नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट , यसबर्ष दुई हजार २५ बढीले लिए  अनुमति

हुम्ला ,२ असोज । हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीन(तिब्बत)को ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन् ।

छिमेकी देश चीनको ताक्लाकोट जानका लागि दुई हजार २५ जनाबढी हुम्लावासीले सीमापास लिएका हुन् ।

बर्षेनी उनीहरु रोजगारीको खोजी तथा व्यापारका लागि ताक्लाकोट जाने गर्दछन् । उनीहरु अनुमतिपत्रको आधारमा चीनको सीमाक्षेत्र ३० किलोमिटरभित्र मात्रै जान पाउने व्यवस्था छ । बर्षेनी हजारौँ हुम्लावासी ताक्लाकोट गएर काम तथा व्यापार गरी जीविकोपार्जन गर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रबिर शाहीका अनुसार, गत वर्षभन्दा यो वर्ष सीमापास लिने हुम्लावासीको संख्या कम छ ।

नयाँ सीमापास एक हजार तीनसय ९५ जना रहेको छ भने पास नवीकरण गर्नेको संख्या ६ सय ३० जना रहेका छन् ।

चार सय ३७ महिला र एक हजार पाँच सय ८८ जना पुरुषले पास लिएका छन् । पास लिएका सबै हुम्ली नागरिक काम, व्यापार र व्यवसायका लागि चीनको ताक्लाकोट पुग्ने गरेका छन् ।

केही व्यापारी ताक्लाकोटबाट व्यापारी प्रयोजनका सामान खरिद गरेर ढुवानी गर्न र केही निर्माण सामाग्री खरिद गर्नका लागि ताक्लाकोट जाने गर्छन भने अधिकांश हुम्लावासी ६ महिनाका लागि ताक्लाकोटमा रोजगारीका लागि जाने गर्दछन् ।

ताक्लाकोटमा काम गरेको ६ महिनाको अवधिमा प्रतिव्यक्तिले ४ लाखदेखि ६ लाख रुपैयाँसम्म कमाइ गर्ने गरेको स्थानीय तुलरासी बोहराले बताए । हाल उनी ताक्लाकोटमा काम गरिरहेका छन् ।

एक दिनमा नेपाली दुइ हजारदेखि तीन हजारसम्म एक जनाले दैनिक कमाई गर्ने गरेका छन् । भने चिनिया युवान ७० देखि दुई सयसम्म कमाउने गरेका छन् । हुम्लाबाट ताक्लाकोट पुगेका नेपालीले घर बनाउने, मजदुर, खेतीपातीलगायतमा काम गर्दै आउने गरेका हुन् ।

गाउँघरमा बेरोजगार बढ्दै

हुम्लामा बेरोजगारीको समस्या विकराल बन्दै गएपछि यहाँका स्थानीय बासिन्दा छिमेकी राष्ट्र चीनको ताक्लाकोटमा रोजगारीको खोजीमा जानेक्रम तीव्र रूपमा बढेको छ ।

पछिल्ला वर्षहरूमा युवायुवतीहरू कामको खोजीमा ताक्लाकोटतर्फ आकर्षित भइरहेका छन् । ताक्लाकोटमा सहजै रोजगारी प्राप्त हुने भएकाले जिल्लाका युवायुवतीहरू छ महिनाको लागि त्यसतर्फ जाने गरेका छन् ।

गाउँघरमा बेरोजगार बस्नुभन्दा जिल्ला प्रशासन कार्यालयबाट जारी गरिने अस्थायी सीमा पास बनाएर उनीहरू चीन जाने र आम्दानी गरेर फर्कने गर्दछन् ।

विगतमा जडीबुटी संकलनमा जानेहरू अहिले ताक्लाकोटमा घरायसी तथा कृषिजन्य काममा संलग्न हुन थालेका छन् ।

हुम्लाबाट कामको खोजीमा चीन पुग्नेहरूमा नाम्खा र सिमकोट गाउँपालिकाका युवाहरूको संख्या सबैभन्दा बढी रहेको छ । जिल्लाका अन्य खार्पुनाथ, सर्केगाड, चंखेली गाउँपालिकाका युवायुवतीले पनि सीमा पास बनाएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

रसुवा,२ असोज । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको

चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ , निर्देशक डा.सिंह

जनकपुर ,२ असोज। प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.जामुन प्रसाद सिंहले कुनै पनि चिकित्सकमाथि हुने आक्रमणको घटनाको मुख्य दोषी शिक्षा मन्त्रालय रहेको बताउनु भएको छ ।

सञ्चारमन्त्री डा. तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं,२ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा

नयाँ ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

काठमाडौं,२ असोज । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको बैंक नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। साविककै आकार र रङमा जारी गरिएको नयाँ नोटमा

नेपालीको रोजगारीको गन्तब्य चीनको ताक्लाकोट , यसबर्ष दुई हजार २५ बढीले लिए  अनुमति

हुम्ला ,२ असोज । हिमाली जिल्ला हुम्लाका दुई हजार २५ जना नेपाली नागरिकले कामका लागि चीन(तिब्बत)को ताक्लाकोट जानका लागि सीमापास अनुमति लिएका छन् । छिमेकी

राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित ९ जनाले दिए सामूहिक राजीनामा

काठमाडौं,२ असोज । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले काठमाडौंको शान्तिनगरस्थित पार्टी