घरजग्गा कारोबारबाट भदौमा झण्डै ४ अर्ब राजस्व संकलन, आधाभन्दा बढी उपत्यकाबाटै

काठमाडौं , असोज ३ । २०८३ सालको भदौमा देशभर भएको घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब ९१ करोड २८ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतका १५८ वटा भूमि प्रशासन (मालपोत) कार्यालय तथा स्थानीय तहले संकलन गरेको एकीकृत विवरणअनुसार घरजग्गा कारोबारबाट उक्त राजस्व उठेको हो ।भदौमा संकलित राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा लिखत रजिष्ट्रेशन दस्तुर र पूँजीगत लाभकर (सीजीटी) को रहेको छ । विभागका अनुसार रजिष्ट्रेशन दस्तुरबाट १ अर्ब ९० करोड २१ लाख रुपैयाँ र पूँजीगत लाभकरबाट १ अर्ब ७९ करोड ३५ लाख रुपैयाँ संकलन भएको छ । त्यस्तै सेवा करबाट १६ करोड ८२ लाख, मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कबाट २ करोड ३ लाख तथा डोर सुविधा, विलम्ब शुल्क र रोक्का दस्तुरलगायतबाट करीब २ करोड ८० लाख रुपैयाँ संकलन भएको छ ।

कुल राजस्वको ५५ प्रतिशतभन्दा बढी हिस्सा काठमाडौं उपत्यकाका ९ वटा कार्यालयबाट संकलन भएको छ । उपत्यकाका कार्यालयबाट मात्रै २ अर्ब १६ करोड २७ लाख रुपैयाँ राजस्व उठेको विभागको तथ्यांक छ ।उपत्यकाभित्र सबैभन्दा बढी राजस्व संकलन गर्नेमा भक्तपुर कार्यालय अगाडि छ । भक्तपुरले भदौमा ४९ करोड १६ लाख ९७ हजार ५२० रुपैयाँ राजस्व उठाएको छ । त्यसमध्ये रजिष्ट्रेशन दस्तुरबाट २२ करोड ११ लाख र पूँजीगत लाभकरबाट २५ करोड १४ लाख रुपैयाँ संकलन भएको छ ।त्यसपछि ललितपुरको लगनखेल कार्यालयले ३८ करोड ८० लाख ७४ हजार ८०४ रुपैयाँ राजस्व संकलन गरेको छ । काठमाडौंका कलंकी, चावहिल र डिल्लीबजार कार्यालयले क्रमशः ३७ करोड १२ लाख ५५ हजार ८६६ रुपैयाँ, ३३ करोड ५५ लाख २६ हजार ४५ रुपैयाँ र ३१ करोड ४३ लाख ९४ हजार ८४४ रुपैयाँ राजस्व उठाएका छन् ।उपत्यकाबाहिर भने कास्कीको पोखरा कार्यालयले सबैभन्दा बढी १६ करोड ८३ लाख ७ हजार ५६० रुपैयाँ राजस्व संकलन गरेको छ । सुनसरीको इनरुवाले १५ करोड ४२ लाख १६ हजार ६८३ रुपैयाँ र रुपन्देहीको बुटवलले ११ करोड ८८ लाख १ हजार ८९ रुपैयाँ उठाएका छन् ।

चितवनले ९ करोड ४६ लाख, भैरहवाले ८ करोड ३६ लाख, विराटनगरले ७ करोड ७६ लाख, वीरगञ्जले ७ करोड ७२ लाख र भद्रपुरले ७ करोड ५१ लाख रुपैयाँ संकलन गरेका छन् । काभ्रे र जनकपुरधामले समान ६ करोड ३८ लाख तथा बेलबारीले ६ करोड ५ लाख रुपैयाँ राजस्व उठाएका छन् ।दाङका घोराही र तुलसीपुरबाट क्रमशः ५ करोड ३ लाख र ४ करोड ७३ लाख रुपैयाँ, नेपालगञ्जबाट ४ करोड ७६ लाख र धनगढीबाट ३ करोड ९९ लाख रुपैयाँ संकलन भएको छ । यसको विपरीत हिमाली तथा विकट पहाडी क्षेत्रमा घरजग्गा कारोबार न्यून देखिएको छ । बाजुराले २२ हजार ६३३ रुपैयाँ, गोरखाको सिर्दिवासले २९ हजार ४०० रुपैयाँ, बझाङको झोताभैरवले ४५ हजार ७२८ रुपैयाँ, डडेल्धुराको जोगबुढाले ९९ हजार ६१४ रुपैयाँ र अछामले १ लाख २८ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेका छन् ।भदौको तथ्यांकले घरजग्गा कारोबारबाट उठ्ने राजस्वमा काठमाडौं उपत्यकाको वर्चस्व कायमै रहेको देखाएको छ भने उपत्यकाबाहिर पोखरा, इनरुवा, बुटवललगायतका प्रमुख व्यापारिक केन्द्रमा पनि कारोबारको आधार तुलनात्मक रूपमा बलियो रहेको देखाउँछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तपाईंको घर कसले बनायो,कहिलेकाहीँ आफैँलाई प्रश्न ?

तपाईंको घर कसले बनायो? तपाईंले, कि त्यो घरको जगदेखि छानासम्म पसिना बगाउने श्रमिकले ? म आफ्नो घरभित्र बसिरहेको हुन्छु। कहिलेकाहीँ आफैँलाई प्रश्न गर्छु—यो घर बन्नुमा

कांग्रेसको १५ औं महाधिवेशन : देशभर वडा तहको निर्वाचन सुरु

काठमाडौं , असोज ३। नेपाली कांग्रेसको १५ औं महाधिवेशनको प्रक्रिया सुरु भएको छ । सो अन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको छ।पार्टी केन्द्रीय निर्वाचन समितिले

सवारीसाधन निरीक्षणका लागि चीनमा एआई रोबोटको प्रयोग सुरु

काठमाडौं , असोज ३। पूर्वी चीनको निङ्बो शहरमा सवारीसाधन निरीक्षणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त रोबोट प्रयोग गर्न थालिएको छ । निङ्बोको सवारीसाधन व्यवस्थापन केन्द्रमा

नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वको आधार संविधान हो : राष्ट्रपति पौडेल

काठमाडौं , असोज ३। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व र सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण आधार

संविधान दिवसमा प्रधानमन्त्री शाहको जोड : बहुदलीय लोकतन्त्र र कानुनी शासन राष्ट्रिय जीवनका आधार हुन्

काठमाडौं , असोज ३। प्रधानमन्त्री बालेन शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण

घले दम्पतिको घोषणा ,बाढीप्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग

काठमाडौँ,३ असोज ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख