिस कक्षमा भेटिनु भएकी रोजिताको दुवै मिर्गौलाले काम गर्न छाडेको छ। नियमित डायलाइसिस गरिरहेकी उहाँ अहिले १९ वर्षको उमेरमै जीवन र मृत्युबीच संघर्ष गरिरहनु भएको छ्।रोजिताको जीवनमा स्वास्थ्य समस्या मात्र होइन, आर्थिक अभाव पनि उत्तिकै ठूलो चुनौती बनेको छ।करिब चार वर्षअघि उहाँको विवाह भएको थियो। विवाह हुँदा उहाँ मात्र १५ वर्षकी हुनुन्थ्यो्। विवाहपछि सन्तान जन्मियो। तर, आमाको उमेर कम भएकै कारण जन्मिएको करिब दुई वर्षमै त्यो सन्तानको मृत्यु भयो।

त्यसपछि रोजिताले अर्को पीडा भोग्नुप¥यो। उहाँको दुवै मिर्गौलाले काम गर्न छाड्यो।गरिब तथा विपन्न परिवारमा जन्मिएकी रोजिताको श्रीमान् पनि नियमित रूपमा सम्पर्कमा आउन सक्ने अवस्थामा छैनन्। कहिलेकाहीँ सम्पर्कमा आएर महिनामा २ देखि ४ हजार रुपैयाँसम्म पठाउने गरेको परिवारको भनाइ छ।तर, रोजिताको उपचारमा त्यो रकमको तुलनै हुँदैन।डायलाइसिस, औषधि र त्यसअनुसारको खानपानका लागि मात्रै उनलाई महिनामा न्यूनतम ४० देखि ५० हजार रुपैयाँसम्म खर्च लाग्ने चिकित्सक बताउँछन्। लाइफलाइन अस्पतालले डायलाइसिस तथा केही औषधि निःशुल्क उपलब्ध गराइरहेको भए पनि कमजोर आर्थिक अवस्थाका कारण आवश्यक पौष्टिक खाना र औषधि नियमित रूपमा सेवन गर्नसमेत उहाँलाई समस्या भइरहेको छ।

रोजिताको उपचारमा संलग्न डा. सीपी न्यौपानेका अनुसार उहाँको कमजोर शारीरिक अवस्थाका कारण औषधि र आवश्यक पोषणसमेत पर्याप्त रूपमा लिन नसक्दा अहिले मुटुसम्म समस्या देखिन थालेको छ।रोजितालाई सातामा दुई पटक डायलाइसिस गर्न अस्पताल आउनुपर्छ। तर, दमक–३ डुम्सेबाट अस्पतालसम्म आउनसमेत उहाँको परिवारलाई कठिन छ।
अटो वा सिटीको भाडा तिरेर अस्पताल आउने आर्थिक क्षमता छैन। गरिबीले यति धेरै सताएको छ कि कहिलेकाहीँ सिटामोलसमेत किनेर खान नसक्ने अवस्था रहेको उहाँ बताउँनु हुन्छ।१९ वर्षको उमेरमै गम्भीर रोगसँग जुधिरहेकी रोजिताको एउटै चाहना छ, उहाँ बाँच्न चाहनु हुन्छ।

चिकित्सकका अनुसार नेपालमै सरकारी अस्पताल मार्फत मिर्गौला प्रत्यारोपण सम्भव भए त्यसका लागि करिब १० देखि १२ लाख रुपैयाँसम्म खर्च लाग्न सक्छ। तर, प्रत्यारोपणका लागि उपयुक्त दाता तथा उहाँको अन्य स्वास्थ्य अवस्था पनि अनुकूल हुनुपर्ने चिकित्सक बताउँछन्।यदि मिर्गौला प्रत्यारोपण सम्भव भएन भने डायलाइसिसमै निर्भर भएर जीवन बिताउनुपर्ने हुन्छ। त्यस अवस्थामा पनि औषधि, पोषण र अन्य उपचारका लागि महिनामा ४० देखि ५० हजार रुपैयाँसम्म खर्च लाग्न सक्ने चिकित्सकको भनाइ छ।रोजिताको अवस्था एउटा परिवारको आर्थिक समस्यामात्र होइन। यो राज्यले गरिब नागरिकका लागि घोषणा गरेका स्वास्थ्यसम्बन्धी प्रतिबद्धता व्यवहारमा कति पुगिरहेका छन् भन्ने प्रश्न पनि हो।

एकातिर ‘पैसा नभए पनि स्वास्थ्य उपचार पाउनुपर्छ’ भन्ने राजनीतिक प्रतिबद्धता छ। अर्कोतिर १९ वर्षीया एउटी युवती उपचारकै लागि आवश्यक खाना, औषधि र अस्पतालसम्म पुग्ने यातायात खर्च जुटाउन नसक्ने अवस्थामा छिन्। सार्वजनिक रूपमा बालेन्द्र शाहको यही स्वास्थ्य एजेन्डा उद्धृत भइरहे पनि, यस्ता व्यक्तिगत उपचार खर्च र पहुँचका समस्या समाधान गर्न राज्यका विद्यमान संयन्त्रले रोजिताजस्ता बिरामीलाई कति सहयोग पु¥याइरहेका छन् भन्ने प्रश्न भने खुला छ।

रोजिता सरकारसँग ठूलो माग गरिरहनु भएको छैन ।उहाँको माग यति मात्रै छ, “मलाई बचाइदिनुस्।”उहाँलाई सहयोग गर्न चाहनेले रोजिता विश्वकर्मासँग ८८९७१३३६९११८८८ मा सम्पर्क गर्न सक्नेछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमक ६ मा वार्ड स्तरमै जेई विरुद्धको सचेतना, अब के गरिदैछ?

दमक,१ असोज ।दमक नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत सञ्चालन हुन लागेको ‘जापानीज इन्सेफलाइटिस विरुद्धको खोप अभियान २०८३’ लाई प्रभावकारी बनाउन वडा स्तरीय सरोकारवालाहरूका लागि दमक

फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

काठमाडौं ,१ असोज । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया (सीता)ले भोटेकोशी बाढीका कारण त्रिशूली नदीमा रहेको फुर्केखोलाको पुल बगेको २३ दिन बितिसक्दा पनि सरकारले अस्थायी

संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको कार्यक्रम र कार्यतालिका यस्तो

काठमाडौं,१ असोज । संयुक्त राष्ट्र संघको ८१ औं महासभामा नेपालले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सशक्त सहभागिता जनाउने भएको छ । विहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र

उपचार खर्च अभावमा रोजिताको जीवन संकटमा, सरकारको एजेन्डा माथि प्रश्न

दमक , १ असोज ।‘खल्तीमा पैसा नभएको विपन्न नागरिकले स्वास्थ्य उपचार पाउनुपर्छ, त्यो हाम्रो एजेन्डा हो।’ चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्त गरेको यो

निजामती विधेयकको मस्यौदा तयार : अवकाश उमेर ६० वर्ष र ट्रेड युनियन खारेजीको प्रस्ताव

काठमाडौं , असोज १ ।  सरकारले संघीय निजामती सेवा विधेयक ल्याउने तयारीलाई तीव्रता दिएको छ। विधेयकलाई अन्तिम रूप दिनुअघि सरकारले लोकसेवा आयोगको परामर्श पर्खिरहेको छ।संघीय निजामती