कहिले बन्छ केचना–कञ्चनजंघा सडक?

झापा,२ असोज। मेची राजमार्ग पटक–पटक अवरुद्ध भइरहेका बेला वैकल्पिक मार्गका रूपमा हेरिएको केचना–कञ्चनजंघा (मेची करिडोर) सडक निर्माणमा चरम ढिलाइ भएको छ। इलाम, पाँचथर र ताप्लेजुङका नागरिकका लागि महत्वपूर्ण मानिएको यो सडक वर्षौँदेखि निर्माणाधीन छ।


झापाको बिर्तामोड पुग्न मेची राजमार्गबाट करिब ८६ किलोमिटर दूरी पार गर्नुपर्ने भए पनि केचना–कञ्चनजंघा सडक बनेपछि यो दूरी करिब ४८ किलोमिटरमा झर्ने अपेक्षा गरिएको छ।


गोलाखर्क भञ्ज्याङ–बेलासे खण्डको करिब ९.५ किलोमिटर सडक निर्माणका लागि खड्का–कृष्ण–सक्षम जेभीले २०७८ असार २९ गते २ वर्षमा काम सक्ने गरी २७ करोड २१ लाख ५३ हजार रुपैयाँमा ठेक्का लिएको थियो। २०८० पुस २९ सम्म काम सक्नुपर्नेमा पटक–पटक म्याद थपिँदै अहिले २०८३ असोजसम्म पुर्‍याइएको छ।


तर पाँच वर्ष बित्न लाग्दा पनि सडकको भौतिक प्रगति जम्मा ४६ प्रतिशत छ। अझ गम्भीर कुरा, अहिलेसम्म एक फिट पनि कालोपत्रे भएको छैन। सडक डिभिजनका अनुसार केही किलोमिटर क्षेत्रमा सब–बेससम्मको काम भए पनि वर्षातमा त्योसमेत क्षतिग्रस्त भएको छ।


मेची राजमार्गको राजदुवाली क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गको आवश्यकता झन् स्पष्ट भएको छ। तर विकल्पका रूपमा निर्माण भइरहेको सडक नै अधुरो हुँदा यात्रु, व्यापारी, विद्यार्थी र बिरामी बोकेका एम्बुलेन्ससम्म प्रभावित भइरहेका छन्।
यसअघि निर्माणको गति सन्तोषजनक नभएको भन्दै ठेक्का तोड्न निर्देशनसमेत दिइएको थियो। तर निर्माण कम्पनीलाई अन्तिम मौका दिने भन्दै प्रक्रिया रोकियो। त्यसपछि पनि कामले अपेक्षित गति लिन नसकेको स्थानीयको गुनासो छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट

काठमाडौं ,२ असोज। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए। मनिकरले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा

‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ , प्रचण्ड

काठमाडौं,२ असोज । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नयाँ भनिएको सरकारका क्रियाकलापबाट जनतामा रहेको भ्रम बिस्तारै चिर्दै गएको दाबी गर्नु भएको

प्रधानमन्त्रीले जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ : शर्मा

काठमाडौं,२ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानवीय तथा भौतिक क्षतिको विषय संयुक्त राष्ट्र संघ (यूएन) को मञ्चमा तथ्यसहित उठाउनुपर्ने

कहिले बन्छ केचना–कञ्चनजंघा सडक?

झापा,२ असोज। मेची राजमार्ग पटक–पटक अवरुद्ध भइरहेका बेला वैकल्पिक मार्गका रूपमा हेरिएको केचना–कञ्चनजंघा (मेची करिडोर) सडक निर्माणमा चरम ढिलाइ भएको छ। इलाम, पाँचथर र ताप्लेजुङका

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

रसुवा,२ असोज । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको

चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ , निर्देशक डा.सिंह

जनकपुर ,२ असोज। प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.जामुन प्रसाद सिंहले कुनै पनि चिकित्सकमाथि हुने आक्रमणको घटनाको मुख्य दोषी शिक्षा मन्त्रालय रहेको बताउनु भएको छ ।