माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

रसुवा,२ असोज । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र ढलानका लागि बनाइएको डन्डीको जालीमा अल्झिएको अवस्थामा शव फेला पारेको हो। ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी शव बाहिर निकालिएको जनाइएको छ।

सुरुङभित्र हिलोले छोपिएको अवस्थामा थप शवजस्तो आकृति समेत देखिएको उद्धार टोलीले जनाएको छ। थप व्यक्ति फसेको हुन सक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ , प्रचण्ड

काठमाडौं,२ असोज । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नयाँ भनिएको सरकारका क्रियाकलापबाट जनतामा रहेको भ्रम बिस्तारै चिर्दै गएको दाबी गर्नु भएको

प्रधानमन्त्रीले जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ : शर्मा

काठमाडौं,२ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानवीय तथा भौतिक क्षतिको विषय संयुक्त राष्ट्र संघ (यूएन) को मञ्चमा तथ्यसहित उठाउनुपर्ने

कहिले बन्छ केचना–कञ्चनजंघा सडक?

झापा,२ असोज। मेची राजमार्ग पटक–पटक अवरुद्ध भइरहेका बेला वैकल्पिक मार्गका रूपमा हेरिएको केचना–कञ्चनजंघा (मेची करिडोर) सडक निर्माणमा चरम ढिलाइ भएको छ। इलाम, पाँचथर र ताप्लेजुङका

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

रसुवा,२ असोज । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको

चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ , निर्देशक डा.सिंह

जनकपुर ,२ असोज। प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.जामुन प्रसाद सिंहले कुनै पनि चिकित्सकमाथि हुने आक्रमणको घटनाको मुख्य दोषी शिक्षा मन्त्रालय रहेको बताउनु भएको छ ।

सञ्चारमन्त्री डा. तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं,२ असोज । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा