विपद्पछिको पुनर्निर्माणका लागि नेपालाई ५ अर्ब डलर आवश्यक

काठमाडौं ,३ असोज । अर्थमन्त्री स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको सहयोगप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनताप्रति आभार व्यक्त गर्नु भएको छ । उहाँले विपद्पछिको पुनर्निर्माणका लागि नेपाललाई ठूलो अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने बताउनु भयो ।

भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै वाग्लेले भारतले सन् २०१५ को भूकम्पपछि जस्तै यसपटक पनि नेपाललाई सहयोग गरेको बताउनु भयो । उहाँले पछिल्लो विपद्बाट भएको क्षति नेपालको मात्र नभई दक्षिण एसियाकै लागि गम्भीर चुनौती भएको उल्लेख गर्नुभयो ।

वाग्लेका अनुसार पछिल्लो प्रारम्भिक क्षति मूल्यांकनमा नेपालमा करिब २ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ । त्यस्तै, थप १ अर्ब डलर बराबरको आर्थिक नोक्सानी भएको प्रारम्भिक अनुमान छ । ‘बिल्ड ब्याक बेटर’ अर्थात् अझ सुरक्षित र दिगो संरचना निर्माण गर्ने हो भने पुनर्निर्माणको लागत आगामी केही वर्षमा ४ अर्ब ५० करोडदेखि ५ अर्ब अमेरिकी डलरभन्दा बढी पुग्न सक्ने उहाँले बताउनु भयो ।

नेपालले पुनर्निर्माणका लागि भारतसहित अन्तर्राष्ट्रिय साझेदारबाट सहयोग अपेक्षा गरेको वाग्लेले बताउनु भयो । भारतसँग कति रकम अपेक्षा गरिएको छ भन्नेबारे भने नेपालले निश्चित अंक तोक्न नचाहेको उहाँको भनाइ छ । सन् २०१५ को भूकम्पपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग करिब ४ अर्ब डलर सहयोग माग्दा भारतले १ अर्ब डलर सहयोग गरेको स्मरण गर्दै वाग्लेले त्यसमध्ये २५ प्रतिशत अनुदान र बाँकी सहुलियतपूर्ण ऋण रहेको बतानु भयो ।

पुनर्निर्माणका लागि नेपालले ‘डेब्ट फर रिकभरी स्वाप’ लगायत नवीन वित्तीय उपकरण प्रयोग गर्ने विषयमा समेत छलफल अघि बढाउने भएको छ । अन्तर्राष्ट्रिय साझेदार तथा छिमेकी मुलुकसँग आवश्यकता र परिस्थितिअनुसार सिर्जनात्मक वित्तीय विकल्प खोजिने उहाँले बताउनु भयो । वाग्लेले विपद्का कारण करिब १ हजार ४ सय जनाको मृत्यु र ५ हजारभन्दा बढी बेपत्ता भएको जानकारी दिनुभयो छ। बेपत्तामध्ये करिब १९० जना भारतीय नागरिक रहेको उहाँले बताउनु भयो ।

जलवायु परिवर्तनका कारण यस्ता विपद् आगामी दिनमा अझ बढ्न सक्ने भन्दै वाग्लेले अन्तर्राष्ट्रिय समुदायको ध्यान नेपालजस्ता कमजोर तथा उच्च जोखिममा रहेका मुलुकतर्फ केन्द्रित गर्नुपर्ने बताए । नेपालको हरितगृह ग्यास उत्सर्जन न्यून भए पनि जलवायु परिवर्तनको असर भने नेपाली जनताले भोगिरहेको उहाँको भनाइ छ ।

अन्तर्राष्ट्रिय सहयोग जुटाउने अभियानअन्तर्गत वाग्ले दोहा, न्यूयोर्क र वासिङ्टन डिसीसहित विभिन्न मुलुक तथा संस्थासँग छलफल गर्ने तयारीमा छौ । उहाँले एसियाली पूर्वाधार लगानी बैंक, विश्व बैंक र संयुक्त राष्ट्रसंघसँग पुनर्निर्माण तथा वित्तीय सहयोगबारे छलफल गर्ने बताउनु भयो ।

अक्टोबरमा बैंककमा हुने ब्रेटन उड्स संस्थाहरूको वार्षिक बैठकमा समेत सहभागी हुने उहाँको भनाइ छ । प्रधानमन्त्री बालेन शाहले पनि संयुक्त राष्ट्रसंघको महासभामा नेपालले भोगेको विपद्, जलवायुजन्य जोखिम र पुनर्निर्माणका लागि आवश्यक अन्तर्राष्ट्रिय सहयोगबारे विषय उठाउने वाग्लेले बताउनु भयो । वाग्लेले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण नयाँदिल्लीबाट सुरु गर्नुले पुनर्निर्माण प्रक्रियामा भारतको सहयोगको महत्त्व देखाउने बताउनु भयो । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

तपाईंको घर कसले बनायो,कहिलेकाहीँ आफैँलाई प्रश्न ?

तपाईंको घर कसले बनायो? तपाईंले, कि त्यो घरको जगदेखि छानासम्म पसिना बगाउने श्रमिकले ? म आफ्नो घरभित्र बसिरहेको हुन्छु। कहिलेकाहीँ आफैँलाई प्रश्न गर्छु—यो घर बन्नुमा

कांग्रेसको १५ औं महाधिवेशन : देशभर वडा तहको निर्वाचन सुरु

काठमाडौं , असोज ३। नेपाली कांग्रेसको १५ औं महाधिवेशनको प्रक्रिया सुरु भएको छ । सो अन्तर्गतको वडा अधिवेशन शनिबारबाट सुरु भएको छ।पार्टी केन्द्रीय निर्वाचन समितिले

सवारीसाधन निरीक्षणका लागि चीनमा एआई रोबोटको प्रयोग सुरु

काठमाडौं , असोज ३। पूर्वी चीनको निङ्बो शहरमा सवारीसाधन निरीक्षणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त रोबोट प्रयोग गर्न थालिएको छ । निङ्बोको सवारीसाधन व्यवस्थापन केन्द्रमा

नागरिक स्वतन्त्रता र समावेशी प्रतिनिधित्वको आधार संविधान हो : राष्ट्रपति पौडेल

काठमाडौं , असोज ३। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नागरिक स्वतन्त्रता, कानुनी शासन, समावेशी तथा समानुपातिक प्रतिनिधित्व र सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका लागि महत्वपूर्ण आधार

संविधान दिवसमा प्रधानमन्त्री शाहको जोड : बहुदलीय लोकतन्त्र र कानुनी शासन राष्ट्रिय जीवनका आधार हुन्

काठमाडौं , असोज ३। प्रधानमन्त्री बालेन शाहले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद तथा असमानताको अन्त्य, सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि सरकार पूर्ण

घले दम्पतिको घोषणा ,बाढीप्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग

काठमाडौँ,३ असोज ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख