‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ , प्रचण्ड

काठमाडौं,२ असोज । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नयाँ भनिएको सरकारका क्रियाकलापबाट जनतामा रहेको भ्रम बिस्तारै चिर्दै गएको दाबी गर्नु भएको छ ।

शुक्रबार अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले स्थापित पार्टी र नेताहरूका एजेन्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बताउनु भएको हो ।

उहाँले भन्नु भयो, ‘हामीलाई विश्वास छ, अहिले केही महिनाभित्रै ‘नयाँ’ भनिएको सरकारका क्रियाकलापले जनतामा बिस्तारै जुन भ्रम जस्तो भएको थियो, त्यो अब चिरिँदै छ । जुन भ्रम थियो, त्यो च्यातिँदै छ । र एउटा नयाँ ढङ्गले फेरि स्थापित पार्टीहरू, स्थापित नेताहरू, उनीहरूका एजेन्डाहरूप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै छ ।’

प्रचण्डले आफूहरू देशका विभिन्न क्षेत्रमा पुग्दा नेपाली कम्युनिस्ट पार्टीप्रति जनताको आकर्षण बढिरहेको महसुस गरेको बताउनु भयो ।

उहाँले कम्युनिस्ट आन्दोलनलाई अझै एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै अन्य कम्युनिस्ट घटक तथा वामपन्थी शक्तिसँग सहकार्य र एकताको प्रक्रिया अगाडि बढाइरहेको बताउनु भयो ।

उनका अनुसार पुराना पुस्ताका नेतासँगै नयाँ पुस्ता र युवालाई समेत समेटेर राजनीतिक चुनौतीको सामना गर्ने प्रयास भइरहेको छ।

प्रचण्डले सदनभित्र सबै प्रतिपक्षलाई एक ठाउँमा ल्याएर संयुक्त रूपमा आवाज उठाउने र सडकमा पनि व्यापक संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पार्ने र त्यहाँ संयुक्त रूपले आवाज उठाउने, बिस्तारै सडकबाट जनतामा जसरी सुकुम्बासीहरू, मजदुरहरू, किसानहरू, विद्यार्थीहरू, बुद्धिजीवीहरू, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित ‘नयाँ’ भनिएको सरकारले जुन दमन सुरु गरेको छ, जुन ज्यादती र अत्याचार सुरु गरेको छ, त्यसका विरुद्ध बृहत् संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ।’

उहाँले विभिन्न पार्टी, बुद्धिजीवी तथा नागरिक समाजसँग यस विषयमा निरन्तर छलफल भइरहेको र सकारात्मक दिशामा कुरा अगाडि बढिरहेको बताउनु भयो।

चाडपर्वको अवधिमा संगठनात्मक तयारी पूरा गरेर चाडपर्वपछि देशको परिस्थिति हेरी नयाँ आन्दोलन अघि बढाउने उहाँको भनाइ थियो ।

प्रचण्डले विगतमा आफूहरूले गरेका कामको सही मूल्याङ्कन हुनुपर्ने बताउँदै कमजोरीको पनि मूल्याङ्कन गर्नुपर्ने बताउनु भयो ।

‘हाम्रा कमजोरीको पनि सही मूल्याङ्कन हुनुपर्यो र राम्रा कामहरू पनि सही मूल्याङ्कन भएर जनतालाई भन्न सक्नुपर्यो,’ उहाँले भन्नु भयो।

उहाँले कृषि क्षेत्रलाई नेपालको आर्थिक विकासको आधारका रूपमा प्रस्तुत गर्दै कृषिको आधुनिकीकरण, व्यापारीकरण र विविधीकरणबाट मात्रै औद्योगिकीकरण तथा समृद्धिको जग बस्न सक्ने बताउनु भयो ।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा कृषि क्षेत्रमा लगानी बढाउने र किसानलाई उत्प्रेरित गर्ने विषयलाई प्राथमिकता दिएको दाबी गर्नु भयो । उहाँले आफ्नो भारत भ्रमणका क्रममा मुर्रा भैँसी ल्याउने निर्णय पनि किसानको जीवनमा परिवर्तन ल्याउने उद्देश्यसँग जोडिएको बताउनु भयो।

प्रचण्डले आफूहरूको नेतृत्वमा भएका राम्रा काम जनतामाझ स्पष्ट रूपमा लैजानुपर्नेमा जोड दिनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक