उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट

काठमाडौं ,२ असोज। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए। मनिकरले शिष्टाचार भेटवार्ता गरेका छन् ।

शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा नेपाल–साउदी द्विपक्षीय सम्बन्ध, नेपाली आप्रवासी कामदार, आर्थिक सहयोग तथा नेपालमा हालै आएको विनाशकारी बाढीलगायत विषयमा छलफल भएको थियो ।भेटमा उपराष्ट्रपति यादवले सन् १९७७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आएको बताए । उनले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषिलगायत क्षेत्रमा साउदी अरेबियाबाट थप लगानी तथा सहयोगको अपेक्षा रहेको बताए ।

यादवले साउदी अरेबिया नेपाली आप्रवासी कामदारका लागि प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै नेपाली श्रमिकलाई रोजगारीका अवसर प्रदान गरेकोमा साउदी सरकारप्रति धन्यवाद व्यक्त गरे । सन् २०२७ मार्चमा नेपाल–साउदी कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको भन्दै उनले यसलाई अर्थपूर्ण र स्मरणीय बनाउन आवश्यक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए ।

नेपाल–साउदीबीच गत अगस्ट ३१ मा द्विपक्षीय हवाई सेवा सम्झौता भएकोमा खुशी व्यक्त गर्दै यादवले उक्त सम्झौताले पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनका प्रतिकूल प्रभाव सामना गर्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको पनि बताए ।

साउदी राजदूत मनिकरले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्न साउदी अरेबिया तयार रहेको बताए । आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्धलाई थप सुमधुर बनाउन निरन्तर प्रयास गर्ने उनले प्रतिबद्धता जनाए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपराष्ट्रपति यादवसँग साउदी राजदूतको शिष्टाचार भेट

काठमाडौं ,२ असोज। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए। मनिकरले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा

‘नयाँ’ सरकारप्रति जनताको भ्रम चिर्दै गएको छ , प्रचण्ड

काठमाडौं,२ असोज । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नयाँ भनिएको सरकारका क्रियाकलापबाट जनतामा रहेको भ्रम बिस्तारै चिर्दै गएको दाबी गर्नु भएको

प्रधानमन्त्रीले जलवायु संकट र विपद्को पीडा तथ्यसहित राख्नुपर्छ : शर्मा

काठमाडौं,२ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले भोगिरहेको जलवायुजन्य विपद्को मानवीय तथा भौतिक क्षतिको विषय संयुक्त राष्ट्र संघ (यूएन) को मञ्चमा तथ्यसहित उठाउनुपर्ने

कहिले बन्छ केचना–कञ्चनजंघा सडक?

झापा,२ असोज। मेची राजमार्ग पटक–पटक अवरुद्ध भइरहेका बेला वैकल्पिक मार्गका रूपमा हेरिएको केचना–कञ्चनजंघा (मेची करिडोर) सडक निर्माणमा चरम ढिलाइ भएको छ। इलाम, पाँचथर र ताप्लेजुङका

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

रसुवा,२ असोज । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको

चिकित्सकमाथि आक्रमणमा मन्त्रालय जिम्मेवार छ , निर्देशक डा.सिंह

जनकपुर ,२ असोज। प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा.जामुन प्रसाद सिंहले कुनै पनि चिकित्सकमाथि हुने आक्रमणको घटनाको मुख्य दोषी शिक्षा मन्त्रालय रहेको बताउनु भएको छ ।