चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ , निर्देशक डा.सिंह

जनकपुर ,२ असोज। प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.जामुन प्रसाद सिंहले कुनै पनि चिकित्सकमाथि हुने आक्रमणको घटनाको मुख्य दोषी शिक्षा मन्त्रालय रहेको बताउनु भएको छ ।

उहाँले जनताको वौद्धिकस्तर कमजोर हुनुको कारणले नै यस्ता घटनाहरु घट्ने गरेको दाबी गर्नु भएको छ ।

हिजो (बिहीबार) जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा प्रसुती गराउन आएकी महिलाको आफन्तहरुले काउन्सिलिङ गरेका चिकित्सक डा। सरोज साहमाथि हातपात गर्नुका साथै उहाँको मोबाइल फोन पनि खोसेर लगेका थिए ।

डा। साहको अनुहार, टाउको र हातमा चोट लागेको छ । प्रत्येक अस्पतालको नियम बमोजिम कुनै पनि बिरामीको अपरेशन(शल्यक्रिया) गर्नु अघि एउटा फाराममा हस्ताक्षर गर्नुपर्ने हुन्छ । जसमा यदि कुनै कारणवस विरामीको मृत्यु भयो भने सो को जिम्मेवार अस्पताल वा चिकित्सक नहुने भन्ने उल्लेख हुन्छ ।

सोही फाराममा हस्ताक्षर गर्नु अघि काउन्सिलिङ गरेका डा।साहसँग बिरामीका आफन्तले मौखिक रुपमै दुर्व्यवहार गरेका थिए । पछि सुरक्षाकर्मीहरुले सम्झाई बुझाई बिरामीका आफन्तहरुलाई त्यहाँबाट जान भने । केहीबेरमा अन्य बिरामीलाई जाँच गर्न निस्केका डा। साहलाई देख्ने वित्तिकै ती बिरामीका आफन्तहरुले भिडियो बनाउनुका साथै कुटपीट गरेको डा।साहले बताउनु भयो ।

घटनापछि अन्य चिकित्सकहरुले पनि काम गर्ने वातावरण नरहेको भन्दै काम ठप्प गर्ने चेतावनी दिनुका साथै सामूहिक रुपमा उजूरी दिने बताउनु भएको छ ।

हाल प्रहरीले कुटपीटमा संलग्न दुई जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनुषामा राखेका छन् ।

पटक पटक जनकपुरधामसहित देशका विभिन्न अस्पतालहरुमा हुँदै आएको चिकित्सक माथिको आक्रमणका घटनालाई दिर्घकालिन समाधान खोज्नुको विकल्प नरहेको डा।सिंहले बताउनु भयो ।

उहाँले सरकारको नीति माथि प्रश्न उठाउनु भएको छ । स्वास्थ्य मन्त्रालयमात्र नभएर उहाँले शिक्षा र अर्थ मन्त्रालयलाई मुख्य दोषी रहेको बताउनु भयो ।

उहाँले सरकारको मापदण्ड अनुसार अस्पताललाई नर्स, चिकित्सक, सुरक्षाकर्मी र अन्य कर्मचारी उपलब्ध गराउन सरकार आजसम्म चुकेको गुनासो गर्न भयो ।

एकातिर सरकारले प्रसुतीगृहमा १२० जना नर्स राख्न भनेर मापदण्ड तयार पार्ने तर दिने बेलामा अस्पतालभरिमै पनि १२० जना नर्सको दरबन्दी नदिने सरकारले यस्तो नीति नियम किन बनाउनु पर्यो भनेर निर्देशक डा। सिंहले प्रश्न गर्नु भएको छ ।

डा। सिंहले शिक्षा मन्त्रालयलाई पनि उत्तिकै दोषी रहेको ठहर गरेका छन् । ‘प्रत्येक बिरामी वा सेवाग्राहीको सोच उग्रहुनु, प्रत्येक कर्मचारीलाई आफ्नो शत्रु सम्झिनु, आगेवमा आउनु, कानुनी उपचार खोज्नुको साटो हातपात गर्नुजस्ता क्रियाकलापले उनीहरुको बौद्धिक स्तरमा कमी रहेको पुष्टि गर्छ,’ डा। सिंहले भन्नुभयो ।

उहाँले शिक्षित व्यक्तिले कहिले पनि दुर्व्यवहार नगर्ने बताउनु भयो । डा. सिंहले नीजि अस्पतालमा जाँदा बिरामीसंगै कुरुवाको संख्या पनि तोके भन्दा बढी नजाने तर बिरामीको व्यापक चाप भएको सरकारी अस्पतालमा एउटा बिरामीसंगै आठजनासम्म कुरुवा आएर बिरामीको छेउमै बस्ने गरेको गुनासो गर्नुभयो ।

चिकित्सकले एक पटक परामर्श गर्नुपर्ने ठाउँमा बिरामीका आठ जना कुरुवाले छुट्टा छुट्टै प्रश्न गर्दा चिकित्सकको पनि समय खेर जाने डा। सिंहले बताउनु भयो । यसमा सम्पूर्ण दोष सर्वसाधारण जनताको भन्दा पनि शिक्षा प्रणाली र शिक्षा मन्त्रालयको रहेको उहाँको भनाइ छ ।

त्यस्तै अर्थ मन्त्रालयलाई पनि उत्तिकै दोषी रहेको औंल्याउनु भयो । आफूहरुले पटकपटक जनशत्ति अभाव रहेको र बिरामीको चाप भने बढी रहेको जानकारी गराउँदै आएतापनि थप जनशक्ति व्यवस्थापनका निम्ति रकम नदिनु, कर्मचारी पदपूर्तिकालागि पहल नगर्नुले मन्त्रालय पनि उत्तिकै दोषी रहेको उहाँले बताउनु भयो ।

सुरक्षाकर्मीको आवश्यकता अझै छ कि छैन भन्ने प्रश्नमा डा।सिंह भन्नुहुन्छ,‘प्रत्येक बेड वा डिपार्टमेन्टमा सुरक्षाकर्मी राख्नु सामाधान होइन ।’ उहाँका अनुसार बिरामी र कुरुवाले स्वयम बुझ्‌नुपर्छ कि मृत्यु कसैको हातमा छैन र कुनै पनि चिकित्सकले आफ्ना बिरामीको मृत्यु होस भनेर चाहँदैन । सुरक्षाकर्मी राखेर पनि के गर्ने, जति बेलासम्म सुरक्षाकर्मी पुग्छ, चिकित्सकले पिटाई खाइसकेको हुन्छ ।

उहाँले सम्पूर्ण नागरिक समाज, शिक्षा, अर्थ मन्त्रालय, नेपाल सरकार र स्वास्थ्यमन्त्रालयले एउटा बृहत बैठक बसेर यस किसिमका समस्याको दिर्घकालिन समाधान निकाल्नुपर्ने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ , प्रचण्ड

काठमाडौं,२ असोज । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नयाँ भनिएको सरकारका क्रियाकलापबाट जनतामा रहेको भ्रम बिस्तारै चिर्दै गएको दाबी गर्नु भएको

प्रधानमन्त्रीले जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ : शर्मा

काठमाडौं,२ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानवीय तथा भौतिक क्षतिको विषय संयुक्त राष्ट्र संघ (यूएन) को मञ्चमा तथ्यसहित उठाउनुपर्ने

कहिले बन्छ केचना–कञ्चनजंघा सडक?

झापा,२ असोज। मेची राजमार्ग पटक–पटक अवरुद्ध भइरहेका बेला वैकल्पिक मार्गका रूपमा हेरिएको केचना–कञ्चनजंघा (मेची करिडोर) सडक निर्माणमा चरम ढिलाइ भएको छ। इलाम, पाँचथर र ताप्लेजुङका

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

रसुवा,२ असोज । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको

चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ , निर्देशक डा.सिंह

जनकपुर ,२ असोज। प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.जामुन प्रसाद सिंहले कुनै पनि चिकित्सकमाथि हुने आक्रमणको घटनाको मुख्य दोषी शिक्षा मन्त्रालय रहेको बताउनु भएको छ ।

सञ्चारमन्त्री डा. तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं,२ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा